इटहरीमा वाइवाइ एरिना गोल्ड कप फूटबल प्रतियोगिताको तयारी पूरा

इटहरी मङ्सिर १७ ,

१ नम्बर प्रदेशको इटहरीबाट प्रशारण हुँदै आएको एरिना टेलिभिजनले आफ्नो आठौँ वार्षिक उत्सवको अवसरमा गर्न लागेको नगरपालिका स्तरीय रात्रीकालिन वाइवाइ एरिना गोल्ड कप फूटबल प्रतियोगिताको तयारी अब अन्तिम चरणमा पुगेको बताएको छ ।

टेलिभिजनले इटहरीको इम्पेरियल होटलमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिएकोे हो । प्रतियोगिता यहि मङ्सिर २० गतेदेखि २७ गते सम्म संचालन हुने एरिना टेलिभिजनका प्रवन्ध निर्देशक समिर कार्कीले जानकारी दिए ।

सो अवसरमा निर्देशक कार्कीले इटहरीमा पहिलोपटक आयोजना गर्न लागिएको रात्रीकालिन पÞm्रेञ्चाइज १ नम्बर प्रदेश नगरपालिका स्तरीय वाइवाइ एरिना गोल्ड कपको लागि टावर निर्माणका साथमा बत्ती जडान तथा खेल मैदानको व्यवस्थापन जस्ता कुराको तयारी पुरा भएको समेत जानकारी दिए ।

उक्त प्रतियोगितामा १ नम्बर प्रदेशका छानिएका ८ वटा नगरपालिकाका टीमले प्रतिस्पर्धा गर्ने बताइएको छ । बिजेता टिमलाई रु एक लाख पचास हजार र उपविजेतालाई पचहत्तर हजार पुरस्कार दिइने निर्देशक कार्कीले जानकारी दिए । एरिना टेलिभिजनले यसअघि पनि खेलकुदको विकासका लागि समय समयमा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस