अन्तराष्ट्रिय

युक्रेनमा ३० दिनका लागि संकटकाल घोषणा

युक्रेनमा संकटकालको घोषणा गरिएको छ । यहाँको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो ।युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ । बुधबारको संसद बैठकले सो संकटकाल पास गरेको हो । सो संसदमा कायम रहेका ४५�. . .


दक्षिण कोरियामा ५-११ वर्षसम्मका बालबालिकालाई पनि खोप दिइने

दक्षिण कोरियामा ५-११ वर्षसम्मका बालबालिकाहरुलाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाइने भएको छ । देशको औषधि सुरक्षा सम्बन्धी निकायले उनीहरुलाई खोप लगाउन अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएपछि बालबालिकाल. . .


दक्षिण कोरियामा जन्मदर घट्यो

दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ । यो जन्मदर सन् १९७० पछिकै सवैभन्दा कम भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । जन्मदर क्रमश घट्दै गइरहेको तथ्याङ्कमा देखिएको छ । सन् १९८४ मा जन्मदर १.७४ भएकोमा सन् २�. . .


अमेरिकाद्वारा रुसमाथि प्रतिबन्धको घोषणा

युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति जनाएको छ । कुनै देशको आक्रमणलाई रोक्न वा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको वि�. . .


भारतमा थप १५ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनु. . .


चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । उहाँहरुका बीचमा मङ्गलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उहाँहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुरा�. . .


लिबियाका प्रधानमन्त्रीले जुनमा चुनाव गराउने योजना

लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबहाले सोमबार जुनमा आम चुनाव गराउने योजना घोषणा गर्नु भएको छ । “जनताको विश्वास फिर्ता गर्ने योजनाले सबै विद्यमान (राजनीतिक) निकायहरू, विशेष गरी राष्ट्रिय एकताको सरकारको अन्त्य गर्नेछ, “डबेबाहले टेलिभिजन भाषणमा भन्नु भएको छ । “म निर्वाचनमार्फत (कार्यालय) हस्त�. . .


भारतमा १३ हजार ४०५ कोरोनाका नयाँ सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले मंगलबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ५१ हजार ९२९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । सोही अवधिमा सङ्क्रमणमुक्त भ. . .


ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० हराए

ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको सङ्ख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्त�. . .


महारानी एलिजाबेथलाई कोरोना पुष्टी

बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड–१९ सङ्क्रमित हुनुभएको छ । तर उहाँमा सङ्क्रमणको लक्षण भने ‘हल्का’ छ । अहिले उहाँ आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहनुभएको छ । महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि उहाँ सङ्क्रम�. . .


बलुचिस्तानमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु

बलुचिस्तानको सिबी जिल्लाको तुली क्षेत्रमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको छ । सूचनाको आधारमा कार्य गर्दै, सुरक्षा बल र खुफिया एजेन्सीहरूले सिबीमा एक संयुक्त अपरेशन सञ्चालन गरेका थिए । साथै एउटा छुट्टै कारबाहीमा पाकिस्तानको उत्तरी बजिरिस्तानमा आइतबार सुरक्षा बलसँगको ग�. . .


इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतकमध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ । यस दुर�. . .