विराटनगर । एमाले र माओवादी केन्द्रबीच पाँच बुँदे निर्णय भएको छ । दुई पार्टीको कोशीस्तरमा गरिएको बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको हो । जसमा बैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचनका एमाले उम्मेद्वार सुहाङ नेम्वाङलाई बिजयी गराउन एमाले र माओवादीले संयुक्त रुपमा सहमति गरेको छ । नेकपा एमाले. . .
झापा । झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार तथा बेचबिखन समेत भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार साँझ प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-९ का २६ बर्षीय ललित कुमार र. . .
संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपीटबाट बुबाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्�. . .
धरान (सुनसरी) । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सहअध्यक्ष तथा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने. . .
काठमाडौं । उपनिर्वाचन अन्तर्गत आज निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तयारी छ । आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । त्यस्तै, दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेद�. . .
सुजता लिम्बू विराटनगर। केन्द्रको सत्ता समीकरण फेरबदल भएसँगै यतिबेला कोशी प्रदेशमा उथलपुथल भएको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको केदार कार्की नेतृत्वको सरकारलाई सत्ता साझेदारी समेत रहेको माओवादी केन्द्रसहित विपक्षी दल एमालेका सांसदले समर्थन फिर्ता लिएका छन् । सोमबार बसेको माओ�. . .
इलाम । इलाम २ को उपनिर्वाचनका लागि मुख्य आकांक्षीका रुपमा देखिएका नेपाली कांग्रेसका नेता भेषराज आचार्यले आफूले कुनै लाभको पदसँग लेनदेन गरेर कार्यकर्तालाई धोका दिने काम नगरेको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्काले उम्मेदवारको टिकट लिएपछि निराश देखिएका नेता आच�. . .
झापा । अनुहारमा मासु पलाएका झापाका पत्रकार सञ्जय भट्टराईको उपचारमा आर्थिक अभाव भएको छ । इलामको सूर्योदय–७ गोगने घर भएका २३ वर्षीय भट्टराई अर्जुनधाराको ‘मेरो रेडियो’ मा समाचार बाचक र कार्यक्रम प्रस्तोता छन् । विर्तामोडको मनकामना कलेजमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता अध्ययन गरिरहेका उनको दाहिन�. . .
विराटनगर । संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कोशी प्रदेशका १५ विकास आयोजनालाई राष्ट्रिय गौरवमा समेटेर बजेट व्यवस्थापन गरिदिन माग गरिएको छ । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशले प्राथमिकतामा राखेर अगाडी बढाउनु पर्ने आयोजनाहरुलाई बजेट व्यवस्थापन गर्नुपर्ने माग गरेको हो । माओव. . .
मणिराम दाहाल सुन्दरहरैँचा । सुन्दरहरैँचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की सर्वसम्मत निर्वाचित भएका छन् । उवासकाे नयाँ कार्य समितीमा सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल,प्रथम उपाध्यक्ष डोलेश्वर तिम्सिना (नविन) उद्योग उपाध्यक�. . .
काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनअन्तर्गत आज उमेदवारविरुद्ध दाबी विरोधको कार्यतालिका छ । निर्वाचन आयोगले उम्मेदवारहरूको नाम प्रकाशित गर्दै दाबी विरोधको सूचना दिन आह्वान गरेको छ । आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँ. . .
काठमाडौं । आउँदो वैशाख १५ हुने उपनिर्वाचनअन्तर्गत चासोका साथ हेरिएको इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । एमाले, एकीकृत समाजवादी, रा�. . .