अन्तराष्ट्रिय खबर

१७ लाख पाकिस्तानी बालबालिका पाँच बर्ष नपुग्दै कुपोषणका कारण मृत्यु

कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच बर्षभन्दाअघि मृत्यु हुनेगरेको पाकिस्तानी खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामले बताउनुभएको छ । पाकिस्तानमा सूक्ष्म पोषक तत्वहरूको कमी व्याप्त छ र यसले बालबालिकाको रोग प्रतिरोध क्षमता, वृद्धि र मानसिक विकासमा गहिरो. . .


बेलायतमा कोरोना भाइरस महामारी सुरु भएयता एकैदिन सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि, ओमिक्रोनको प्रकोप बढ्दो

बुधवार बेलायतमा ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड पुष्टि भएको छ । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो । सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहेका समय यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको थियो । इङ्ल्यान्डका प्रमुख स्वा. . .


पूर्वी इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ । भूकम्प जाकार्ता समय (0426 GMT) ११:२६ मा गएको थियो । मालुकु बरात दया जिल्लाको १६३ किलोमिटर दक्षिण-पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा रहेको एजेन्सीले. . .


डोमिनिकन रिपब्लिकमा विमान दुर्घटना, नौ जनाको मृत्यु

डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएको सीएनएनले जनाएको छ । विमान डोमिनिकन रिपब. . .


भारतमा थप सात हजार ९७४ नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९७४ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोही अवधिमा थप ३४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ४७८ पुगेको मन्त्रालयले थप जानकारी दि�. . .


इन्डोनेसियामा ७.६ म्याग्नीच्युडको भूकम्प, आँधीको चेतावनी

इन्डोनेसियामा मंगलबार ७.६ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको फ्लोरेस समुन्द्रनजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् । झण्डै एक हजार किलोमिटर टाढादेखि आँधीको संभावना रहेको समाचारमा जनाइएको छ । यसअघि गत आइतबार राती पनि मालुकु प्रान्तमा केन्द्रविन्दु भए. . .


महिलाको अश्लिल फोटो पठाउने भारतीय नागरिक नेपालमा पक्राउ

नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने भारत उत्तर प्रदेशका ३१ वर्षीय म. . .


बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु

बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गर्नुभएको छ । ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्नाहरुमा कम्तीमा एक बिरामीको मृत्यु भएको पुष्टि भएको छ,“ प्रधानमन्त्रीले पश्चिम लन्डनको प्याडिंगटनमा रहेको खोप क्लिनिकको भ्रमणको क. . .


ब्राजिलमा अविरल वर्षा र बाढीका कारण १० को मृत्यु, २० हजारभन्दा बढी विस्थापित

ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको बताएका छन् । प्राप्त समाचारअनुसार यहाँका यहाँका करिब २० हजार नाग�. . .


अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएपनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुको भनाई छ । सवै घाइतेहरुको स्थानीय अस्पता�. . .


भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित

भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ । यो संख्या ५६१ दिनयताको नै सब भन्द�. . .


इक्वेडरमा बस दुर्घटनामा परी १८ को मृत्यु, २५ घाइते

इक्वेडरमा बस दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । सो दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा सो बस दुर्घटनामा परेको थियो । त्यसमा परेर १८ जनाको ज्यान नै गएको र अरु २५ जना घाइते भएका यहाँका प्रहरी अधिकारीहरुले जनाएका छन् । शनिबार राति सो दुर्घटना भएक�. . .