मोरङ्ग जिल्लामा रहेका एक सय भन्दा बढि कार्यालयहरु सबैलाई उत्तरदायी बनाउने उद्देश्यले कार्यालयको ढोका अगाडी नै उजुरी तथा सुझाव पेटिका राखिएका हुन्छन् । यसरी कार्यालयको सोभा बढाई रहेका ती बाकसको काम के हो भन्ने बारेमा त्यो काठको बाकस बाहेक अरु सबै अन्जान छन् । वास्तवमा ती बकसमा कसैको कार्यालय सम्बन्धि कामको विषयमा कुनै गुनासो, सुझाव वा उजुरी भएका सुटुक्क सूचना दिन सकिने सजिलो माध्यम हो उजुरी तथा सुझाव पेटिका । यसरी राखिएका ती बाकसले कार्यालयको सोभा बढाउने र कार्यालयमा उजुरीको व्यवस्थापन गर्न हामीले पनि राखेका छौ भन्ने बाहेक त्यस्तो ठूलो काम गरेका पाइएको छैन् । नियम अनुसार कार्यालयमा राखिएका उजुरी तथा सुझव पेटिका नियमित चेक जाँच गर्नु पर्ने हुन्छ । विराटनगरमा रहेका कार्यालयका उजुरी पेटीकाबारेमा कार्यालयका प्रमुखलाई थाहा नभएको अवस्था छ । केहि कार्यालयका प्रमुख सँग उजुरी पेटिकाको बारेमा प्रश्न राख्दा कार्यालय सहायकलाई हाम्रोमा त्यो छ की छैन जाउ त हेर भन्ने गरेका छन् ।
छात्तिमा हात राखेर साँचो कुरा भनुन् कार्यायलय प्रमुखहरुले त्यो उजुरी पेटिकालाई नियमित खोल्ने र हेर्ने काम अहिले सम्म भएको छैन् । यसको प्रमाण के हो भने त्यहा भएका माकुराको जालो, भित्ति, कमिला, बारुलाको गोला, कमल कोटी र गुट्खा, तुलसी पानपराखका खोलहरु हुन् । यदी ती बाकसहरु सात दिनमा, पन्ध्र दिनमा वा एक महिना भए पनि नियमित खोलिने र हेरिने हो भने ती बाकसका चाबिहरु पक्कै त्यस्तरी खियाले रङ्ग नचिनिने हुने थिएनन् होला । मोरङ्ग जिल्लाको कुरा गर्ने हो भने सयौको संख्यामा भिड लाग्ने जिल्ला प्रशासन कार्यालय उ आफै कार्यान्वयनकारी पनि हो तर त्याहाँ उजुरी तथा सुझव पेटिका राखिएको छैन् । विद्युत् प्राधिकरण बिल वितरण शाखामा च्यातिएका बिजुलीको बिल र गुट्काको खोलहरु छन् । कोशि अञ्चल अस्पतालको पनि हालत उही छ, माकुराले पुरै कब्जा गरि साम्राज्य गरेको त्यस बाकसमा सिसा पनि फुटि सकेको छ । जिल्ला शिक्षा कार्यालय मोरङ्गमा रहेको उजुरी पेटिका झट् हेर्दा लाग्छ याहा चै धैरे नै उजुरी आउछन् होला । तर यो एक वर्षमा कुनै उजुरी नपरेको जानकारी दिने त्यस कार्यालयको त्यो बाकसको साचो हेर्ने हो भने धेरै वर्ष देखि चाबिसँग मिलन भएको छैन् । जिल्ला शिक्षा कार्यालयको त्यस उजुरी तथा सुझाव पेटिकामा होचो कद भएका मानिसको पहुँच बहिर छ, अन्दारी ४÷५ फिट अग्लो मा रहेको त्यो उजुरी पेटिकामा कुनै विद्यालयका विद्यार्थिले उजुरी तथा सुझाव दिन चाहेमा त्यो सम्भव छैन् । अब कुरा गरौ जिल्ला विकास समिति मोरङ्गमा भने अरु कार्यालय भन्न फरक छन् । किन भने जिविस मोरङ्गले ६५ वटा गाविस र १ उपमहानगरपालिका धान्नु पर्ने, नागरिक र सरोकारवालाहरुको चाप बढि हुने भएकाले होला त्यस कार्यालयमा दुई वटा बाकस हेर्न पाइन्छ । मेरो विचारमा त्यो एउटा चै उजुरी पेटिका र अर्काे चै सुझाव पेटिका बनाएको होला । झट् हेर्दा बिना साचो पनि लक हुने सिस्टम भएको त्यो उजुरी तथा सुझव पेटिका कसरी खुल्छ सर्वसाधरणले अनुमान गर्न सकिन्दैन् । त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयमा पनि हात्तिको देखाउने दाँत भन्दा फरक नपर्ला । निकै हाईट भएका मानिसले मात्र त्यो बाकसमा आफ्नो पहुँच पु¥याउन सक्दछन् ।
विराटनगर उपमहानगरपालिकाको हालत पनि उहि छ, खिया लागेको साचो झुडिएको बाकसमा कसैको वास्ता छैन् । केहि महिना पहिले हामीले उपमहानगरपालिकाको उजुरी पेटिकामा उजुरी हालिएको छ तर त्यो उजुरी हेरियो कि त्यहि बाकसको गर्भमा कुहि रहेको छ त्यहि उजुरी पत्रलाई थाहा होला । उजुरी पेटिकाको छेउमै रहेको सूचना बोर्डमा राखिएको सूचनाहरु यदी रायो वा तोरीको साग भएको भए मिटो गुन्दु्रक बन्ने थियो होला । यी त केहि प्रतिनिधि मुलक कार्यालयहरु मात्र हुन् । प्रायः प्रायः देश भरिका सबै कार्यालयहरुको हालत यस्तै प्रकारको छ । यसरी कार्यालयमा भएका उजुरी तथा सुझाव पेटिकाहरु माकुरी घर भन्दा फरक नपर्ला ।
यसको सकारात्मक पाटो के हो भने नागरिकहरु सार्वजनिक निकायको सेवाबाट सन्तुष्टि छन् भन्ने अर्थ लाग्छ किन भने कुनै गुनासो वा सुझाव भएको भए नागरिकको उजुरी आउने थियो नि त । अबका नागरिकहरु सचेत छन् कुनै सुझाव या उजुरी भएमा कार्यालय प्रमुखसँग भेटि डाइरेक कुरा राख्न सक्ने भएकाले पनि उजुरी पटिकाको कम महत्व भएको हुन सक्छ । हाल कार्यालयले पनि कार्यालयमा गुनासो सुन्ने नोडल अधिकृत, सूचना उपलब्ध गराउने सूचना अधिकारी र प्रवक्ताको छुट्टा छुट्टै नियुक्ति कार्यजिम्मेवारी दिएका कारणले पनि उजुरी पेटिकामा उजुरी दिने भन्दा सिधै गुनासो सुनाउनाले भएर उजुरी पेटिकाको प्रयोग घटेको होला ।
सबै नागरिकमा मेरो अनुरोध उजुरी तथा सुझाव पेटीका भनेको तपाई हाम्रै लागि फलानो अफिसमा चिलानोले यति घुस माग्यो उति घुस खायो, काम भएन, यस्तो गरे उस्तो गरे भनेर चिया पसलमा कुरा काट्नु र समिक्षा गर्नुको सट्टा आजै देखि ती उजुरी पेटिकामा उजुरी हाल्ने काम गरे कसो होला । शुभम् ।