आर्थिक

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी) ले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ। डिजेल तथा पेट्रोलबाट चल्ने चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनलाई तीव्र गतिमा पछि पार्दै ईभीले बजारमा आफ्नो हिस्सा विस्तार गरिरहेको तथ्यांकले देखाएको छ । देश�. . .


मौद्रिक नीतिमा विराटनगरका उद्योगी–व्यवसायीले पठाए सुझाव

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने संघसंस्थाले आर्थिक वर्ष २०८३–८४ को मौद्रिक नीतिमा निजी क्षेत्रको लगानी र आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राख्न सुझाव पेश गरेकाछन् । नेपाल राष्ट्र बैंकलाई लिखित सुझाव दिदैं उद्योगी–व्यवसायीका संस्थाले कर्जा पैवाह, उद्योगमैत्री नीति �. . .


नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडीबीका अनुसार उक्त ऋणबाट सञ्चालन हुने एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फ. . .


इलाम–झापाका चिया उद्योग बन्द भएकोप्रति महासंघ दुःखी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले इलाम–झापाका किसानले उत्पादन गरेको नेपाली चिया निर्यातमा भारतले गैरभन्सार अवरोध सिर्जना गरिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । भारतीय पक्षबाट गुणस्तर परीक्षणका नाममा लगाइएको गैरभन्सार अवरोधले नेपाली किसानलाई समस्या भएको भन्दै महासंघले यसको समाध�. . .


गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी गरिएको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । नयाँ नोट बजारमा प्रवेशसँगै मुलुकको वित्तीय प्रणालीमा नयाँ चरणको नोट प्रचलन सुरु भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक. . .


कोशी प्रदेशको बजेट : विगतमा ३० अर्ब आसपास खर्च, आगामी वर्ष ४० अर्ब लक्ष्य

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैँयाको बजेट सार्वजानिक गरेको छ । विगतमा आएका बजेटलाई हेर्ने हो भने ३० अर्ब आसपास मात्रै खर्च गर्दै आएको प्रदेशले आगामी आर्थिक वर्षका लागि स्रोतको व्यवस्थापन नगरी ४० अर्ब बढीको बजेट ल्याएको हो । जबकी आन्तरिक आय स. . .


स्रोत बिना खर्च शिर्षक बढाएर बजेट प्रस्तुत गर्दै कोशी सरकार

विराटनगर । कोशी प्रदेश सरकारले ४० अर्ब बराबरको बजेट सोमबार प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आकार बढाएर बजेट पेस गर्ने तयारी गरिएको हो । अपराह्न ४ बजे संसद्को बैठकमा आर्थिक मामिलामन्त्री बिदुर लिङ्थेपले बजेट पेस गर्ने कार्यसूची तयार भएको छ । प्रदेश सरकारले ल्याउन ल. . .


बजेट दस्तावेज अध्ययन गरेर मात्रै टिप्पणी गर्न सांसदलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय सांसदहरूले विनियोजन विधेयकको ‘पातलो पुस्तिका’ प्राप्त नगरेको जस्तो देखिएको उल्लेख गरे । उनले �. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घटेको हो । मंगलबार ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । च. . .


विराटनगरका उद्योगी बजेट भाषणका दिन बजेट ‘वाउ’,पढेपछि ला..

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले जेठ १५ गते अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत बजेट भाषण बारे प्रतिक्रिया दिदाँ भने युगकै स्वर्णिम बजेट । ३० वर्षपछिको क्रान्तिकारी बजेट । निजी क्षेत्रका लागि सबथोक पुरा गरेको बजेट । बजेटमा दोष लगाउने ठाउँ नै छैन, त्यसैले यो युगान्ताकारी परिवर�. . .


विराटनगरका उद्योगी बजेटसँग खुशी

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटले निजी क्षेत्रका माग सम्बोधन गरेको भन्दै उनीहरुले सकारात्मक भाव पैदा गरेको बताएका छन् । उद्योग सं�. . .


सार्वजानिक यातायात दर्ता रोकिँदा प्रदेश र स्थानीय तहको आम्दानी घट्ने चिन्ता

विराटनगर । यातायात व्यवस्था विभागले सार्वजानिक यातायातको नयाँ दर्ता प्रक्रियामा तत्काल रोक्ने निर्णय गर्दा त्यसको असर प्रदेश र स्थानीय तहको राजस्व संकलनमा पर्ने चिन्ता बढेको छ । सवारी आयात हुँदा लाग्ने भन्सार महशुल, अन्तःशुल्क र मूल्य अभिबृद्धि कर बाहेक आय कर संघीय सरकारको आम्दानी हुन्छ । तर, त्यस �. . .