आर्थिक विकासमा बैंकिङ् क्षेत्रको भूमिका – दशरथ शाह

आर्थिक विकासमा बैंकिङ् क्षेत्रको भूमिका – दशरथ शाह

 

दशरथ शाह

अर्थतन्त्रको विकास तथा गतिशीलताका लागि वित्तीय बजारको ठूलो महत्व रहन्छ । साधन र स्रोतको परिचालन तथा लगानी प्रर्वद्धनका सन्दर्भमा वर्तमान समयमा यस्ता बजारको स्थान विशिष्टि बन्दै गएको छ । नेपालको सन्दर्भमा पनि वित्तीय बजारको ठूलो महत्व रहन्छ । आर्थिक तथा सामाजिक विकासका लागि देशमा भएका साधन र स्रोतको परिचालन आवश्यक छ । साधन र स्रोतको अधिकतम मुनाफा वा सामाजिक लाभ हुने गरी परिचालन गर्न सकेको खण्डमा अधिकांश मानिसहरु लाभान्वित हुन सक्ने अवस्था रहन्छ । देशमा विद्यमान बेरोजगारी, गरीबीको आकार घटाउने देखि लिएर अनेक प्रयोजनको लागि साधन र स्रोतको परिचालन आवश्यक छ । अर्थतन्त्रमा विद्यमान प्राकृतिक, भौतिक तथा साधनको परिचालनलाई विभिन्न कुराहरुले प्रभाव पार्दछ । त्यस्ता कुराहरुमध्ये बैंक पनि महत्वपूर्ण हुन्छ ।

आधुनिक युगमा जुन प्रकारका बैङ्कहरु आर्थिक गतिविधिमा संलग्न छन् । तिनिहरुको उत्पत्ति तथा विकासक्रमलाई हेर्दा आजको रुपमा आउन सयौँ वर्ष लागेको देखिन्छ । बैङ््क व्यवसायको इतिहासलाई हेर्दा इसापूर्व २००० सम्म र ग्रिकमा २००० बी.सि. मा मुद्राको कारोबार गर्ने संस्थाहरु भ्उजभकगक, म्भउिजष्, इथिmउष्ब रहेका थिए र यी संस्थाहरु धार्मीक प्रकृतिका थिए । सुरुमा यिनीहरुले बचत जम्मा गर्ने र ऋण दिने गरेको भए तापनि अन्तत ः धर्मप्रति मानिसको विश्वास कम हुँदै गएपछि यिनिहरुको कारोबार पनि कम हुँदै गयो । असिरिया, इजिप्ट आदि देशमा पनि त्यतिबेला त्यसतै कारोबारहरु चलेको कुरा पाइन्छ । भारत वर्षमा वैदिक कालमै आपसी लेनदेनका कारोबारहरु चलेको कुरा धार्मिक ग्रन्थमा पाउन सकिन्छ । रामायण, महाभारत, जस्ता धर्मगन्थ्रा व्यापारिक क्रियाकलापर लेनदेनका कुराहरुलेखिएको भेटिन्छ । मनुले वैश्यलाई ब्याज कमाएर खाने समुदायको रुपमा प्रस्तुत गरेका छन् । उनीहरु आजका बैङ्कले गर्ने प्रकृतिका कामहरु जम्मा स्विकार्ने,ऋण दिने, राजालाई पनि सङ्कटमा ऋण दिने,कोषसंरक्षको रुपमा काम गर्ने, नोट प्रचलनमा ल्याउने आदि गर्दथे । भारत वर्षबाहेक युरोप तथा रोमन साम्राज्य भएका देशहरुमापनि बैंकिङ् कारोबार गर्ने संस्थाहरु थिए । ईसाको १२ आँै शताब्दीमा आएर बैङ्क व्यवसायको रुवरुप फरक रुपमा देखिन थाल्यो । पहिलेको तुलनामा व्यापारिक क्रियाकलापहरु बढेकाले गर्दा तरल सम्पत्तिको सुरक्षा र स्थानान्तरणको आवश्यकता बढन गयो । बैङ्क व्यवसायलाई फरक तरिकाले सोच्न थालियो । यसै क्रममा सन् ११५७ मा इटालीको भेनिसमा बैङ्क अफ भेनिस को स्थापना भयो । यसलाई नै आधुनिक बैङ्कको पहिलो संस्थाको रुपमा लिइएको छ । ः

१ धार्मिक र जातिय समुदाय ः बैङ्कलव्यवसायका प्रकृतिसंग मिल्ने बैंकिङ् कारोबार गर्ने विभिन्न धार्मिक संस्थाहरु, जात तथा समुदायहरु पर्दछन् ।

२. व्यापारी तथा साहुमहाजन ः व्यापारी तथा साहुमहाजनको कारोबारको क्रम समावेश हुन्छ । यिनीहरुदेशविदेशका मुद्राकोविनिमय गर्ने, अरुले ल्याएका सुनचाँदी जस्ताबहुमुल्य धातु स्विकार गर्ने पर्दथे । नियमित कारोबार गर्ने हुनाले साहुमहाजनप्रति व्यापारीहरुको विश्वास निकै बढेमको थियो ।

३. ऋणदाताहरु ः ऋणदाताहरु आफ्नो बचत ब्याजमा दिन्थे । बचत लगानी गरी ब्याज आर्जन गर्ने पेसा सन्तान दरसन्तान चल्न थाल्यो । आसामीहरु पूस्तैनी व्यवसाय गर्ने साहुमहाजनलाई विश्वास गर्न थाले र आसामीले बचतमा ब्याज दिने प्रथा सुरु गरे । उनीहरुले प्रदान गर्ने व्याज र लिने ब्याजमा अन्तर राखे । ४.सुनार वा सर्राफहरु ः समाजमा बैङ्कहरु नभएको बेला मानिसहरुको सुन,चाँदी,जुहारत जस्ता बहुमूल्य धातुहरु सुनारकहाँ जम्मा गर्न थाले ।

यि आधुनिक बैङ्कहरुले पनि यिनीहरुकै कार्यअनुभवलाई व्यवसायको विकासमा लगाई कारोबार गर्न थाले । सन् ११५७ मा बैङ्क अफ भेनिस , सन् १४०१ मा बैङ्क अफ बार्सिलोना, सन् १४०७ मा बैङ्क अफ जेनेभाको जन्म भयो । सन् १६०७ मा हल्याण्डमा बैैङ्क अफ आम्स्टर्डम, सन् १६१९ मा जर्मनीमा बैङ्क अफ हैम्वर्ग नामका बैङ्कहरु स्थापना भयो । बेलायतमा सन् १६४९ मा स्थापित बैङ्क अफ इङल्याण्डलमा आधुनिक बैङ्कको स्थापनामा थप बल पुग्यो । हाल आएर विश्वका सबै देशमा आन्तरिक लगानी, बाहियलगानी, तथा आन्तरिक र बाहय संयुक्तलगानीमा बैङ्कहरु स्थापना भएका छन् । अर्थतन्त्रको विकास र विस्तारको क्रममा खास आर्थिक क्षेत्रलाई बढावा दिनेगरी विशिष्टि कार्यशैलीका बैङ्कहरु पनि स्थापना हुँदै गएका छन् ।

