समाचार

कोशी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

विराटनगर । कोशी प्रदेशमा रहेका १६ देखि ५९ महिनाभित्रका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप पाएको सुनिश्चित भएपछि कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश पूर्ण खोप सुनिश्चि�. . .


रविलाई मुकुलको चेतावनीः ‘म अर्को शालिकराम पुडासैनी बन्दिन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले यस्तो चेतावनी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘रवि लामिछाने ज्यू आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र. . .


प्रधानमन्त्री ओलीको शपथ ग्रहणमा जे देखियो (फोटो फिचर)

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त ओलीसँगै कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्�. . .


धरानको बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो

धरान (सुनसरी) । धरानको मन्दिरहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरूमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो । इटहरीका वर्षा बुढाथोकी साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न असार पारेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “. . .


विराटनगरस्थित मोरङ क्याम्पसमा विद्यार्थीबीच ‘लफडा’ प्रतिस्पर्धा

विराटनगर । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनपछि विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी संगठनबीच लफडा प्रतिस्पर्धाको श्रृंखला चल्न थालेको छ । सामान्य बहानामा क्याम्पस भित्र मर्यादा नाघेर गतिविधि गर्ने होजबाजी विद्यार्थीबीच सुरु भएको हो । गत बिहीबार बिहान क्याम्पस सम�. . .


ओली नेतृत्वको सरकारमा २१ मन्त्रीको एक साथ शपथ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा जाने मन्त्रीहरुको टुंगो लागेको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक स. . .


कोशीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच कार्यसम्पादन सम्झौता

विराटनगर । आर्थिक वर्षको अन्तिममा मात्रै पूर्वाधार विकास तथा अन्य कार्यक्रम हुने गरेको भन्दै आलोचना बढेपछि कोशी प्रदेश सरकारले साउन लागेसँगै विकास आयोजना तथा अन्य कार्यक्रम अगाडी बढाउने तयारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असारको अन्तिम दिन प्रदेशका प्रमुख सचिवसँग कार�. . .


दक्षिण कोरियाबाट फर्किएका लागि पुनः आवेदन खुला

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो । सो शाखाका �. . .


प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । साथै मोदीले पारस्परिक लाभकारी सहयोगलाई विस्तार गर्न नजि�. . .


नवनियुक्त प्रधानमन्त्री केपी ओलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका ह�. . .


आत्मनिर्भर अर्थतन्त्रको लागि पर्यटन उपयुक्त क्षेत्र हो : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपालका पर्यटकीय क्षेत्र र सम्पदाको अन्तर्राष्ट्रियकरण गर्नसके नेपालमा वर्षेनी लाखौं पर्यटक भित्र्याउन सकिने बताएका छन् । सोमबार ठमेल पर्यटन विकास परिषद्को २८औं र २९औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालमा पर्यटकीय क्षेत्रम. . .


सुनको मूल्य तोलामा दुई सयले बढ्यो

काठमाडौं । आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रूपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४६ हजार ९ सय रूपैयाँमा कारोवार भैइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रूप. . .