काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखि जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु . . .
एजेन्सी । भारतीय महिला क्रिकेट टोलीले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेपछि भारतमा खुशीयाली मनाइएको छ । आइतबार मुम्बईमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक उपाधि जितेपछि भारतमा ‘राष्ट्रिय उत्सव’ मनाइएको हो। भारतीय टोलीले इतिहासमा पहिलो पटक आईसीसी महिला विश्�. . .
विराटनगर । लायन्स क्लब अफ विराटनगर मिड सिटीले आज विराटनगर महानगरपालिका–८ स्थित ज्ञान निकुञ्ज स्कुलमा एक दिने बृहत् निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ। लायन्स क्लब इन्टरनेशनलको “दृष्टिकोण ” सम्बन्धी सेवात्मक अभियानअन्तर्गत आयोजना गरिएको उक्त शिविरमा विराट आँखा अस्पतालले प्राविधिक सहयोग. . .
जनकपुर । जनकपुरधामसहित धनुषा जिल्लाभर निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आज पनि जनकपुरधाममा प्रदर्शन गरेका छन् । ८ सुत्रीय मागसहित आन्दोलनका पूर्व घोषित कार्यक्रम अनुसार उनीहरुले आज जनकपुरधामको प्रवेशस्थल रामानन्द चोकमा सडक अवरुद्ध गर्नुका साथै निजी अस्पतालहरु अगाडि नाराबाजी गरेक�. . .
काठमाडौं । दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो देखिएको छ। आइतबार ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा पुगेको नेप्से सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको हो। गत साता करिब ९६.५३ अंकले उक्लिएको बजार यो साताको पहिलो दिन पनि उकासोमै भए पनि दोस्रो दिनमा भने कमीकै संकेत देखिएको छ। यस दिन ७२ क. . .
विराटनगर । विराटनगर–७ का ललित कुमार पोदारको दुवै मृर्गौला फेल भयो । उनको आर्थिक अवस्था कमजोर भएका कारण परिवारले उपचार खर्चका लागि सबैसँग आर्थिक सहयोगको अपिल गरेका छन्। सुरुमा विराट टिचिङ अस्पतालमा उपचाररतः उनको अवस्था गम्भीर भएपछि हाल विराटनगरको नोबेल मेडिकल कलेजको आईसीयूमा डायलासिस भइरहेको छ। नो�. . .
विराटनगर । कोशी प्रदेशमा उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित सात जनालाई पक्राउ गरिएको छ । उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका–७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी–६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगर�. . .
विराटनगर । जेनजी आन्दोलनका नाममा ध्वस्त भएको विराटनगर महानगरपालिकाको मुख्य प्रशासनिक भवनसहित वडाका कतिपय भवनहरु अझै मर्मतको चरणमा रहेका छन् । विराटनगर महानगरपालिकाले अझै पूर्ण प्रशासनिक काम सुरु गरिसकेको छैन । अर्थात दैनिकी प्रशासन सञ्चालनमा पनि वाधा रहेको छ । विराटनगर महानगरपालिका उपप्रमुख शिल�. . .
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिव. . .
काठमाडौं । अफगानिस्तानको विभिन्न प्रान्तहरूमा सोमबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्प स्थानीय समयअनुसार बिहानको राति १ बजे तिर गएको हो । प्राधिकरणले जारी �. . .
विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापमा आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ६९ वर्षीय युबराज राईको हत्यामा संलग्न उनका ३१ वर्षीय छोरा सन्देश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्तिक १६ गते बिहान साढे १० बजे विवादको क्रममा रिसको आवेशमा सन्देशले काठको मुग्रोले ब. . .
वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सा. . .