हामीलाई भुकम्पबाट जोगिन सिकाईएको तरिका नै गलत

हामीलाई भुकम्पबाट जोगिन सिकाईएको तरिका नै गलत

-सरोज कार्की

सम्झन्छु: वैशाख १२ गतेको पहिलो भुकम्प जादाँ मैले करिब २० भाई बहिनिलाई युथ फर ब्लडको कार्यालयको टेबल मुनि लुकाएको थिएँ । दोश्रो दिनको पराकम्पनमा पनि २ जना भाईहरु मैले अह्राएरै टेबलको सहारामा लुकेका थिए ।

nawal silwal "उद्गारको क्रममा टेवल मुनि, खाटमुनि घुडा टेकेर कुप्रीएर टाउको माथि हात राखेर किचीएको अबस्थामा मृतकहरू भेटिए ।" नेपाल प्रहरीका उच्च पदस्थ अधिकारी नवल सिलवालले आफ्नो ट्विटरमा लेख्नुभयो । उहाँको ट्विट पढे पछि जिउ सिरिङ्ग काँप्यो । मैले भनेको मानेर वा भुकम्प आए टेबुल मुनि लुक्नु पर्छ भन्ने सिकेकाले टेबलको सहारामा बसेका भाईबहिनिहरुको अनुहार सम्झें । हामी बसेको विराटनगर र पुर्वान्चल क्षेत्र महाभुकम्पको प्रभाव कम परेको क्षेत्र हो । धन्न यता केहि भएन । खासै बलियो संरचना नभएको भवनमा बसेका हामी हाम्रो क्षेत्रमा भुकम्पको प्रभावमात्र केहि धेरै परेको भएपनि आँफुलाई सुरक्षित ठान्दा ठान्दै निक्कै ठुलो जोखिममा हुने रहेछौं ।

हामी के सिकाँउदैछौं ?

earthquake safety 2 भुकम्प जाँदा भित्तामा भएका घडि, बल्ब, फोटोफ्रेम जस्ता सामान खस्न सक्छन् भनेर जापान, अमेरिका जस्तो भौतिक संरचना बलियो भएको देशमा टेबल कुर्सीमा अडेस लाग्नु भनेर सिकाउछन् । हामीलाई भुकम्पबाट जोगिन सिकाउने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले उताको सिकाई सामाग्री यहाँको भौतिक र भुगर्भिय संरचना तथा अवस्था ध्यान नदिकन जस्ताको त्यस्तै सारेर यहि कुरा सिकाउने गरेका छन् । भुकम्पले गर्दा घरै खस्ने जोखिममा छ भने टेबुल वा कुर्सी भित्र लुक्ने विधि कतिको उचित हुन्छ ? यो विधिहरु अपनाउनका लागि पहिले हाम्रा बासस्थान सुरक्षित हुन आवश्यक छैन र ?

भुकम्प प्रविधि राष्ट्रिय समाज (NSET) , रेडक्रस लगायतका संस्थाको यस्तो गलत सिकाई पद्धतिका कारण कयौंको ज्यान गएको स्पष्ट देखिन्छ ? फेरी पनि आउन सक्ने सम्भावना बोकेको विपदहरुमा हजारौंको ज्यान जान सक्छ ।

सराकारी तथ्याङ्कले बताउछ मृत्यु भएका ४ जना मध्ये १ जना बालबालिका छन् र ति मध्ये अधिकाँश यसरी जोगिनेहरु नि छन् । यसको जिम्मेवार को हुने ?

त्यसो भए जोगिने कसरी ?

earthquake safety 1म यसबारे कुनै विज्ञ होईन । भुगर्भ वा ईन्जिनियरिङ पढेको पनि छैन तर सामान्य बुझाईले पनि के भन्न सक्छु भने भुकम्प आँफैले ज्यान लिने होईन । मानव निर्मित संरचनाहरुमा भएको कमजोरीहरु मृत्युका कारण कारण हुन् । हरेक दिन विश्वभर सयौं भुकम्प जानेगर्छन् तर कमजोर भौतिक संरचना भएको क्षेत्रमा मात्र हो बढी समस्या देखिने । त्यसैले भुकम्पबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको बलियो भौतिक संरचनाहरु नै हुन् । खुसीको कुरा चैं के भने नेपालमा भुकम्प जस्ता विपदमा कार्य गर्ने संस्थाहरुले अहिले यहि कुरालाई जोड दिएर प्रचार प्रसार सुरु गरेका छन् । 'भुकम्प अलग खाले प्राकृतिक विपद हो । यसका लागि चिनले प्राकृतिक विपदको ऐनमा पनि छुट्टै स्थान छुट्याएको छ ।' भुकम्पविद डा. दिपक चौलागाँईले कान्तिपूर टेलिभिजनमा अन्तरवार्ता दिदै भनेका थिए । उनले भने अनुसार पनि घर संरचना बलियो पार्नुको बिकल्प छैन ।

काठमाडौं उपत्यकामा प्रभावित भएको गोगंबु बसपार्क पछाडीको माछा पोखरी क्षेत्र खाल्डो पुरेर बसाईएको बस्ति थियो । त्यो क्षेत्रको वस्ति पुर्ण क्षति भएको वस्तिहरु मध्ये पर्छन् । यसरी खाल्डो पुरेर बनाईएको घर संरचना सुरक्षित मानिदैन तर देशभरीको अवस्था हेर्ने हो भने पोखरी र खाल्डो पुरेर प्लटिङ गरिएका कयौं रोपनी जग्गाहरुमा हजारौं घरहरु बने भने कति बन्ने तयारीमा छन् । हामी घर कि चिहान बनाउदैछौं ? यसरी घर बनाउँदा पनि सुरक्षित र मजबुत बनाउने तरिकाहरु हुन्छन् (त्यसका बारे यसका पुर्ण जानकारहरुलाई लेख्न अनुरोध गर्दछु)

तर सामान्य तर गम्भिर कुरा चैं के हो भने हाम्रो घर संरचना बनेको माटोको परिक्षण गरि त्यसको भुगर्भिक अवस्था पनि जाँच्न आवश्यक छ ।

हाम्रा घर संरचना सुरक्षित भए भने त भुकम्प आउँदा टेबल मुनि लुके पनि भयो नि होईन र ?

लेखक Rapid Response Team मा आवद्ध छन् 

उनलाई ट्विटरमा भेट्न सकिन्छ : @SuReSaRoZ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्