अन्तराष्ट्रिय

चीनको मुख्य भूमिमा २.९२ अर्ब भन्दा बढी कोभिड–१९ कोरोनाविरुद्ध खोपको डोज दिइयो

चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ । सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो । सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको संख्या कम नै भएतापन�. . .


चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या बढ्न थाल्यो

चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढ�. . .


भारतमा थप दुई लाख ६४ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ । सोही अवधिमा थप ३१५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँ�. . .


जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ । उहाँ ९१ वर्षका हुनुहुन्थ्यो । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।. . .


मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमणमा गाउँलेको हत्या र घरमा आगजनी

बन्दुकधारीहरुले नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा आक्रमण गर्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । साथै २४ ओटा घरहरू जलाएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । पठार राज्यमा मुस्लिम र क्रिश्चियन किसानहरू बीचको वर्षौंदेखि संघर्ष चलिरहेको छ । यद्यपि अधिकारीहरूले �. . .


दक्षिण अफ्रिकामा सवारी दुर्घटनामा परी सत्र जनाको मृत्यु

दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । बुधबार भएको सो दुर्घटनामा परेर अरु १२ जना घाइते भएका �. . .


खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन ‘खतरनाक’ भाइरस- डब्ल्युएचओ प्रमुख

कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि "खतरनाक भाइरस" भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन् । "यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस हो तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ. . .


बेलायतमा एक हप्तामा ४३ लाख मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको अनुमान

बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना सङ्क्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) बुधबार जानकारी दिएको छ । इङ्गल्याण्डमा कोरोनाभाइरसको फैलावट उच्च रहेको जनाइएको छ । यहाँको तथ्याङ्कअनुसार �. . .


भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्य. . .


जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

जर्मनीमा अहिले दिन प्रतिदिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार बुधबार मात्र यहाँ त्यस अघिको २४ घन्टामा ८० हजार ४३० जना संक्रमित भेटिएका छन् । यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै एकै दिनम. . .


सोमालियामा कार बम विस्फोट, कम्तिमा १० जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । बानादिर क्षेत्रका उप–गभर्नर अली अब्दी वार्डेयरले घटनाबारे भन्नुभयो, “एक आत्मघाती बम आक्रमणकारीले �. . .


हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको उत्तर कोरियाको भनाई

उत्तर कोरियाले मंगलबार परीक्षण गरेको भनिएको क्षेप्यास्त्र हाइपरसोनिक क्षेप्यास्त्र भएको उत्तर कोरियाले जानकारी दिएको छ । सो क्षेप्यास्त्र उत्तर कोरियाली नेता किम जोङ उनको रेखदेखमा परीक्षण गरिएको पनि उत्तर कोरियाले जानकारी गराएको हो । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले मंगलबार प्र�. . .