रिपोर्टरको डायरी : पहाडको टुप्पोमा भुइँचालोले हल्लाउँदा

रिपोर्टरको डायरी : पहाडको टुप्पोमा भुइँचालोले हल्लाउँदा

विक्रम निरौला

करिब ४ हजार मिटरको उचाइ । आकाशबाट हिउँका डल्ला एकोहोरो वर्षिरहेका थिए । घुँडासम्म आउने हिउँले पुरिएको बाटो पहिल्याउन पनि मुस्किल भैरहेको थियो । नाकै ठोकिने जस्तो उकालोमा चिसो र अक्सिजनको कमीले ज्यान त्यसै त्यसै आलस्य भैरहेको थियो । लगातारको वर्षा र हिउ“बाट बच्न प्लाष्टिकले बेरेको शरीर अनि माक्स र चस्मा लगाएका कारण दाया“ बाया“ केही हेर्ने र देखिने अवस्था थिएन । लेक लाग्ला भन्ने डर धेरै लागिरहेको थियो । त्यसैले साथीभाइ र अनुभवीहरूको सुझाव अनुसार अदुवा, भटमास अनि मिश्री गोजीबाट निकालेर कुटुकुटु पार्दै उकालो काट्ने प्रयास ग¥यौं । कतिपयले त हिउँबाट जोगिन अनुहारमा सातु दले । हामीले चाहि तातो पानीमा घोलेर सातु खायौं । मन्दिर पुगेर फर्किनेहरूलाई मन्दिर पुग्न कति टाढा छ भनेर सोधेर हैरान नै पारियो । पूजा गरेर फर्किने र जानेहरूको लर्कोले साँगुरो बाटोमा पदयात्रीहरूसँग ठेलमठेल गर्दै म र साथी रोशन बुढाथोकी गत शनिबार ताप्लेजुंगको विकट ठाउँमा रहेको पाथिभरादेवीको मन्दिर जादै थियौं । छातेढुंगाबाट झण्डै ४ घण्टाको उकालो पैदल यात्राबाट लखतरान भएका बेला मन्दिर आउन लागेको जानकारी फर्किनेहरूले दिंदै थिए । लामो उकालो चढेर पहाडको टुप्पो नजिक पुगेर खुईंयँ सुस्केरा हाल्न नपाउँदै एक प्रकारको आतंक आइलाग्यो । रिंगटा चलेजस्तो एक्कासी शरीर फनन घुमेजस्तो भयो । म उभिएको माथिबाट हिउँका डल्ला पहिरोजस्तै आफूतिर खस्न थाल्यो । नजिकै समाएर आफूलाइ सम्हाल्ने केही उपाय थिएन । ए भुइँचालो आयो भुइँचालो भन्दै माथिबाट दुईजना युवायुवती अत्तालिदै म नजिकै झरे । पहाडै खस्लाजस्तो कम्पन आयो । समाएर आफूलाई भीरबाट लड्नबाट जोगिन गुराँसको बोट समात्न खोजें तर सकिन । सबै रूख आफै उडौला जस्तो गरि हल्लिरहेका थिए । हल्लिरहेको भित्तो समात्न खोजें , त्यहाँ पनि हिउँमात्र थियो । बाँचिएला जस्तो लागेन तर जसोतसो आफूलाई सम्हाले । पछाडि फर्किंदा थुप्रै मानिसहरू पाथिभरा माताको नाम लिंदै डरले चिच्याइरहेका थिए । साथी रोशन पनि कराउँदै नजिकै यात्रु विश्रामस्थल पुगेर सम्हालिदै थिए । मन्दिर जाने र फर्कने सयौं तीर्थयात्रु आतंकित भए । तर हामी सबैको भाग्य भन्नुपर्छ कोही कसैलाइ केही भएन । भूकम्प गएको बेला हामी पुगेको त्यो ठाउँबाट एउटा ढुंगा लडेको भए त्यसभन्दा तलतिर हिंडिरहेका सयौं तीर्थयात्रीको ज्यान जानसक्ने जोखिम थियो । पहिरो गएको भए त झन् हामी सबै पुरिने संभावना थियो । पहाडै हल्लिने गरि गएको भुइँचालोको आतंक कम भएपछि हामी मन्दिरतिर लाग्यौं । मन्दिर परिसर हिउले पुरिएको थियो । यात्रुहरू बस्न बनाइएका टिनका टहरा हिउँले पुरिएर बस्न नसक्ने अवस्थामा देखिन्थे । बाक्लो हिउँको वर्षाको परवाह नगरी हामीले पालै पालो पूजा गयौं । एकछिन अगाडि बाटोमा हामीलाई आतंकित पारेको त्यो भूकम्पले पहाडको टुप्पोमा रहेको