अर्थशास्त्रीहरुले आर्थिक विकासलाई आफ्नै तरिकाले परिभाषित गरेका छन् । प्रतिव्यक्ति आम्दानी वृद्धि हुँदै जानु जीवनस्तर सुधारको रुपमा लिई यसमा वृद्धि गराउने प्रक्रियालाई नै सामान्य अर्थमा आर्थिक विकास भनिन्छ । आर्थिक विकास भनेको वास्तविक राष्ट्रिय आम्दानी दीर्घकालमा नै बढेको हुनु पर्दछ । कल्यावादी अर्थशास्त्रीले प्रतिव्यक्ति आम्दानी तथा राष्टिय आम्दानीभन्दा गरिबी, बेरोजगारी तथा असमानता आर्थिक विकासका महत्वपूर्ण सवालहरु हुन् । यी समस्यामा कमी ल्याउन सकेको खण्डमा वास्तविक अर्थमा आर्थिक तथा समाजिक कल्याणमा अभिवृद्धि हुन्छ, जुन आर्थिक विकासको महत्वपूर्ण संकेत हो । आर्थिक विकासको सन्दर्भमा विश्वबैङ्कले गुणात्मक विकास सम्बन्धी धारणा सन् १९९१ मा प्रकाशनमा ल्याएको पाइन्छ । यसअनुसार आर्थिक विकासको सबभन्दा महत्वपूर्ण चुनौति मानिसको जीवनमा गुणात्मक सुधार ल्याउनु हो । विश्वका गरिब मानिसको जीवनमा सुधार ल्याउनका लागि आम्दानी बढाउनु आवश्यक छ तर विकासमा आम्दानी बाहेक अन्य कुराहरु समावेश हुन्छन् । राम्रो शिक्षा, स्तरीय स्वास्थ्य र पोषणको व्यवस्था, गरिबीमा कटौती, स्वस्थ्य वातावरण,अवसरमा समानता, व्यत्तिगत स्वतन्त्रता,संस्कृतिक सम्पन्नता आदि पक्षहरु पर्दछन् । मानव विकास प्रतिवेदन १९९४ अनुसार मानिस निश्चित सम्भाव्यता लिएर जन्मन्छन् । आर्थिक विकासको उद्देश्य वर्तमान तथा भविष्यका सन्ततिका लागि उक्त क्षमताको उपयोग गर्न सक्ने वातावरण तयार गर्नु रहेको छ । यसका लागि धन आवश्यक हुन्छ । धन खास समुहमा केन्द्रित हुनु उपयुक्त हुँदैन । धनको संकलन मात्र अपर्याप्त हुनाको साथसाथै मानिसका चाहना आर्थिक समृद्धिबाहेक अरु पनि हुन सक्दछन् । समग्रमा वर्तमानसमयमा आर्थिक विकासको समष्टिगत धारणा ठोसमूल्य बोकेको देखिन्छ ः १.आत्मनिर्भरः आधारभुतआवश्यकता पूरा गर्न सक्ने क्षमता ९क्गकतभलबलअभस् त्जभ ब्दष्ष्तिथ तय mभभत द्यबकष्अ ल्भभमक०ः मानिसका आधारभुत आवश्यकता खाना,वासस्थान,स्वास्थ्य तथा सुरक्षा पर्दछन् । यिनीहरुमध्ये कुनै एकको अभावमा मानिसले आफ्नो क्षमताको विकास राम्ररी गर्न सदैन । आर्थिक क्रियाकलाप तथा विकासको मुख्य उदेश्य मानिसलाई उक्त कुरामा आत्म निर्भर बनाउनु हो ।

२.आत्मसम्मानः व्यक्तित्वस्थापना ९क्भािकतभझस् त्य दभ ब उभचकयल० ः आत्मसम्मान केलाई मान्ने भन्ने कुर देशगत रुपमा विविध हुन सक्दछन् । तर समग्रमा राष्टको समुन्नतिले व्यक्तिको स्थापनामा सहयोग पुयाउँदछ । राष्टको समुन्नतीलाई नै समग्र विकासको आधार तथा व्यक्तित्वको विकासको स्रोतको रुपमा लिन सकिन्छ । वर्तमान समयमा विकासको अवधारणाले व्यक्तित्वस्थापना तथा पहिचानको अवस्ता तथा वातावरणलाई विकासको मूलभागवको रुपमा लिएको छ । अर्थशास्त्री टोडारोकाअनुसार आत्मसम्मान प्राप्ति तथा संरक्षण विकासको अर्को मूल मर्म हो ।

३.दासत्वबाट मुक्तिः छनोट गर्ने क्षमता ९ँचभभमयm ाचयm कभचखष्तगमभस् त्य दभ बदभि तय अजययकभ०ः दासत्वमुक्ति अर्थात छनोटको क्षमतावृद्धि वर्तमान समयकोआर्थिक विकासको अर्को महत्वपुर्ण पक्ष हो । अर्को शब्दमा स्वतन्त्रताले मूल मर्म सामाजिक दासत्व तथा अज्ञानताबाट मुक्त हुनु हो । स्वतन्त्रताले छनोटको क्षमता बढाउँदछ ।

वित्तीय प्रणालीको सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा केन्द्रीय बैंकको भूमिका महत्वपूर्ण रहन्छ । वित्तीय प्रणालीको सन्तुलन मार्फत यसले अर्थतन्त्रका विभिन्न पक्षमा सकारात्मकप्रभाव पार्ने प्रयत्न गरिरहेको हुन्छ । देशमा विद्यमान बैङ्क, वित्तीय संस्था तथा वित्तीय कारोबारगर्ने विभिन्न निकायहरुको नियमित सञ्चालन ,अनुगमन,आवश्यकताअनुसार निर्देशन गर्ने जस्ता कामका लागि केन्द्रीय बैङ्क आवश्यक पनि हुन्छ । यो सरकारको आर्थिक सल्लाहकार भएका कारण वित्तीय नीतिको निमार्णमा पनि यसको योगदान रहन्छ । तसर्थ केन्द्रीय बैंङ्कलाई अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने संस्थाको रुपमा लिने गरिन्छ ।

अर्थतन्त्रमा मुद्राको माग र आपूर्तिमा सन्तुलन कायम हुनु आवश्यक छ । आवश्यकताभन्दा बढी मुद्रा भएमा मुद्रास्फीति लगायतका समस्याहरु आउँदछन । त्यस्तै गरि मुद्राको मात्रा कम भएमा तरलताको समस्या आउँदछ । केन्द्रीय बैङ्कले अर्थतन्त्रको उत्पादन, अवस्था, व्यापारिक कारोबार, नगदको माग, व्यापारिक कारोबारको गतिशिलता आदिजस्ता कुरालाई राखेर आवश्यकताअनुसारको मुद्राको व्यवस्था मिलाउँदछ ।

केन्द्रीय बैङ्कले अर्थतन्त्रमा मुद्राको प्रयत्नलाई निश्चित सीमामा राख्नका लागि साखको नियन्त्रण गर्दछ । बैङ्कहरुले निश्चित सीमाभन्दा बढी लगानी गरेमा मुद्राको आपूर्ति भई मूल्य स्तर बढदछ भने ऋणको उपलब्धता कम भएमा विपरीत अवस्था सिर्जना हुन्छ । यस अर्थमा साखको मात्रामा भएको असन्तुलनले मूल्यलाई अस्थायी बनाइदिन्छ । यो अवस्था आउन नदिनको लागि साखको मात्रालाई निश्चित सीमामा राख्ने उपायहरुको अवलम्बन केन्द्रीय बैंकिङ्ले गर्दछ । यसका लागि बैङ्क दर, नीति, खुलाबजार क्रियाकलाप, नगद अनुपातमा परिवर्तनजस्ता परिमाणात्मक उपायहरुका साथसाथै अन्य कतिपय गुणात्मक उपायहरु पनि अवलम्बन गर्न सक्दछ । केन्द्रीय बैंक अर्थव्यवस्थाको सुसञ्चालन र वित्तीय गर्ने सर्वोच्च मेरुदण्ड हो र बैकिङ व्यवसायको प्राण पनि हो । त्यसैले आजको विश्वमा देशको आर्थिक विकास एवं देशी विदेशी मुद्राको परिचालनको व्यवस्थालाई सुदृढ गर्न पनि केन्द्रीय बैंकको अहम भुमिका रहन्छ ः

१.मुद्रा प्रदाय ः केन्दीय बैंकले देशमा मुद्रा प्रदायकको स्रोतको रुपमा गर्दछ । यसले देशमा सरकारको नीति अनुसार मुद्राको मागलाई ध्यानमा राखेर मुद्रा प्रदायलाई बढीहुनबाट रोक्न महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।

२.साख नियन्त्रणः वाणिज्य बैंकहरुले नाफा आर्जन गर्न कोष लगानी गरेर साखको सृजना गर्दछन् । आवश्यकता भन्दा बढी हुन गएमा आर्थिक विकृती देखा पर्ने हुनाले देशमा आर्थिक स्थिरता कायम राख्न केन्दीय बैंकले त्यसतो साख सृजनालाई नियन्त्रण गर्ने गर्दछ ।

३.नोट निष्कासनः देशको आवश्यकपर्ने नोट निष्कासन गर्ने कार्य केन्द्रीय बैंककोे भएकोले सयको महत्वपूर्ण भुमिका हुन्छ । मुद्रा निष्कासनमा लचिलोपना ल्याउनुको साथै मुद्रामा एकरुपता पनि ल्याउँदछ ।

४.मौद्रिक नीतिको कार्यान्वयन ः सरकारले मौद्रिक नीतिको माध्यमबाट आफ्नो उदेश्य सफल पार्ने प्रयास गर्दछ । यसका लागि व्याजदर, खुलाबजार खरिदबिक्री जस्ता अनेक प्रयासहरु अपनाउनु पर्दछ । केन्द्रीय बैंक बैंकिङ व्यवस्थाको नियन्त्रण गर्ने सर्वोच्च निकाय भएकोले सरकाले मौद्रिक तथा वित्तीय नीतिहरुलाई सफल बनाएर देशमा केन्द्रीय बैंकको महत्वलाई अझ पुष्टी गर्दछ ।

५.विदेशी विनिमयकोषको प्रबन्धः विदेशी विनिमयदरको स्थिरता कायम राख्न विनिमय कोषको प्रबन्ध र सुरक्षा प्रदान गर्न केन्द्र्रीय बैंकको महत्वपूण कार्य हो ।

६.आर्थिक विकास ः देशको आर्थिक विकासको लागि आवश्यक अनुसन्धान गर्ने, सरकारलाई सल्लाह दिने, उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने आदी उपयोगी क्षेत्रको पहिचान गरी आर्थिक व्यस्था मिलाउन केन्द्रीय बैंकले महत्वपूण भुमिका खेल्दछ ।

७.अन्तर्राष्ट्रिय सम्बन्ध ः देश विकासको लागी केन्द्रीयबैंक सरकारको प्रतिनिधित्व गर्ने बैैंक भएकोले यसले अन्तराष्ट्रिय मौद्रिक तथा वित्तीय संघसस्थाहरुसँग सम्बन्ध स्थापित गरी आर्थिक तथा व्यापारिक सम्झौताहरु सम्पन्न गर्न केन्द्रीय बैंकले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । विश्व बैंक, एशियन विकास बैंक, अन्र्तराष्ट्रिय मुद्राकोष,सियासन,सियान्जा, आप्राका आदी ।

८.बैंकिङ प्रणालीको विकास ः देशको हरेक भागमा मुद्रालाई सरल र सर्वसुलभ बनाउन, बैंकिङ सेवा उपलब्ध गराउन केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई पथप्रर्दशन र निर्देशन गर्दै आवश्यक नियन्त्रण पनि गर्दछ ।

९.वाणिज्य बैंकहरुलाई आर्थिक सहयोग ः वाणिज्य बैंकहरु आर्थिक संकटमा परेकोबेला केन्द्रीय बैंकले आवश्यक ऋण उपलब्ध गराउनुको साथै आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्दछ ।

देशको विकास दरलाई तीव्र पार्नुपर्ने आवश्यकता र उपलब्ध साधन स्रोतलाई ध्यानमा राखि यस योजनामा आर्थिक वृद्धिदर वार्षिक औसत ६.० प्रतिशत हुने लक्ष्य निर्धारण गरिएको छ । कुल आर्थिक वृद्धिदरमा कृषि क्षेत्रतर्फ ४.५ प्रतिशत र गैर कृषि क्षेत्रतर्फ ६.७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यस योजना अवधिमा मुद्रास्फीतिको वृद्धिदर वार्षिक औसत ७.० प्रतिशत हुने लक्ष्य छ । यस आर्थिक वृद्धिदरबाट देशको प्रतिव्यक्ति आय वार्षिक सरदर ४.६ प्रतिशतको दरले वृद्धि हुनेछ । त्यस्तै रोजगारी प्रतिवर्ष औसत ३.२ प्रतिशतको दरले वृद्धि हुनेछ । हालसम्म गरिबी न्यूनीकरणमा भएका उपलब्धि, गरिबी घटाउने कार्यक्रमहरु, आर्थिक वृद्धिसँगको लचकता, रोजगारी वृद्धि तथा लक्षित कार्यक्रमहरुको उपलब्धिका आधारमा गरिबीको रेखामुनि रहेकोजनसंख्या प्रतिशत १८ मा झार्ने लक्ष्य निर्धारण गरिएको छ । तेह्रो योजना (त्रिवर्षीय)२०७०।०७१–२०७२।०७३ को उद्देश्यमा दीर्घकालिन सोच वि.सं.२०७९ या सन् २०२२ सम्ममा कमविकसित देशबाट विकासशील राष्ट्रमा स्तरउन्नती गर्ने रहेको छ । यसमा बैंकहरुले सहयोगी तथा महत्वपुर्ण भुमिका निवार्ह गर्नु पर्दछ ।

