विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाण्डौंबाट विराटनगर फर्कदै गरेका धेरै यात्रुहरु बाटोमै रोकिएका छन् । बीपी राजमार्गमा ठुलो क्षति भएपछि काठमाडौँबाट सिन्धुली हुँदै फर्किरहेकाहरु काभ्रे जिल्लाको नेपालथोक आईपुगेर रोकिएका हुन् । पूर्व नेपाल यातायात बस व्यवसाय सेवा प्रा.लि.का अध्यक्�. . .
हिले । धनकुटा नगरपालिका-९ र साँगुरीगढी गाउँपालिका-७ को सीमा लेउती खोला र तमोर नदीको दोभानमा बालुवाले पुरिएको अवस्थामा दुई जना महिलाको शव भेटिएको छ । शवको पहिचान भने खुलेको छैन । छिमेकी जिल्ला तेह्रथुम र पाँचथरमा सोधपुछ भईरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । केही दिनदेखि �. . .
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ । पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ भने खोलेको छैन । पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भईरहेको छ । सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक उच्च बहाव रेकर्ड गरिएको बताइएको छ। सप्�. . .
पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ । टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको हो । यस�. . .
इनरुवा (सुनसरी) । बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिनुभयो । इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिनुभयो । हरिनगर, देवानगञ्�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेख�. . .
विराटनगर असोज १३ , देशभर नै बाढी पहिरोले बितण्डा मचाईरहेको अवस्थामा कोशी प्रदेशमा पनि बाढी र पहिरोले धनजनको क्षति गरेको छ । हालसम्म कोशीमा ११ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको मृ�. . .
विराटनगर असोज १३, कोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख ६१ हजार क्यूसेक मापन भएको छ । ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ । याे सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । भारतीय पक्षल. . .
विराटनगर असोज १३, सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै गएको छ । आज बिहान ५ बजे कोशी ब्यारेजमा पानीको बहाव ६ लाख ४३ हजार क्यूसेक पुगेको ब्यारेज कन्ट्रोल प्रशासनले जनाएको छ । यो अहिलेसम्मको दोस्रो उच्च बहाव मापन हो । गएराति कोशीमा ५ लाख ५७ हजार क्यूसेक बहाव मापन गरिएको थियो । कोशीमा बढाव बढ्दै गएका का. . .
विराटनगर । अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जारी गरेको सूचना अनुसार, लगातारको वर्षाका कारण पूर्व-पश्चिम लोकमार्गको कोशी व्यारेज पुलमा पानीको बहाव उल्लेख्य मात्रामा बढेको छ। यसबाट हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर . . .
विराटनगर । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो चौथो शाखा लेटाङमा संचालनमा ल्याएको छ । ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राख्दै असोज १२ गतेदेखि मोरङको लेटाङ ३ स्थित मेन रोड लेटाङ कम्प्लेक्समा चौथो शाखा संचालनमा ल्याएको हो। संचालनमा ल्याएको एक महिनासम्�. . .
विराटनगर । मोरङको ग्रामथानमा असोजको अन्तिम साताबाट प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेता चोक टाईगर क्लब ग्रामथानको आयोजनामा शिक्षासेवी रविदानन्द चौधरीको स्मृतिमा लिग कप नक आउट प्रतियोगिता असोज २९ गतेदेखि ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा शुरू ह�. . .