मन्दिरको पछिल्लो भाग केही क्षति पु¥याएको पुजारीले सुनाउँदै थिए । हिउँको चिसोले हात निकै कठांग्रिए । पूजा सकेर बत्ती बालेर होम गरेको कोठामा गएर हात सेकायौं । चिसोले निकै गाह्रो पारेपनि हिउँमा बसेर फोटो खिच्यौं । पहिलो पटक हिउँमा खेल्न पाएका साथी रोशन निकै उत्साहित हुँदै हिउँमा खेल्न मन गर्दै थिए । चिसो हिउँ अनि लेक लाग्ने डरले धेरै बस्न हुँदैन भनेर हामी मन्दिरबाट फर्कियांै । जसोतसो उकालो चढेका हामीलाई फर्कन निकै गाह्रो भयो । ओरालो झर्दा हिउ“मा चिप्लिएर हिड्न निकै गाह्रो हुँदो रहेछ । तर लठ्ठी टेकेपछि अलिक सजिलो भयो । ओरालो झरेर माथिल्लो फेदी पुगेपछि होटलमा सुनियो भुकम्पले काठमाडांैमा थुप्रै मान्छे मरे अरे । धरहरा पनि ढल्यो रे । माथिल्लो फेदीमा जसोतसो मोबाइलको नेटवर्क लाग्दो रहेछ । तत्काल काठमाडांैस्थित बीबीसी नेपाली सेवाका सहकर्मी सञ्जय ढकाललाई फोन गरें । उनले धरहरा ढलेको र थुप्रै मान्छे मरेको कुरा सुनाए । त्यसपछि मैले विराटनगरतिर फोन लगाए । कतै सम्पर्क हुन सकेन । घरको हालखबर कतै पाइएन । बल्ल–बल्ल सहकर्मी बन्धु पोखरेलसग फोनमा कुरा भयो । उनले भूकम्पको खबर सुनाए । घरमा फोन सम्पर्क नभएकाले उनलाइ मेरो घरसम्म पुगेर बुभ्न भने । अनि मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभु ढकाललाई सोधें । उनले मोरङमा १५ जना घाइते मात्र भएको जानकारी दिएपछि अलि ढुक्क भएँ – घर परिवार सबैलाइ ठिकै रहेछ भनेर । तर वरगाछीस्थित साजनको चिया पसलमा सधैजसो भेट हुने दाइ कृष्ण पौडेलको भूकम्पमा परि काठमाडांैमा निधन भएको खबरले निकै पीडा भयो । केही दिन पहिले प्रविन खडकासँगै मोटरसाइकलमा काठमाडौं जाँदा बाटोमा सूर्यमुखी फूल अगाडि खिचेर फेसबुकमा पोष्ट गरेको कृष्णदाइको फोटो झलझली सम्झिएँ अनि चिया पसलका गफ पनि । त्यसपछि हामी फेरि ओरालो झयौं । बाटोमा भेटिएको एउटा टोली निकै हतास देखे । काठमाडांैबाट पाथिभरा दर्शन गर्न आएको ३९ जनाको टोली माथिल्लो फेदी पुगेलगत्तै भूकम्पको विनास सुनेपछि मन्दिर नपुगी फर्किएका रहेछन् । फोन पनि लाग्दैनन् के भयो होला भनेर उनीहरू निकै चिन्तित देखिन्थे । सिमसिमे झरीमा रूझ्दै हामी छातेढुंगा आइपुग्यौं । सुकेटार फर्कन सयौं तीर्थयात्री गाडीको पर्खाइमा थिए । हिउँ र पानीले कच्ची बाटोमा गाडी चल्ने संभावना कम देखेपछि हामी दुईजना चाही मोटरबाटो पछ्याउदै सुकेटारतर्फ पैदल लाग्यौं । हिलाम्मै भएको चिप्लो बाटोको साढे ३ घण्टा हिंडेर राति ८ बजे हामी सुकेटार आइपुग्यौं । त्यहा“ हाम्रो मोटरसाइकल थियो । मोटरसाइकल चढेर हामी फुङलिङ झयौं । भुकम्पको त्रास हुँदाहुँदै पहाडको भिरालो ठाउँमा बनाइएको चार तले गेष्ट हाउसमा बास बस्यौ । झण्डै १३ घण्टाको हिडाइले जिउ निकै थाकेको थियो । त्यसैले होला रातभर निन्द्रा परेन । अर्कोतिर विनासकारी भूकम्पको त्रासले पनि डेरा जमाएको थियो । बैशाख १३ गते आइतबार विहान ८ बजे फुङलिङबाट हिड्यौं । बाटोमा खाजा खाएर फिदिम आइपुग्दा करिब साढे १२ बजेको थियो । पाँचथरका डीएसपी दीपक पोखे्रलस“ग भेट गर्न हामी जिल्ला प्रहरी कार्यालयमा पुग्यौ । उनी कार्यालय बाहिर रहेछन् । आउँदैछु भनेपछि हामी टेलिभिजनमा समाचार हेर्दै थियौं । टीभीको लाइन गयो । काठे घर भएकाले निकै हल्लायो । ए फेरि भूकम्प आयो भन्दै हामी बाहिर निस्कियौं । प्रहरी कार्यालयको गेट नजिकैको घण्टाघर जोडले हल्लियो । वरिपरि ठुलो हल्लखल्ल गर्दै सडक र चौरमा मानिसहरू भेला भए । प्रहरी कार्यालयमा रहेको सानो पोखरीका माछा माथि–माथि उफ्रिएका थिए । सायद उनीहरू पनि भूकम्पबाट तर्सिएका होलान् । एकछिनमा भूकम्पको झट्का सेलायो । त्यहाँबाट हामी निस्कियौं । भूकम्पको डरले सकुशल घर पुगिएला कि नपुगिएला भनेर रफ्तारमा हामी फिदिमबाट उकालो चढयांै । घर परिवारबाट बारम्बार फोनको घण्टी बजिरहन्थ्यो कहाँ के कस्तो छ भनेर । अघिल्लो दुई दिनको थकाइले विराटनगर आइपुग्ने हिम्मत भएन । जसोतसो इलामको फिक्कल आइपुग्यौं राति ८ बजेतिर । फिक्कलको एउटा होटलमा बास बस्यौं । त्यहाँ सबै फेरि भूकम्प आउने हल्लाले त्रसित थिए । घरभित्र सुत्न डराइरहेका थिए । कोही बाहिरै थिए । रातको सवा १० बजे फेरि हल्लायो । फेरि आयो, फेरि आयो भन्दै होटलका मानिस कराए । हामी पनि हतार–हतार सटर खोलेर बाहिर सडकमा निस्कियौं । एकछिनमा भित्र गयौ र सुत्यौं । धेरै थाकेकाले जे भएपनि अब चाहि“ नउठ्ने भन्दै हामी सुत्यौ । राति पुनः दुई पटक भूकम्पको धक्का आएछ । हामीले थाहै पाएनौं । विहान उठेपछि पो होटलावालाले भनेपछि झसङ्ग भयौं । धन्न केही भएन । चिया आएर ओरालो लाग्यौं । दिउसो करिब १ बजे विराटनगर आइपुग्यौं । साझ नपर्दै फेरि भूकम्पले हल्लायो । केही छिमेकीले खुला चौरमा सुत्ने योजना सुनाए । केही साथीले कतै सुरक्षित ठाउँमा रातभर तास खेलेर बस्ने प्रस्ताव राखे । तर मैले अब केही हुन्न घरमै बस्न साथीहरूलाई सुझाव दिए । किनकि घर बाहिर बस्दा चोरीको डर हुन्छ । अर्कोतर्फ तराईमा सर्प र लामखुटेको टोकाइको भय पनि त्यतिकै हुन्छ । अनि यदि कसैलाइ केही भइहालेमा उद्धार गर्न र उपचार गर्न पनि सहज हुन्छ भन्ने मेरो तर्क पनि हो । गएको शनिबारदेखि पटक–पटक गएको विनासकारी भूकम्पले मंगलबारसम्म झण्डै ५ हजार मानिसले ज्यान गुमाइसकेको खबर । जुन तथ्यांक अझै धेरै बढ्ने अनुमान छ । किनकि भत्किएका संरचनामा पुरिएकाहरूको खोजतलासको क्रम अझै सकिएको छैन । कतिपय दुर्गम जिल्लाका प्रभावित ठाउँमा खोज तथा उद्धार टोली नपुगेको स्थानीयको भनाइ छ । घाइतेहरूको संख्या पनि हजारौ छ । मानवीय क्षतिसँगै भौतिक क्षतिको त झनै कुनै हिसाव किताव नै छैन । मुलुक नै तहसनहस हुने गरि आएको ६ दशमलव ९ रेक्टर स्केल मापन गरिएको सो भूकम्प आउँदाको क्षण सम्झदा आङ सिरिङ्ग हन्छ अहिले पनि । पाथिभरादेवीको मन्दिर नजिकको त्यो भीर अनि त्यसबेलाको त्रास । हामी सबैलाइ तीनै पाथिभरा देवीले नै बचाएका हुन् जस्तो लाग्छ । पाथिभरादेवीकी जय । साभार : उदघोष दैनिक, २०७२ बैशाख १६ गते बुधबार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्