अर्थतन्त्रको गति तथा स्वरुपगत परिवर्तनमा नेपाल राष्ट्र बैङ्कको खास किसिमको भुमिका रहेको छ । १. नेपाली मुद्राको प्रचलन ः नेपाल राष्ट्र बैंकको स्थापनापूर्व दुर्दओटा मुद्रा भा.रु. र ने.रु. एकै पटक प्रचलनमा रहँदा विनिमयदरमा विविधता थियो । यसले आर्थिक एकता तथा विकासमा बाधा परेको थियो , नेपालमा विदेशी मुद्राको प्रचलन हटाउने तर्फ कदम चालल्यो । नेपालराष्ट बैंकले सर्वप्रथम वि.२०१७ फागुन ७ गते आफ्नो नाउँमा नोट निष्कासन गर्न थालेपछि नेपालीमुद्राको प्रचलन व्यापक बन्दै गयो । २.बैदेशिक व्यापारको प्रवद्र्धन ः नेपाल राष्ट्र बैङ्कले देशको वैदेशिक व्यापारप्रवद्र्धनका लागि सहयोग विनिमयमा स्थिरता, अन्तर्राष्ट्रिय स्तरमा भएको आर्थिक उतारचढावको आधारमा नेपाली मुद्राको अवमूल्यन तथा पुनर्मूल्यन गर्ने जस्ता कार्यहरु सञ्चालन गरि वैदेशिक व्यापारिक क्रियाकलापमा नियमितता लयाउने गरेको छ । ३. बैङकिङ विकासमा र विस्तार ः नेपाल राष्ट्र बैंक स्थापना हुँदा देशमा एउटा मात्र वाणिज्य बैंक र यसका १३ शाखाहरु मात्र विद्यमान थिए । हाल आएर ठूलो परिवर्तन आएको छ , आर्थिक उदारिकरणको नीति देशले अवलम्बन गरेपछि वित्तिय क्षेत्रको विकासमा उदारता अपनायो । यसकोफलस्वप देशमा ठूलो संख्यामा वाणिज्य बैंकहरु,वित्तिय संस्थाहरुसहकारी स्थापना भएका छन । ४. आर्थिक विकासको प्रवर्तक ः नेपाल राष्ट्र बैङ्कले देशको आर्थिक विकासमा स्थापनाकालदेखि नै सहयोग पुयाउदै आएको छ । वित्तीय आधारशिलाहरुको निर्माण, बैंकिङ् सेवामा विस्तार, बचतपरिचालन, कर्जानियन्त्रण,उत्पादनशीलकर्जा,कार्यक्रमको सञ्चालन,घरेलु तथा साना उद्योग परियोजना,कृषि तथा औद्योगिक कर्जा, पुँजी तथा मुद्राको बजारको विकासमा सहयोग पुयाउने जस्ता कार्यक्रमहरु अगाडी सार्दै आएका छन् । यसका अतिरिक्त विभिन्न किसिमका वित्तय कार्यसम्बन्धी सर्वेक्षणहरु गरि नीतिनिमार्ण तथा कार्यान्वयनकर्तालाई सहयोग पुयाउदै आएको छ । ५.ग्रामिण विकासमा सहयोग ः नेपाल राष्ट्र बैङ्कले ग्रामीण क्षेत्रको आर्थिक अवस्था सुधार्न निकै प्रयास गरेको छ । यसक्षेत्रमा आवश्यक उपलब्धी हासिल गर्न नसकिएको भए तापनि आधारशिला तयार गरिएको छ । ग्रामिणक्षेत्रका जनताको कर्जा सुविधा उपयोग गर्न सकून भन्ने उद्देश्यले विभिन्न नीतिगत व्यवस्था गरेको छ । ६.आर्थिक अनुसन्धान, सर्वेक्षण तथा प्रकाशन ः नेपाल राष्ट्र बैङ्कले आर्थिक विवकासका लागि अन्सन्धा,सर्वेक्षण तथा प्रकाशन गर्दै आएको छ । देशको आर्थिक क्रियाकलाप , वित्तिय व्यवस्थापन त्यसको प्रभाव तथा मौद्रिक नीतिको प्रभावको नियमित अनुसन्धान तथा प्राप्त तथ्यहरुको प्रकाशनका लागि छुटै अनुसन्धान विभागको व्यवस्था गरेको छ । मिर्मिरे, नेपाल राष्ट्र बैंकसमाचार,आर्थिक प्रतिवेदन,त्रैमासिक आर्थिक बुलेटिन आदि नेपाल राष्ट बैंकका महत्वपूर्ण प्रकाशन हुन । ७. मुद्रा तथापुँजी बजारको विकास ः देशको पुँजीगत साधन परिचालनका लागि मुद्रा तथा पुँजीबजारको विकासमा नेपाल राष्ट्र बंैकले वित्तिय संस्थाहरुको स्थापनाबाट टेवा पुयाउदै आउको छ । अन्तरबैङ्किङ सम्बन्धमा विकास गराउने, ग्रामिण क्षेत्रका वित्तिय संस्थाहरुलाई सक्रिय बनाउे , अल्पकालिन तथा दिर्घकालिन ऋणपत्रहरु जारि गरि पुँजी बजारको विकास गर्ने कार्यमा ठूलो योगदान रहेको छ । तर अझै विविध समस्यामहरु विद्यमान छन् ।ती जटिलताको निराकरण गर्न विविध प्रयास गर्नु आवश्यक छ । यसका लागि नेपाल राष्ट्र बैंकले यसका कार्यहरुलाई प्रभावकारी बनाउँदै लैजानु आवश्यक छ ।

देशको अर्थतन्त्रको गतिशीलताका लागि सुदृढ बैंकिङ् प्रणालीको आवश्यकता पर्दछ । मुद्रा तथा पूँजी बजारको विकास तथा विस्तार सुदृढ बैंकिङ् प्रणालीमा मात्र हुनेहुनाले तिनीहरुको विकासको वातावरण बनाउन आवश्यक छ । केन्द्रीय बैङ्कले ऐन, नियमको अधीनमा रही बैङ्क तथा वित्तीय संस्थाको स्थापनालाई जोड दिन्छ । वित्तीय संस्थासम्बन्धी ऐनलाई समसामायिक बनाई संस्थागत विकासमा जोड दिन्छ । अनुगमनको माध्यबाट त्यसता संस्थाका कामकारबाहीलाई जनउत्तरदायी बनाउने प्रयास गर्दछ यी सबै कार्यले अन्ततः बैकिङ् प्रणालीलाई सुदृढ पार्दछ । बैंकिङ क्षेत्र ९द्यबलपष्लन क्भअतयच० ः बैंकले आफ्ना कार्यलाई विभाजन गरि देशको आर्थिक वृद्धि र विकासमा सहयोग गर्दछ , बैंकिङ क्षेत्र अन्र्तगत ः १. बाणिज्य बैंकहरु २.विकास बैंकहरु ३.ग्रामिण विकास बैंकहरु ।

१.बाणिज्य बैंकहरु ९ऋयmmभचअष्ब िद्यबलप०ः वित्तीय संस्थाको बैंकिङ क्षेत्रमा मुख्य रुपमा वाणिज्य बैंकहरु पर्दछन् । यस्ता बैंकहरुले विभिन्न खाताहरुमार्फत निक्षेप संकलन गर्ने र उत्पादनशील क्षेत्रमा लगानी गर्ने कार्य गर्दछन । यसको अतिरिक्त प्रस्तावको आधारमा व्यवसायिक कर्जा र सुनचाँदी सुरक्षण राखेर परम्परागत कर्जा पनि प्रदान गर्दछ । नेपालमा वित्तीयसंस्थाको रुपमा वाणिज्य बैंकको इतिहास ६ दशक भन्दा बढी भएको देखिन्छ । नेपालकै पहिलो बैंकको रुपमा नेपाल बैंकको स्थापना वि.सं. १९९४ सालमा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरको पालामा भएको हो । यसको प्रमूख उदेश्य देशमा छरिएर रहेको वित्तीय क्रियाकलापमा परिचालन र समान्य जनतामा बैंकिङ सेवा पुयाउने र बचत बानि बसाल्नु थियो । प्रथम वाणिज्य बैंक स्थापनाको धेरै वर्ष पछि मात्र वि.सं.२०१३ सालमा केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट बैंकको स्थापना भयो । देशमा बाणिज्य बैंकको स्थापना र विकास गर्ने अभिभारा पनि यसले ग्रहण गर्यो तर पनि वि.सं.२०२२ मा आएर मात्र दोस्रो वाणिज्य बैंकको स्थापना भयो । नेपालमा दुई वाणिज्यहरु बैंकहरुले विभिन्न ठाउँमा शाखा खोली कार्यगर्दै आएपनि अरु वाणिज्य बैंकहरु धेरै पछाडी स्थापना हुन थाले । वि.सं. २०२२ सालपछि एकै चोटी वि.सं.२०४२ सालमा संयुक्तलगानीमा नेपाल अरब बैंक स्थापना भयो । त्यसपछि भने नेपालमा संयुक्त लगानी क्रमश ः वाणिज्य बैंकहरु स्थापना हुँदै गए । नेपाल राष्ट बैंकबाट वित्तीय कारोबार एब निक्षेप संकलन र कर्जा प्रदान गर्न सक्ने गरि बैंकिङ कारोबार गर्न वि.सं.२०५५ फाल्गुन मसान्त सम्ममा इजाजत प्राप्त गर्ने १३ थियो भने हाल २९ भन्दा बढी बाणिज्य बैंकको संख्या पुगिसको छ । नेपाल बैंक लिमिटेड,राष्टिय वाणिज्यबैंक,नेपाल ग्रिन्डलेज बैंक, नेपाल अरब बैंक लिमिटेड,हिमालय बैंक लिमिटेड, नेपाल इन्डोस्वेज बैंक लिमिटेड, नेपाल एस.बी.आई.बैंक लिमिटेड,नेपाल बङ्लादेश बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, बैंक अफ काठमाण्डु, नेपालबैंक अफ सिलोन लिमिटेड, नेपाल इन्डस्टियल एण्ड कमर्सियल बैंक र लुम्बिनी बैंक लिमिटेड आदी । यसरी नेपालमा अल्पअवधिमा पनि वितीय संस्थाको रुपमा वाणिज्य बैंकको विकास भएको छ । बैंकमा खास गरि वाणिज्य बैंकले उद्योगव्यापार आदि विकासमा सघाउ पुयाइरहेको हुन्छ । नेपालको अर्थतन्त्रमा वाणिज्य बैङ्कको आवश्यकता तथा महत्वलाई बुदाँगत गर्न सकिन्छ ः १.पूँजी निमार्ण गन सहयोगः दीर्घकालीन लगानीको स्रोत जुटाउनमा पुँजी बजारको स्थान महत्वपूर्ण हुन्छ । पूँजी बजारको विकासमा विभिन्नसंघसंस्थाको ठूलो योगदान रहन्छ ।त्यस्तै योगदान पुयाउने विभिन्न संस्थाहरु मध्ये वाणिज्य बैङ्कहरु पनि ा पर्दछन् । यिनीहरुले सरकारी सुरक्षण पत्र खरिद गर्ने, डिस्काउन्टको सुविधा उपलब्ध गराउने, जमानत प्रमाणित गर्ने, विभिन्न कम्पनीले जारी गरेका सेयरहरुको खरिदविक्री वितरण गरी रकम संकलन गरिदिनेजस्ता कार्यहरु गर्दछन् , यसबाट पुँजी बजारको क्रमशः विकास भई दीर्घकालिन लगानीका लागि पर्याप्त कोष प्राप्त हुन्छन् ।

२.बचत परिचालन गर्नु ः आम्दानिको आकार सानो भए तापनि ग्रामिण क्षेत्रको कतिपय मानिसहरुले केही मात्रामा बचत गर्दछन् । यस्तो अवस्थामा वाणिज्य बैङ्कले सानोतिनो बचत संकलन गरि लगानी योग्य स्थानामा पु¥याउँन सघाउ पु¥याउँदछ । धेरै व्यक्तिको सानो बचत एकमुष्ट रकम पारि ठूलो लगानीका लागि सम्भव तुल्याउँदछ र आफ्ना शाखाहरुका माध्यमबाटएक ठाँउको बचत बढी प्रतिपफलहुने स्थानतर्फ प्रवाहित गरि लगानीको अभाव पुरा गर्दछ ।

३.बहुमूल्य साधनको सुरक्षाः मानिसहरुसँग सुनचाँदी,गरगहना लगायत अन्य कतिपय बहुमूल्य वस्तुहरु रहन्छन् । घरमा चोरी, आगजनी तथा अन्य कुनै कारणले नष्ट हुनसक्छन् । यस्ता साधन बचाएर राख्न चाहन्छन् । साधनको बचावट र सुरक्षाका लागि बैङ्कले सेवा प्रदान गर्दछन् । कतिपय वाणिज्य बैंकले यस्ता साधन स्वीकारी ऋण प्रदान गर्दछन् । कतिपय बाणिज्यबैङ्कले लकर उपलब्ध गराएका हुन्छन् । र यस्ता सेवाहरुबाट बहुमुल्य कागजपत्रको सुरक्षाको व्यवस्था पनि भइरहेको छ । यसअर्थमा सुरक्षाको सेवा प्रदान गर्र्न सकिन्छ ।

४.वित्तीय शोषणको निराकरण ः नेपालका वाणिज्यबैङ्कहरुले स्थापनाकालदेखि नै साहुमहाजनको तुलनामा कम ब्याजदरमा लगानी गरिरहेका छन । साहुमहाजनको चर्को ब्याजमा ऋण दिई किसानको अधिकांश आम्दानी हरण गर्ने परिपाटी यिनीहरुको कार्यले केहीमात्रामा भए पनि राहत गराउँदछ । सारक्षरताको अवस्था न्यून रहेको र ग्रामिण बहुलता रहेका अर्थतन्त्रमा साहूमहाजनबाट सर्वसाधारण ठगिने र शोषण हुने सम्भावना प्रबल रहन्छ । यस परिस्थितीमा ग्रामिण क्षेत्रसम्म वाणिज्य बैंकका शाखाहरु स्थापना गरि अशिक्षित किसानलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउनु आवश्यक छ । ग्रामिण क्षेत्रका मानिसहरु खासगरी किसानले साहूमहाजनको चर्को व्याजको मार खप्नुपर्दैन जुन गरिबी निवारण तथा सर्वसाधारण को सामाजिक विकासकालागि अपरिहार्य छ ।

५.आर्थिक सन्तुलन ः वाणिज्य बैङ्कहरुले लगानी गर्दा कुन क्षेत्रमा लगानी गर्न आवश्यक छ, कुन ठाउँमा लगानी गर्दा साधन र स्रोतको सही उपयोग हुन्छ भन्ने कुराको अध्ययन गर्दछन् । यसबाट लगानीको खाँचो भएका क्षेत्रमा लगानी सम्भव हुन्छ । फलस्वरुप साधन र स्रोतको उपयोग, परिचालन सन्तुलित किसिमले भई आर्थिक प्रक्रिया सन्तुलित रुपमा अगाडि बढ्दछ ।

६.सरकारको सहयोगीः सरकारले विभिन्नक्षेत्रबाट राजस्व प्राप्त गर्दछ , त्यसैगरि सरकारले सरकारी खर्चका रकमविभिन्न ठाउँमा पुयाउँनुपर्दछ । विकास निमार्णको बजेट,कर्मचारीको तलकभत्ताको रकम आदि देशका विभिन्न भागमा वितरण गर्नुपर्दछ । वाणिज्य बैङ्कले आफ्नो नियमित कार्यअन्र्तगत यी रकमलाई विभिन्न ठाउँमा पुयाएर सरकारलाई सहयोग गर्दछ । यस्ता बैङ््कले समयमै आवश्यक रकमहरु सम्बन्धित ठाउँमा पुयाउन मदत गरि विकास निमार्णलगायत अन्य सरकारी कामकारबाहीलाई अगाडि बढाउन सहयोग पु¥याउँदछन् ।

७.विदेशी विनिमयमा सहयोग ः वाणिज्य बैङ्कहरुले नियम कानुनको अधिनमा रही केन्द्रीय बैङ्कको स्वीकृति तथा निर्देशनअनुसार वैदेशिकमुद्राको कारोबार गर्दछन् । व्यक्तिले प्राप्त गरेको वैदेशिक मुद्रालाई स्वदेशी मुद्रामा परिवर्तन गर्ने तथा आयतकर्तालाई विदेशी मुद्रा उपलब्ध गराई व्यापारिक क्रियाकलापलाई अगाडि बढाउँछन् । विनिमयमा आयत निर्यात व्यापारमा संलग्न नेपालजस्तो देशका लागि झन ठूलो महत्व रहेको छ ।

८.कृषि क्षेत्रको विकासः नेपालका अधिकांश कृषकहरुसँग लगानी गर्ने साधन सिमित छ । वाणिज्य बैंकले कृषिक्षेत्रका लागि आवश्यक पर्ने ऋण पनि उपलब्ध गराएर सघाउ पुयाइरहेका छन् । कृषि विकासका लावि नेपाल राष्ट्र बैंकले निश्चित प्रतिशत लगानी कृषिमा गर्नुपर्ने निर्देशन वाणिज्य बैंकहरुलाई दिएर यसको विकासमा अनिवार्य योगदान पुयाउनुपर्ने प्रावधान राखेका छन् । नेपालको अर्थतन्त्रमा कृषि विकास बैंकले सबै ठाउँ लगानी गर्न नसकेको हुँदा वाणिज्य बैंकले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कृषि विकासमा सघाउ पुयाइरहेका छन् ।

९.उद्योग तथा व्यापारको विकास गर्नुः नेपालका अधिकांश मानिससँग उद्यम व्यवसायको स्थापना गर्नका लागि आवश्यक पर्ने लगानी योग्य साधनको अभाव छ । उनीहरुले उद्यमव्यवसाय स्थापना गर्न चाहेर पनि गर्न सकिरहेको छैनन् । यस्तो अवस्थामा वाणिज्य बैङ्कले विभिन्न किसिमका मेसिनउपकरण खरिदगर्न, भवनहरु ब्नाउन तथा कच्चा पदार्थ र श्रमिकको ज्याला भुत्तानी गर्न कर्जाप्रवाह गर्न सक्दछन् । यसबाट विभिन्न किसिमका उद्योगहरुको स्थापना, विकास तथा संचालन सम्भव हुन्छ । वाणिज्य बैङ्कले व्यापारी कार्यको कर्जा प्रदानले व्यवसायिक कुशलता भएका पुँजीविहिन व्यक्तिलाई व्यापार गर्ने अवसर प्राप्त हुन्छ ।

१०. उत्पादनशील कार्यमा लगानीः राष्ट बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा प्रवाहको एक निश्चित प्रतिशत रकम कृषि, पर्यटन,व्यापार विद्युत उत्पादन लगायत विभिन्न उत्पादशील क्षेत्रहरुमा कर्जा प्रवाह गरेर उद्योगहरुको विकासमा महत्वपूर्ण योगदान पुग्दछ ।

११.बिना धीतो लगानी ः कृषिजन्य,उद्योग,घरेलु उद्योग, विद्युतशक्ति उद्योग, सेवा उद्योग जस्ता नेपाल राष्ट्रबैंकद्धारा तोकिएका उद्योगहरुमा वाणिज्य बैङ्कहरुले आयोजनाको सम्भावयता हेरी पत्यार लाग्ने नेपाली नागरिकहरुलाई कुनै अर्केा व्यक्तिको जमानीमा ५० हजारसम्म बिना धितो लगानी गर्न सक्दछ र यस्तो विना धीतो लगानीको माध्यमबाट धीतो राख्न नसक्ने उद्यमशील व्यक्तिहरुले पनि उद्योगहरुको स्थापना गर्न सक्ने हुनाले उद्योगको विकासमा सहयोग पुग्दछ ।

१२.शिक्षित बेरोजगार कर्जा कार्यक्रमः नेपाल राष्ट्र« बैंकको निर्देशनमा वाणिज्य बैंकहरुले शिक्षितबेरोजगार कार्यक्रम सञ्चालित गरेका छन् र यस कार्यक्रमले धीतो राख्न नसक्ने बेरोजगार र शिक्षित व्यक्तिरुले विभिन्न प्रकारका साना उद्योगहरु सञ्चालन गर्ने हुनाले आर्थिक विकासमा महत्वपुण भुमिका रहन्छ । तसर्थ वाणिज्यबैंकले शिक्षित बेरोजगारहरुलाई कर्जा उपलब्ध गराई उद्योग तथा आर्थिक कारोबार गर्ने कार्यमा सहभागीता गराउन सहयोग गर्दछ ।

१३.ग्रामिण पहुँचमा वृद्धिः वाणिज्य बैंकको पहुँचलाई वृद्धि गरि ग्रामिण समुदाय सम्म सेवालाई विस्तार गरी कृषि तथा अन्य पेसामा लागेका व्यक्ति सुचना प्रवाह भई बचत, लगानी तथा अन्य आर्थिक कारोबार समेत सहयोग पुग्दथ्यो । सारक्षरताको अवस्था न्यून रहेको र ग्रामिण बहुलता रहेका अर्थतन्त्रमा साहूमहाजनबाट सर्वसाधारण ठगिने र शोषण हुने सम्भावना प्रबल रहन्छ । यस परिस्थितीमा ग्रामिण क्षेत्रसम्म वाणिज्य बैंकका शाखाहरु स्थापना गरि अशिक्षित किसानलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउनु आवश्यक छ । ग्रामिण क्षेत्रका मानिसहरु खासगरी किसानले साहूमहाजनको चर्को व्याजको मार खप्नुपर्दैन जुन गरिबी निवारण तथा सर्वसाधारणको सामाजिक विकासकालागि अपरिहार्य छ ।

१४.दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्न सहयोगः दक्ष जनशक्तिलाई रोक्न तथा विदेश पलायन हुनबाट जोेगाउन विभिन्न स्वदेशमै रोजगारका अवसरहरु प्रदान गरि स्वदेशमै व्यवस्था मिलाउनु पर्दछ । पुँजी नहुनेलाई , शिक्षा, स्वास्थ्य, अनुसन्धान, विज्ञान ,कृषि, पर्यटन, व्यापार विभिन्न उत्पादीत क्षेत्रमा कर्जा लाई सहज तथा सरल रुपमा उपलब्ध गराई विदेश पलायहुन बाट रोक्न सहयोग पुग्दछ ।

१५.प्राकृतिक साधनको उपयोगमा लगानीः आर्थिक विकासका लागि वन, पानि, खानिजस्ता विविध किसिमका प्राकृतिक साधनको समुचित उपयोग आवश्यक हुन्छ । यस्तास्रोतको उपयोग गर्न मेसिन,उपकरण, औजार रासायनिक पदार्थ,प्रयोगशाला ,यातायातको व्यवस्था आदिको आवश्यकता पर्दछ । यी सबै को पूर्ति तथा यिनीहरुको सञ्चालन औद्योगिक एकाइबाट मात्र सम्भव हुने हुनाले अर्थतन्त्रमा महत्व रहेको देखिन्छ । तसर्थ यस्ता प्रकारका औधोगीकलगानी गर्नु पर्दछ ।

२.विकास बैंकहरु ९म्भखभयिऊभलत द्यबलप०ः विकास बैङ्क वाणिज्य बैङ्क भन्दा भिन्न प्रकृतिको संस्था हो । विश्वको इतिहासमा विकास बैङ्को उत्पती सन् १८२२मा बेल्जियममा भएको हो । त्यसपछि सन् १८५२ को १८ नोभेम्बरमा क्रेडिट मोबिलाइजको फ्रान्समा विकास बैंकको स्थापना भएको हो । जापानमा औद्योगिक विकास बैङ्कको सन् १९०२ मा स्थापना भयो । प्रथम विश्व युद्ध र सन् १९३० को दशकमा आर्थिक मन्दी पछि विकास बैंकको स्थापना भएको हो । लगानी, परामर्श आदि कार्यक्षेत्र बनाउने यस्ता बैङकले अर्थतन्त्रमा महत्वपूर्ण स्थान राख्दछ । विशिष्ट क्षेत्रको विकास गर्नको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न स्थापित बैंकलाई विकास बैंक भनिन्छ । देशको कृषि विकास, औद्योगिक विकास, आर्थिक विकासको गतिलाई अरु बढी तिव्रतर बनाउन चाहिने आवश्यक आधारभुत कुराहरु आपूर्ती गर्ने संस्थालाई विकास बैंक भनिन्छ । यस्ता संस्थाले प्राविधिक विकास, सामाजिक क्षेत्रको विकास लगायत अन्य आर्थिक क्षेत्रको विकासको लागि अल्पकालिन एवं दीर्घकालिन पूँजी आपूर्ती गरी विकासलाई गतिशिलता प्रदान गर्दछ । यी संस्थाहरु मध्ये कसैले चालु पूँजी मात्र प्रदान गर्दछन् भने कसैले प्राविधिक, व्यवस्थापकीय एवं प्रशासनिक पूँजी समेत प्रदान गर्दछ ।

वर्तमान विश्वमा विकास बैङ्कहरु निकै लोकप्रिय बनेका छन् । यस्ता बैङ्कले मुनाफालाई मात्र जोड नदिई समष्टिगत आर्थिक विकासका लागि पुयाएको योगदान सह्रानिय छ । यही कारणले हरेक देशले आफ्नो देशको खास क्षेत्रको विकासका लागि विशिष्टि बैङ्कहरु स्थापना गर्दै आएका छन् । नेपालमा औद्योगिक विकास निगम र कृषि विकास बैङ्कलाई यसैको उपजको रुपमा लिन सकिन्छ । नेपालमा हाल ८१ वटा विकास बैंकहरु रहेका छन् । विकास बैङ्कहरु विशिष्ट उद्देश्यले स्थापित हुन्छन् । यिनीहरुले वित्तीय स्रोतका साथसाथै तालिम, अनुसन्धान , परामर्श सेवामा पनि उद्यमीलाई आश्वस्त बनाउन सक्दछन । कम विकसित देशमा वित्तीय स्रोतका साथसाथै उद्यमशीलताको पनि अभाव हुने हुँदा यी बैङ्कहरुको महत्व अझ बढेर गएको छ । दोस्रो विश्वयुद्ध पश्चात थुप्रै देशहरु स्वतन्त्र भई आ आफ्नो आर्थिक नीति तय गर्न सक्षम भएका छन् । आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने सवालमा आवश्यक सल्लाह विभिन्न निकायबाट लिनु पर्ने आवश्यकता छ । विकास बैङ्कहरुले यस सवालमा पनि सरकारलाई सहयोग पुयाउन सक्दछन् । यस्ता बैंङ्कले वित्तीय सहयोग उपलब्ध गराई वित्तीय समस्याको समाधान गर्दै आएका छन् भने अन्य विकास तथा प्रवद्र्धनात्मक कार्यहरुगरी आर्थिक विकासको प्रक्रियालाई बढी गतिशीलता प्रदान गरेका छन् । समष्टीगत रुपमा हेर्दा विकास बैङ्कले आर्थिक विकासमा पुयाउने योगदान पु¥याउन सकिन्छ ः १.वित्तीय सहायता ःउद्योगव्यवसायको सञ्चालनका लागि वित्तीय साधन आवश्यक छ । कम विकसित देशका उद्यमी तथा व्यवसायीहरुसँग वित्तीय साधन सामान्यतः कम हुन्छ । विकास बैंकहरुले ऋण, सेयर, लगानी आदिको माध्यमबाट वित्तीय साधनको व्यवस्था मिलाई आर्थिक सघाउ पुयाइरहेका हुन्छन् ।

२.पूँजी निमार्णमा सहयोगः विकास बैङ्कहरुले सामान्यतः दीर्घकालीन अवधिका लागि ऋण प्रवाह गर्दछन् । उद्योग व्यवसायको विकासतथा विस्तारका लागि मेसिन उपकरण भवन, जमिन जस्ता दीर्घकालिन र पुँजीगत साधनको आवश्यकता पर्दछ । लामो समयका लागि प्राप्त रकम यी कार्यमा खर्च गर्न सकिने हुनाले पुँजी निमार्णमा सहयोग पुगदछ । पुँजीनिमार्ण तथा सम्रह आर्थिक विकासतथा उत्पादन वृद्धिका लागि आवश्यक हुन्छ ।

३.उद्यमशीलताको विकासः विकास बैङ्कको अर्को महत्वपूर्ण पक्ष उद्यमीलाई तालिम तथा परामर्श सेवा उपलब्ध गराउँछन । अध्ययन अनुसन्धानको माध्यमबाट लगानीका सम्भावनाहरुको पहिचान गराई व्यक्तिहरु आर्थिक र क्रियाकलापमा सक्रिय बनाउन सक्दछन् । मानिसलाई स्वरोजगार तर्फ उन्मुख गराउन तथा विश्वस्त पार्न सक्दछन । अर्थतन्त्रको विकास तथा गतिशिलताका लागि यी सबै आवश्यक तथा अनिवार्य छन् ।

४.पुँजीबजारको विकासः विकास बैङ्कले पुँजी बजारको विकासमा सहयोग पुयाउँदछन् । दीर्घकालीन लगानी प्रवाह गरेर सेयरको खरिदबिक्रिमा सहगाभी भएर तथा संयुक्त लगानीको माध्यमबाट मध्यकालिन तथा दीर्घकालीन वित्तको व्यस्था मिलाई पँजी बजारको विकासमा सहयोग पुयाउँछ ।

५.रोजगारीमा वृद्धिः विकास बैङ्कहरुले मूलत ः उत्पादनशील कार्यमा मात्र लगानी गर्दछन् । लगानी गर्नुपूर्व त्यसको बजार, रोजगारीको सम्भाव्यता लगायत थुपै्र पक्षको व्यापक विश्लेषण हुन्छ । लगानी स्वीकृति गर्दा ऋणको दुरुपयोग हुन सक्ने सम्भावनातर्फ विशेष सचेत बन्ने प्रयास हुन्छ । यसले ऋणको उपयोग प्रयोजनअनुसार हुन सक्दछ । वास्तविक आर्थिक क्रियाकलापमा विस्तार हुनाको साथसाथै अर्थतन्त्रमा रोजगारका अवसरहरु पनि प्रशस्त मात्रामा सिर्जना हुन्छ ।

६.क्षेत्रगत विकासः अर्थतन्त्रको समष्टिगत विकासका लागि क्षेत्रगत विकास पनि अपरिहार्य छ । कृषि,उद्योग,व्यापार आदिको विकास नै अर्थतन्त्रको विकासका आधारहरु भएकाले हरेक राष्ट्रले यसमा जोड दिएका हुन्छन् । विकास बैंकहरु क्षेत्रगत विकासतर्फ बढी लक्षित हुन्छन् । यिनीहरुको आफ्नो क्षेत्रको विकासका सम्भावना,समस्या आदिको सही विश्लेषण गर्न सक्दछन । कसरी, कति,मात्रामा लगानीगर्न सकेमा अधिकतम उपलब्धि हासिल गर्न सकिन्छ भन्नेतर्फ यिनीहरुको पर्याप्त सोच तथा तयारी बन्न सक्दछ । यस अर्थमा क्षेत्रगत विकासका लागि यिनीहरुको भुमिका बढी महत्वपुर्ण हुन सक्दछ ।

