यस पटकको ”लास्ट थर्सडे” कार्यक्रममा आयुशी केसी अतिथि वक्ता

बिराटनगर भदौ ११ ,

बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ”लास्ट थर्सडे” कार्यक्रममा यो महिना खालि सिसि कि संस्थापक तथा प्रमुख कार्यकारी आयुशी के सी अतिथि बक्ताको रुपमा आउने भएकी छिन् । कार्यक्रम भदौ १२ गते बिहिबार ३  बजे बिराटनगरको होटेल नमस्कारमा हुनेछ । कार्यक्रममा सहभागिताको लागि कुनै शुल्क लाग्ने छैन । युएसएड  को जागिर छाडेर खालि सिसि सुरु गरेकी आयुसी ँफ्रब्स अन्डर ३०  र एसिया २१ योंग लिडर २०१९ मा  पर्न सफल उधमी हुन्।

उक्त कार्यक्रममा अतिथि बक्ताले युवाहरुसंग उधमशिलतासंग सम्बन्धित आफ्नो अनुभब साटासाट र अन्तरक्रिया गर्ने छिन् ।

बिकल्प एन अल्टरनेटिभ, मकालु टिभी, बिराटनगर इन्टरनेसनल कलेज, एनवाईईएफ बिराटनगर र होटल नमस्कारको आयोजनामा यो कार्यक्रम संचालन गरिदै आएको छ । यस कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस