बिराटनगरमा वैदेशिक शिक्षा विषयमा सेमिनार हुने

विराटनगर  फाल्गुन १६ , बेन्चमार्क एकेडेमी बिराटनगरको आयोजनामा विदेश गएर उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुका लागि जानकारी मुलक सेमिनार बिराटनगरमा हुने भएको छ । यहीँ फाल्गुन २१ गते विराटनगरस्थित रत्ना होटलमा ११ बजेदेखि उक्त सेमिनार हुने बेन्चमार्ककी संचालक प्रिया सारडाले बताउनुभयो । इमेलिया हिलेरी मुख्य परामर्शदाताको रुपमा रहने उक्त कार्यक्रममा कलाकार आयुषमान देशराज जोशी पनि आउने भएका छन् । विदेश जाने विद्यार्थीहरुको लागि सत्य मार्गनिर्देशन दिन उक्त कार्यक्रम आयोजना गरिएको सारडाले बताउनुभयो । सोही दिन इटहरीको होटल कुन्डलिनीमा पनि ३ बजेदेखि सेमिनार हुनेछ ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस