शिक्षादिप उच्चमाविले विद्यार्थीहरुलाई सम्मानीत गरे

विराटनगर,१४ माघ ः शिक्षादिप उच्चमावि विराटनगरले देशका विभिन्न मेडिकलकलेजमा नाम निकाल्ने आफना कलेजका पुर्व पाँच विद्यार्थीहरुलाई आज सम्मानीत गरेको छ ।

सम्मानीत हुनेहरुमा गिरेन्द्र यादव, बोलबंम रजक, अब्दुल्लाहा अब्दुल्लहा, शुशिल यादव, आसुतोस कास्यप छन । गिरेन्द्र , र रजकले विपि कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा छात्र बृद्धिमा नाम निकाल्न सफल भएका छन । त्यस्तै अब्दुल्हा, शुशिल, आसुतोसले चिकित्सा सास्त्रअध्ययान संस्थान माहाराजगञ्जमा छात्रबृद्धिमा नाम निकाल्न सफल भएका छन ।

पुर्वाञ्चल विश्व विद्यालयकाउप–कुलपती घनश्यामलाल दास , सो कलेजका अध्यक्ष भिम पराजुली, प्रचार्य ज्ञानबहनदुर खड्का लगायतका व्यक्तीत्वहरुले मेडिकल कलेजहरुमा छात्रबृद्धिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मानपत्र र माला लगाएर सम्मानीत गर्नुभयो । सो कार्यक्रममा बोल्दै पुर्वाञ्चल विद्याल्यका उपकुलपती घनश्यामलाल दासले पुर्वाञ्चल शैक्षिक हव बन्दै गएकोले पुर्वाञ्चलका विदार्थी उच्च शिक्षाकालागी काठमाण्डौ धाउने झन्झटबाट मुक्तभएको बताउनु भयो । कार्यक्रममा सो क्याम्पसका प्राध्यापक विद्यार्थी तथा शुभेक्छुक र सुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस