इलाम । यहाँको इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन् । कुकुरको टोकाइबाट धेरै घाइते भएका छन् । कात्तिक सुरु भए यता मात्र इ. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भ. . .
इनरुवा (सुनसरी) । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्खौली पेशा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्खौली पेशाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो । चाडपर्वका बेला कुमाल समुदायले माटो. . .
बेलबारी (मोरङ) । मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ । शनिबार बेलारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो । �. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका १२ स्थित पूर्वक्षेत्रमा प्रतिष्ठित सुकुना बहुमुखी क्याम्पसले दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायान 'क्युएए' (गुणस्तरको प्रमाणपत्र) प्राप्त गर्न सफल भएको छ। विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सभाकक्षमा भएको एक कार्�. . .
इलाम । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् । इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बालले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेस�. . .
झापा । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो । सन् २०२४ को सेप्टेम्�. . .
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । जसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ र. . .
इलाम । पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका हुन् । सन्दकपुर गाउँपालिका–३ सुलुबुङका प्रकाश पराजुलीले यस वर्ष ६५ मन (दुई हजार छ सय केजी) प्याज उत्पादन गर्नुभयो । “प्रतिमन रु दु�. . .
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी ‘डाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ । यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आधी ‘डाना’ को प्रभावका कारण कोशी प्रदे�. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका-२ किस्तीपुलस्थित पूर्व-पश्चिम राजमार्गमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो ३:४० बजे बेलबारीबाट विराटचोकतर्फ जाँदै गरेको को१क ३४१७ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को२८प ६१३२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घ�. . .
विराटनगर । चिनियाँ नागरिकसँग बालिकाको विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । तीन जना चिनियाँ नागरिकसहित अन्य नेपाली छन् । धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा विवाह भईरहेको थियो । चीनको हुबेल भन्ने स्थान बस्ने ३३ वर्षीय लि टेङ . . .