बिराटनगरमा जनगायक जेबी टुहुरेको सांगीतिक प्रस्तुति आयोजना हुने

बिराटनगर भदौ २६ ,

बिराटनगरमा जनगायक जेबी टुहुरेको सांगीतिक प्रस्तुति आयोजना हुने भएको छ । जेबी टुहुरे फाउन्डेसनको आयोजनामा बिराटनगरको बिरेन्द्र सभागृहमा असोज ११ गते उक्त सांगीतिक प्रस्तुति आयोजना हुन लागेको हो ।" जेबी टुहुरेको निरन्तरता २०७६" भाग २ नाम दिईएको उक्त कार्यक्रममा ७५ बर्षीय गायक टुहुरेले आफ्ना गितहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक सस्थाले जनाएको छ ।

‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।

जेबी टुहुरे फाउण्डेसनले जनवादी गीत संगीतको प्रवर्धन तथा राष्ट्र सेवा, मानव सेवा र समाज सेवाका क्षेत्रमा काम गर्ने अध्यक्ष निर्भिका टुहुरेले बताइन् ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस