विराटनगरको आरोहण–गुरुकुलमा ‘काव्यारोहण’ हुने

विराटनगर । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा आगामी मंसिर ७ गतेदेखि ‘काव्यारोहण’ आरोहण कविता यात्रा कार्यक्रम सञ्चालन हुने भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा प्रत्येक महिनाको पहिलो शनिबार दिउँसो १ बजे एकल ‘काव्यारोहण’ कविता वाचन कार्यक्रम आयोजना हुने भएको हो । मासिक रुपमा आयोजना हुने कार्यक्रममा ख्यातीप्राप्त एक जना कविले आफ्ना कविता वाचन गर्नुहुनेछ । मंसिर ७ गतेबाट शुभारम्भ हुने कविता यात्राको पहिलो श्रृङ्खलामा साहित्यकार वैरागी काइँलाले आफ्ना कविता वाचन गर्नुहुने आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । कला–साहित्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्थाले नेपाली कवितको संवद्र्धन–प्रवद्र्धन गर्ने उद्धेश्यले वरिष्ट तथा चर्चित कविहरुको कविता वाचन कार्यक्रम गर्न लागको उहाँले बताउनुभयो । उक्त कार्यक्रमको संरक्षक तथा प्रवद्र्धकको रुपमा विराटनगर महानगरपालिकाले सहयोग गरेको छ ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस