“भुकम्प सबै तिर आएको हो । सरकार सबै तिर ध्यान देउ” – अास्मा काफ्ले

“भुकम्प सबै तिर आएको हो । सरकार सबै तिर ध्यान देउ” – अास्मा काफ्ले

सनिवार आएको भुकम्पले नेपाललाई गहिरो चोट दिएको छ । मानिसको  टाउको लुकाउने झुपडि, विश्व सुचीमा परेका संरचनाहरू र जन-धन सबैमा क्षति भयो।एक किसिमले हेर्ने हो भने हाम्रो देश तहसनहस भयो ।प्रकृतीले बालक,बृद्,असक्त केहि हेर्दैन रहेछ । र कतिवेला प्रकोप पर्ने हो थाहा नहुने रहेछ । प्रकृतिले कतिको सिन्दुर पुछ्यो,कतिको कोख रित्यायो  त कतिलाई टुहुरा बनायो ।

 अहिले देश रोईरहेको छ । नेपाल अामा पिडामा छटपटाई रहेकिछिन र तिनका सन्तानहरु पनि । सारा नेपालीहरू शोकमा छन् । घर भत्केका छन् ।मानिसहरु सडकमा झरेका छन बास बस्न ।कोहि भोकमा छट्पटाई रहेका छन त कोहि बिछोडको पिडामा ।यस्तो संकटको बेलामा हामिलाई विश्व  भरबाट सहयोग अायो ।देश-विदेश सबै ठाउबाट राहतका सामानहरु अाउन थाले । आँउदै छन् । संकटको बेला हामिलाई सबैले सहयोग गरिरहेका छन् ।

राहतको लागि देश-विदेश सबै ठाउबाट पैसा अाउने क्रम जारि नै छ  ।देश-विदेश बाट खाघ्नय सामान त्यत्तिकै अाईरहेका छन् तर विडम्बना त्यो सामानहरु सबै ठाउमा पुग्न पाएको छैनन् । र कति कुहिन नि थालिसके ।

वितरण भएका धेरै सामान राहतका सामान काठमान्डौमा मात्र सिमित भएका  छन् । वाहिर गएका सामान पर्याप्त छैनन् । मानिसहरू दिनभर हेलिकोप्टर उडेको हेरेर वस्न विवश छन्  । के भुकम्प काठमान्डौमा मात्र अाएको हो ??यदि विदाको दिन बाहेक भुकम्प अाएको भए?? अहिलेको तुलना भन्दा २ गुणा बडिको मृत्यु हुन्थ्यो के त्यसको अनदाजा लगाएको छ सरकारले ?? अरु तिरका विल्डिङ नि खतरामा छ ।त्यसको जाँच गर्नु पर्दैन सरकार?? सरकारले किन अाफ्नो जिम्मेवारि वोध गरि रहेको छैन??
हाम्रा देशमा विकट ठाउँहरु पनि छन्, त्यहाँ पनि भुकम्प अाएको हो,त्यहा पनि जनसंङखा त्यति नै छन्, त्यहाँका मानिसहरु पनि भोकाउछन् के उनिहरुलाई उद्दार गर्नु हाम्रो कर्तव्य हैन??
सिन्धुपालचोकमा मानिसहरुले अहिले सम्म खान पाएका छैन्न् । धादिङमा मानिसहरु पानि पिउन पाएका छैन्न  र गोरखामा मानिसहरु पाल नभएर सुत्न पाएका छैन्न । के सम्मान मात्रमा राहत सबै ठाउँमा पुगाउनु पर्ने हैन सरकारले? ? मानिसहरु मानसिक आघातमा छन् । लिडरको उपस्थिति हुन नसक्दा अझ डराएका छन् । के भरोषा दिनु पर्ने बेला अहिले होइन सरकार ?अहिले पनि भरोषा दिन नसके कहिले दिने??

 भुकम्प गएको अाज एघारौ दिन हो । सरकारले हेलिकप्टर उपल्बध गराए पनि कयौ ठाउँमा अहिले सम्म केहि उद्दार भएको छैन । धेरै मानिस भुकम्पले मरे तर अब भोकमरि र झाडापखालाले मर्नेछन् ।त्यसको तयारी सुन्य छ ।  तर अब पनि फोहोर व्यबसथापनमा हामि सक्रिय भएनौ भने झाडापखालाबाट मर्नेको पकै पनि संख्या बढने छ ।
हैटीको संदर्भमा हेर्ने हो भने भुकम्प गाएको नौ महिना पछि सम्म मानिसहरुको मर्ने क्रम २ गुण बडि थियो माहामारिबाट ।भुकम्प भन्दा बडि खतरनाक साबित भएको थियो माहामारि र फेरि तेहि ईतिहास दोहोरिन सक्ने संभावना देखिएको छ नेपालमा र त्यो ईतिहास दोहोिरन नदिन अब हामि सक्रिय भएर लागनु पर्छ किन भने अब पनि नलागे यो भन्दा दुरदर्सा देख्नु पर्छ येहि अाँखाले ।यस्तो झाडापखालाबाट बच्न हात धुने ,माक्स लगाउने जस्ता साना-साना बानिले पनि यस्तो माहामारि रोक्न मद्त पुर्याउ छ ।
यो भुकम्पले हामिलाई धेरै पाठहरु सिकाएको छ र अब यस्तो प्राकृतिक बिपत्ति अाउदा हामि सचेत हुन सक्छौ ।प्राकृतिक बिपत्तिलाई रोक्न नसके पनि त्यसबाट बच्चनका लागि उपाएहरु अपनाउन सक्छौ ।यस्तो बिपत्ति अगाडि नै सुचना दिएर नअाउने भएकाले हामि अगाडि नै सचेत भएर बस्नु पर्छ ।
देशमा नहुनु पर्ने घटना भयो र यस्तो बेलामा हिम्मत हारेर हैन एकजुट भई लागनु  पर्छ ।यस प्राकृतिक बपत्तिबाट निमतिएको सम्स्याहरुलाई हामि सबै मिलेर समाधान गर्नुपर्छ ।टुटेका घर,संरचना सबै एकजुट भई डटेर निर्माण गर्नु पर्छ । र त्यस पछि नयाँ नेपालको निर्माण हुनेछ ।

अास्मा काफ्ले
विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्