हामीलाई भुकम्पबाट जोगिन सिकाईएको तरिका नै गलत

<span class='c1'>हामीलाई भुकम्पबाट जोगिन सिकाईएको</span> <span class='c2'>तरिका नै गलत</span>

-सरोज कार्की

सम्झन्छु: वैशाख १२ गतेको पहिलो भुकम्प जादाँ मैले करिब २० भाई बहिनिलाई युथ फर ब्लडको कार्यालयको टेबल मुनि लुकाएको थिएँ । दोश्रो दिनको पराकम्पनमा पनि २ जना भाईहरु मैले अह्राएरै टेबलको सहारामा लुकेका थिए ।

nawal silwal "उद्गारको क्रममा टेवल मुनि, खाटमुनि घुडा टेकेर कुप्रीएर टाउको माथि हात राखेर किचीएको अबस्थामा मृतकहरू भेटिए ।" नेपाल प्रहरीका उच्च पदस्थ अधिकारी नवल सिलवालले आफ्नो ट्विटरमा लेख्नुभयो । उहाँको ट्विट पढे पछि जिउ सिरिङ्ग काँप्यो । मैले भनेको मानेर वा भुकम्प आए टेबुल मुनि लुक्नु पर्छ भन्ने सिकेकाले टेबलको सहारामा बसेका भाईबहिनिहरुको अनुहार सम्झें । हामी बसेको विराटनगर र पुर्वान्चल क्षेत्र महाभुकम्पको प्रभाव कम परेको क्षेत्र हो । धन्न यता केहि भएन । खासै बलियो संरचना नभएको भवनमा बसेका हामी हाम्रो क्षेत्रमा भुकम्पको प्रभावमात्र केहि धेरै परेको भएपनि आँफुलाई सुरक्षित ठान्दा ठान्दै निक्कै ठुलो जोखिममा हुने रहेछौं ।

हामी के सिकाँउदैछौं ?

earthquake safety 2 भुकम्प जाँदा भित्तामा भएका घडि, बल्ब, फोटोफ्रेम जस्ता सामान खस्न सक्छन् भनेर जापान, अमेरिका जस्तो भौतिक संरचना बलियो भएको देशमा टेबल कुर्सीमा अडेस लाग्नु भनेर सिकाउछन् । हामीलाई भुकम्पबाट जोगिन सिकाउने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले उताको सिकाई सामाग्री यहाँको भौतिक र भुगर्भिय संरचना तथा अवस्था ध्यान नदिकन जस्ताको त्यस्तै सारेर यहि कुरा सिकाउने गरेका छन् । भुकम्पले गर्दा घरै खस्ने जोखिममा छ भने टेबुल वा कुर्सी भित्र लुक्ने विधि कतिको उचित हुन्छ ? यो विधिहरु अपनाउनका लागि पहिले हाम्रा बासस्थान सुरक्षित हुन आवश्यक छैन र ?

भुकम्प प्रविधि राष्ट्रिय समाज (NSET) , रेडक्रस लगायतका संस्थाको यस्तो गलत सिकाई पद्धतिका कारण कयौंको ज्यान गएको स्पष्ट देखिन्छ ? फेरी पनि आउन सक्ने सम्भावना बोकेको विपदहरुमा हजारौंको ज्यान जान सक्छ ।

सराकारी तथ्याङ्कले बताउछ मृत्यु भएका ४ जना मध्ये १ जना बालबालिका छन् र ति मध्ये अधिकाँश यसरी जोगिनेहरु नि छन् । यसको जिम्मेवार को हुने ?

त्यसो भए जोगिने कसरी ?

earthquake safety 1म यसबारे कुनै विज्ञ होईन । भुगर्भ वा ईन्जिनियरिङ पढेको पनि छैन तर सामान्य बुझाईले पनि के भन्न सक्छु भने भुकम्प आँफैले ज्यान लिने होईन । मानव निर्मित संरचनाहरुमा भएको कमजोरीहरु मृत्युका कारण कारण हुन् । हरेक दिन विश्वभर सयौं भुकम्प जानेगर्छन् तर कमजोर भौतिक संरचना भएको क्षेत्रमा मात्र हो बढी समस्या देखिने । त्यसैले भुकम्पबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको बलियो भौतिक संरचनाहरु नै हुन् । खुसीको कुरा चैं के भने नेपालमा भुकम्प जस्ता विपदमा कार्य गर्ने संस्थाहरुले अहिले यहि कुरालाई जोड दिएर प्रचार प्रसार सुरु गरेका छन् । 'भुकम्प अलग खाले प्राकृतिक विपद हो । यसका लागि चिनले प्राकृतिक विपदको ऐनमा पनि छुट्टै स्थान छुट्याएको छ ।' भुकम्पविद डा. दिपक चौलागाँईले कान्तिपूर टेलिभिजनमा अन्तरवार्ता दिदै भनेका थिए । उनले भने अनुसार पनि घर संरचना बलियो पार्नुको बिकल्प छैन ।

काठमाडौं उपत्यकामा प्रभावित भएको गोगंबु बसपार्क पछाडीको माछा पोखरी क्षेत्र खाल्डो पुरेर बसाईएको बस्ति थियो । त्यो क्षेत्रको वस्ति पुर्ण क्षति भएको वस्तिहरु मध्ये पर्छन् । यसरी खाल्डो पुरेर बनाईएको घर संरचना सुरक्षित मानिदैन तर देशभरीको अवस्था हेर्ने हो भने पोखरी र खाल्डो पुरेर प्लटिङ गरिएका कयौं रोपनी जग्गाहरुमा हजारौं घरहरु बने भने कति बन्ने तयारीमा छन् । हामी घर कि चिहान बनाउदैछौं ? यसरी घर बनाउँदा पनि सुरक्षित र मजबुत बनाउने तरिकाहरु हुन्छन् (त्यसका बारे यसका पुर्ण जानकारहरुलाई लेख्न अनुरोध गर्दछु) ।

तर सामान्य तर गम्भिर कुरा चैं के हो भने हाम्रो घर संरचना बनेको माटोको परिक्षण गरि त्यसको भुगर्भिक अवस्था पनि जाँच्न आवश्यक छ ।

हाम्रा घर संरचना सुरक्षित भए भने त भुकम्प आउँदा टेबल मुनि लुके पनि भयो नि होईन र ?

लेखक Rapid Response Team मा आवद्ध छन् 

उनलाई ट्विटरमा भेट्न सकिन्छ : @SuReSaRoZ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्