पुर्व

१७ महिनाका पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु

विराटनगर १६ असार । मोरङको सुन्दरहरैचा नगरपालिका–१० मितेरीटोलका रामबहादुर सम्बाहाम्फेका १७ महिनाका छोरा पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु भएको छ । रामबहादुरकी बहिनी सोही स्थान बस्ने कमला धिमालको घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालकको सोमबार दिउँसो मृत्यु भएको प्रह�. . .


विप्पल र सेनाको भिडन्तमा सेनाको हेलिकोप्टर सहित ५० जनाको ‘एलआरपी’ टोली संखुवासभातर्फ

काठमाडौं १५ असार । संखुवासभाको सिलिचोङ(१ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ भएपछि काठमाडौंबाट मद्दतका लागि थप टोली पठाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५– २५ जनाको टोली संखुवासभातर्फ पठाइएको हो । सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमा�. . .


संखुवासभामा प्रहरी र विप्लव समूहबीच भिडन्त, डिआइजी भन्छन् ‘टाढा–टाढा फायर हो, खास केही होइन’

संखुवासभा, १६ असार । संखुवासभामा प्रहरी र विप्लव समूहबीच सोमबार बिहान भिडन्त भएको छ । सिलिचौङ गाउँपालिका १ होयङलामा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए । उनले घटनास्थलमा अहिल टेलिफोन सम्पर्क हुन नसकेकोले थप विवरण प्राप�. . .


संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा १६ असार । संखुवासभा जिल्लाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सोमबार बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका(१ होयङ्मामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको पुष्टि जिल्ला प्रहरी कार्यालयका प्र�. . .


बिर्तामोडमा स्थानीय व्यवसायीले गरे सडकमा रोपाइँ

विर्तामोड, १५ असार । असार १५ गते धान दिवसका दिन झापाको बिर्तामोड–भद्रपुर १४ किमि सडकखण्डमा भने केही भिन्न दृष्य देखियो । उक्त सडक खण्डको बिर्तामोडदेखि १ किमि दक्षिणदेखि भद्रपुरसम्मै सडक जीर्ण भए पनि सरोकारवालाले मर्मत नगरेपछि आइतबार बिहान स्थानीय व्यवसायीले सोही सडकखण्डमा रोपाइँ गरे । “बर्खामा पा. . .


पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिकामा खडेरी, मकै खडेरीका कारण सखाप

पाँचथर, १५ असार। पाँचथरको दक्षिणी भेग तुम्बेवा र कुम्मायक गाउँपालिकामा चलेको खडेरीका कारण यस क्षेत्रमा खाद्यान्न संकट हुने अवस्था देखिएको छ । लगाएको वाली जति खडेरीले सखाप बनाएपछि खाद्यान्न संकट हुने अवस्था देखिएको तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । दुई गाउँपालिका मध्ये तुम्बेवा गाउ�. . .


सप्तरीको एक मात्र औद्योगिक क्षेत्र डुबानको खतरामा

लहान, असार १५ गते ।  पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको छ । औद्योगिक क्षेत्र स्थापनाकालदेखि पानी बहावका लागि बनाइएको नाला र पोखरीलाई थुन्दै स्थायी संर�. . .


अदुवाको मूल्यले राहत, धोएको अदुवा प्रतिकिलो १३२ रुपैयाँ र नधोएको अदुवा १२० रुपयाँमा बिक्री

इलाम, १५ असार ।  यस वर्ष सहज रूपमा नेपाली अदुवाले भारतमा प्रवेश पाएको छ। नेपालमै अदुवा धुने पखाल्ने काम हुन थालेपछि अदुवाको निर्यात सहज भएको हो भने देशभरका अदुवा कृषकले अघिल्लो वर्षभन्दा राम्रो मूल्य पाएका छन्। यसअघि कहिले विषादी प्रयोग गरेको, कहिले चीनमा उत्पादन भएको अदुवा नेपाल हुँुदै भारत पुर्‍या. . .


उद्योग वाणिज्य संघ इटहरीको व्यापारीको चुनावमा स्थानीय तहको निर्वाचनको झल्को

सुनसरी,१४ असार ।   दुई महिना अघिदेखि नै माहोल तातिएको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन शनिबार सम्पन्न भएको छ। नयाँ नेतृत्वको लागि इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसमा बिहान साढे ८ बजेदेखि सुरु भएको निर्वाचन साँझ सकिएको हो। निर्वाचनमा बिहानैदेखी मतदाता लाइनबद्ध भई निर्वाचनमा सहभागी भए। चुनावी प्. . .


जन्मदिनमा विपन्नका लागि जनप्रतिनिधिकाे जस्तापाता

ओखलढुंगा, १४ असार । ओखलढुंगाका एक जनप्रतिनिधिले आफ्नो जन्मदिन आफ्नो वडामा भएका एक घरविहीन बिपन्नलाई बस्ने घर बनाई दिएका छन्। ओखलढुंगा चम्पादेवी गाउँपालिका १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले आफ्नो वडामा रहेका एक विपन्नलाई बस्ने बास बनाई दिएर जन्मदिन मनाएका हुन्। बुढाथोकीले आफ्नो जन्मदिनमा चम्पाद�. . .


जहाँ कुवामा ताल्चा नलाए, चुलोमा चामल पाक्दैन

भोजपुर,१४ असार । वर्षेनी खानेपानी संकटले थलिने दुर्गम गाउँ हो- रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्ज्याङको रानागाउँ। यो गाउँमा खानेपानीको श्रोत एउटै सार्वजनिक कुवा छ। गाउँका अरु पनि दर्जनौँ कुवा थिए । तर ती सुकिसके। सबै कुवा सुक्दा पनि गाउँलेहरूलाई पानी दिइरहेको यो कुवामा रातदिन ताल्चा लगाइन्छ भन्न�. . .


चिङगु शेर्पाका छोरी खोला किनारमा, छोरा खोलामा मृत भेटिए

विराटनगर १४ असार । खादबारी मकालु गाउँपालिका–२ बुङगिङका चिङगु शेर्पाका दुई वर्षीय छोरा पेम्बा नुर्वु शेर्पा खोलामा मृत भेटिएका छन् । उनी गत बुधबार राति खोलामा मृत भेटिएका थिए । छोरा पेम्बालाई चार वर्षीया छोरीसँगै घरमा छाडेर शेर्पा दम्पती बुधबार दिउँसो च्याक्सेडाँडा बजार गएका थिए । राति फर्कदा घरमा छ�. . .