७.आर्थिक नीति निमार्णमा सहयोगः देशको समष्टिगत विकासका लागि प्रभावकारी आर्थिक नीतिको आवश्यकता पर्दछ । प्रभावकारी आर्थिक नीति तय गर्नका लागि अर्थतन्त्रका विभिन्न क्षेत्रको सही विश्लेषण गनुपर्दछ । विकास बैैकहरु क्षेत्रगत विशिष्टता हासिल गरेका हुन्छन् । उनीहरुको काम गराई अध्ययन,अनुसन्धान आदिबाट त्यस क्षेत्रमा दखलता रहन्छ । सरकारलाई त्ययसका समस्या, अपनाउनु पर्ने नीति आदिबारे उचित सल्लाह प्रदान गर्न सक्दछन् । यस बाट सहीतथा प्रभावकारी नीतिको निमार्ण तथा कार्यान्वयन हुन सक्दछन। यस अर्थमा विकास बैङ्कहरुले सरकारी आर्थिक नीतिको निमार्णमा सहयोग पुयाई आर्थिक विकासमा योगदान गर्दछन ।

३.ग्रामिण विकास बैैंकहरु ९च्गचब िम्भखभयिऊभलत द्यबलप० ः ग्रामिण क्षेत्रको जनताको आर्थिक स्थिति सुधार गर्न समसमायिक प्रयासहरु गर्नुका साथै वास्तविक विपन्न जनताले वित्तीय संस्थाको सेवासुविधा उपभोग गर्न पाऊन् भन्ने उद्देश्यले ग्रामिण विकास बैंकहरुको स्थापना भएको हो । बंगलादेशको चित्तगाउँ स्थित एक विश्वविद्यालयमा प्राध्यापकको रुपमा रहेका पो. डा. मुहम्द युनुसले सन् १९७६ मा जोब्रा गाउँमा २७ अमेरिकी डलर बाँडी विपन्न महिलाहरुलाई लघुकर्जा सेवा सुरुवात गरि उक्त अभियान सन् १९८३ मा ग्रामिण बैंकको रुपमा रुपान्तरण भयो । नेपालमा वि.सं. २०३१ सालमा राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंक लि.सघन बैंकिङ कार्यक्रम ग्रामिण विकास बैक अनुसरण र वि.सं. २०३२ सालमा कृषि विकास बैंकबाट साना किसान विकासका आयोजनाहरु सुरुवात भएको पाइन्छ । यस कार्यक्रम वि.सं.२०४९ को नेपाल राष्ट्र बैंङ्कले ग्रामिण क्षेत्रको आर्थिक अवस्था सुधार्न निकै प्रयास गरेको छ । यस क्षेत्रमा आवश्यक उपलब्धि हासिल गर्न नसकिएको भए तापनि आधारशिला तयार गरिरहेको छ । ग्रामिण क्षेत्रका जनताको कर्जा सुविधा उपयोग गर्न सकून भन्ने उदेश्य ले विभिन्न नीतिगत व्यवस्था गरेको छ । ग्रामिण पद्धति अनुसरण गर्ने केहि विकास बैंकहरु ः पूर्वाञ्चल ग्रामिण विकास बैंक,सुदुर पश्भिमाञ्चल ग्रामिण विवकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंक, मध्यमाञ्चल ग्रामिण विकास बैंक आदि रहेका छन् ।

सरकारले कर,ऋण, खर्च आदि कार्य गर्दा अर्थतन्त्रमा विभिन्न किसिमको प्रभाव पर्दछ । तसर्थ अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गरी वित्तीय नीति बनाउनु आवश्यक छ । केन्द्रीय बैंकले अर्थतन्त्रका पक्षको नियमित अध्ययन तथा अनुसन्धान गरी कुन प्रकारको आर्थिक नीति अवलम्बन गर्नु आश्यक छ भन्ने कुराको बारेमा सल्लाह प्रदान गर्दछ । खास गरि आन्तरिक तथा बाहिय ऋण उठाउने प्रक्रिया, ऋणको प्रभाव आदिको बारेमा सरकारलाई समयअनुकूल सुझाव प्रदान गरी नीति निमार्णमा सहयोग गर्दछ ।

केन्द्रीय बैंङ्कले अर्थतन्त्रका विभिन्न पक्षको बारेमा अध्ययन, अनुसन्धान आफैंले गरेर तथा अरुलाई गराएर प्रकाशनको व्यवस्था मिलाएको हुन्छ । यस्ता प्रकाशनमार्फत आर्थिक चेतना बढाउने अभिप्राय यसको रहन्छ । आर्थिक सवालका बारेमा सर्वसाधारण मा जानकारी पुरयाई व्यवसायको छनौट, आर्थिक सुरक्षा आदिको बारेमा निर्णय लिन मदतगर्दछ । यस्तै तरिकाले वित्तीय बजारको विकास, सार्वजनिक ऋण व्यवस्थापन,ऋण प्रवाहको अवस्थामा सुधार,राष्ट्रिय मुद्राको प्रचलनमा व्यापकता आदिको माध्यबाटअर्थतन्त्रलाई सुदृढ बनाउने चेष्टा गर्दछ ।

निश्कर्ष ः अर्थतन्त्रमा मुद्राको माग र आपूर्तिमा सन्तुलन कायम हुनु आवश्यक छ । विश्वमा मुद्रा विकास हुनु पूर्र्व आर्थिक कारोबार साटासाट चलन भएको प्राचिनसमय देखि वर्तमानमा बैंकहरुको बचत मुद्राकोे महत्व अझ बढेको देखिन्छ । साक्षरताको अवस्था न्यून रहेको र ग्रामिण बाहुलियत रहेका अर्थतन्त्रमा साहुमहाजनबाट ठगिने र शोषीत हुने सम्भावना बढी भएकाले पनि गाम्रिण क्षेत्रमा आर्थिक विकासको लागि बैंकहरुको पहुँचमा वृद्धि गर्नुृ आवश्यक छ । अर्थतन्त्रमा उत्पादनको मात्रामा वृद्धि हुनुपर्दछ । यस परिस्थितीमा ग्रामीण क्षेत्रमा वाणिज्यबैंकहरुले शाखा स्थापना गरि अशिक्षीत किसानलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउनु आवश्यक छ । नेपालको अर्थतन्त्रको सन्दर्भमा साधन र स्रोतको परिचालन तथा आकार्थिक विकास अझ महत्वपूर्ण छ । देशमा विद्यमान बेरोजगारी, गरीबीको आकार घटाउने देखि लिएर अनेक प्रयोजनको लागि साधन र स्रोतको परिचालन आवश्यक छ । त्यसकालागि कृषि, पर्यटन, व्यापार, विद्युती उत्पादन लगायत विभिन्न उत्पादनशील क्षेत्रहरुमा लगानी बढाउनु अपरिहार्य छ । विना धितो कर्जा उपलब्ध गराई दक्षजनशक्ति, शिक्षित बेरोजगार जस्ता बेरोजगारलाई स्वदेशमा विभिन्न प्रकारका उद्योग सञ्चालनमा , कषि , पर्यटन तथा अन्य पेसामा पनि सहभागीता अनिवार्य छ । यसका साथै पुँजीबजारको विकासमा दीर्घकालिन लगानी प्रवाह गरि सेयर खरिदविक्रीमार्फत संयुक्त लगानीमा दीर्घकालीन वित्त निमार्ण आवश्यक छ । अध्ययन अनुसन्धानको माध्यमबाट लगानीका सम्भावना पहिचान गरि व्यक्तिलाई आर्थिक क्रियाकलापमा सक्रिय बनाई उद्यमशिल तथा रोजगारी उन्मुख बनाउनु पर्दछ । दीर्घकालिन ऋण प्रवाह गरि व्यवसाय विस्तार मेसिन उपकरण भवन पुजी निमार्ण हुन्छ । अर्थतन्त्रको विकास तथा गतिशिलताका लागि यी सबै आवश्यक तथा अनिवार्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्