विशेष

बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक

काठमाडौं । भोटेकोशी तथा त्रिशूली बाढीका कारण विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षेत्रगत क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्र�. . .


विराटनगर भन्सार, आफैं जाँचपास, आफैं कारवाही

विराटनगर । भदौ १४ गते राती भारतीय नम्बरप्लेट एनएल ०२ क्यू ०५३२ नम्बरको ट्रकलाई कोशी राजमार्गबाट सशस्त्र प्रहरी बलले राती नियन्त्रणमा लियो । हार्डवेयर, मोटरपार्टस्, मेडिकलका सामान बोकेको ट्रकलाई भोलिपल्ट विराटनगर भन्सारमा बुझायो । भन्सार जाँचपास गरेर छुटेको उक्त ट्रकमा प्रज्ञानपत्रपत्र बाहेका सा�. . .


भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।. . .


राधाकृष्णका मूर्ति बनाउन र रंगाउन विराटनगरका मूर्तिकारलाई भ्याइनभ्याई

प्रेम देवान, विराटनगर । श्रीकृष्ण जन्माष्टमीको लागि विराटनगरका मूर्तिकार तथा कलाकारहरूलाई राधाकृष्णका मूर्ति बनाउन र रंगाउन भ्याइनभ्याई भएको छ । यसपटकको भदौ १९ गते शुक्रबार परेको श्रीकृष्ण जन्माष्टमीका लागि विराटनगरका विभिन्न टोल तथा स्थानमा मूर्ति निर्माण, रंगरोगन र पण्डाल सजाउने काम तीव्र रूप�. . .


विराटनगरको राधाकृष्ण रथयात्रा : ४४ स्थानमा विश्रामस्थल

सोनु साह, विराटनगर । विराटनगरमा आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्रा २०८३ लाई व्यवस्थित बनाउन रथको विश्रामका लागि विभिन्न ४४ स्थान तय गरिएको छ। रथ प्रस्थान गरेपछि विराटनगरका प्रमुख धार्मिकस्थल, चोक तथा बजार क्षेत्रका विभिन्न स्थानमा रथ रोक्ने व्यवस्था मिलाइएको छ। तय गरिएको मार्गअनुसार रथ राधा. . .


नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

काठमाडौं । चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ । हाल जिल्लाको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ भने आपूर्ति स्थिरता र भोल्टेजको गुणस्तरमा समेत सुधार भएको जनाइएको छ । हालै चार्ज गरिएका क्षेत्रमा विदुर�. . .


देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (बुधबार) बिहान ६ः३५ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । काठमाडौं धादिङको चन्. . .


संगीतको माध्यमबाट बाढीपीडितका लागि सहयोग जुटाउँदै विराटनगरका संगीतकर्मी

विराटनगर । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विराटनगरका संगीतकर्मीहरू एकजुट भएका छन् । संगीतको माध्यमबाट सहयोग जुटाउने उद्देश्यले विराटनगरमा ‘म्युजिक फर होप’ नामक च्यारिटी सांगीतिक कार्यक्रम आयोजना गरिएको हो। गत भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको बाढ�. . .


विराटनगरको राधाकृष्ण रथयात्रामा यसपटक डिजे पूर्ण प्रतिबन्ध, भजन-कीर्तनलाई प्राथमिकता

सोनु साह विराटनगर । विराटनगरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रामा यसपटक डिजे पूर्ण रूपमा प्रतिबन्ध लगाइने भएको छ। श्रीराधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार रथयात्राको धार्मिक आस्था र परम्परालाई प्राथमिकता दिँदै डिजे प्रतिबन्ध गर्ने निर्णय गरिएक�. . .


विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा तयारी अन्तिम चरणमा, ५ लाख भक्तजन आउने अपेक्षा

सोनु साह विराटनगर । विराटनगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा यस वर्ष भदौ २० गते शनिबार भव्य रूपमा आयोजना हुने भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने ५९औँ संस्करणको रथयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजक श्री राधाकृष्ण रथयात्र�. . .


दिव्य ज्योति अस्पतालको पत्रकार सम्मेलन : गाँजा बरामद भएको गाडी अस्पतालको नभएको दाबी

विराटनगर । विराटनगर–१६ दरैयास्थित कोलर चोकबाट ६० किलो गाँजा बरामद भएको घटनामा प्रयोग भएको भनिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यान आफ्नो स्वामित्वमा नरहेको दिव्य ज्योति अस्पताल प्रालिले स्पष्ट पारेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै अस्पतालले विभिन्न सञ्चारमाध्यम तथा अनलाइन पोर्टलमा उक्त भ्यानलाई . . .


विराटनगरमा अस्पतालको भ्यानबाट गाँजा बरामद

विराटनगर । विराटनगरमा एक आँखा अस्पतालको नाम लेखिएको गाडी प्रयोग गरेर विराटनगरबाट गाँजा तस्करीको गर्ने गरेको भेटिएको छ । विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले करिब ६० किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति करिब ११ बज�. . .