जनता के चाहन्छन् ? – राजु श्रेष्ठ

जनता के चाहन्छन् ? – राजु श्रेष्ठ

धेरै नेपाली जनतालाईको सत्तामा पुग्छ ? को राष्ट्रपती हुन्छ ? को प्रधानमन्त्री हुन्छ ? भन्नेमा खास मतलब छैन् । जनतालाई सधै मतलब हुने भनेको जीवनयापन सहज र सलर होस् भन्ने चाहान हुन्छ । आफ्नो जेथ्थाले भ्याए सम्मको खर्च गर्दा खाना पकाउन ग्याँस पाउनु प¥र्यो । पैसा तिरेर नुनतेल र लुगाफाटा किन्न पाउनु प¥र्यो । स्वतन्त्रपुर्वक हिड्डुल गर्न यातायातको साधानमा सवार गर्न होस् वा आफ्ना साधानहरु चलाउन पाउनु प¥र्याे । सावारी साधानमा पैसा तिरेर ईन्धन हाल्न पाउनु प¥र्याे । आवश्यक परेको समयमा बिजुली हुनु प¥र्याे । कलेज विद्यालयको सुविधा र शान्तिपूर्वक शिक्षा लिन पाउनु प¥र्याे । सधै धारामा पानी आनु प¥र्याे । टेलिफोन, इमेल इन्टरनेट र संचार सहज हुनु प¥र्याे । बाटो घाटो, पुल, को निर्माण हुनु प¥र्याे । सरकारी कार्यालयमा आवश्यक कामले जादाँ त्याहाँ हुने कामहरु सहज रुपमा हुनु प¥र्याे । बैंकहरुमा आफूले राखेको पैसा निकाल्न जादाँ सहज तबरले लिन पाउनु प¥र्यो । सरकारी राजश्व बुझाउन जादाँ नागरिकको सम्मान हुनु प¥र्याे । दैनिक उपभोग्य बस्तुहरु छिमेकी राष्ट्रमा पाउने दाम र यहाँ पाउने दाम बराबर हुनु प¥र्याे । हस्पिटलहरुमा स्वास्थ्य उपचार गर्न वा परार्मश लिन जादाँ सहज र सरल हुनु प¥र्याे । प्रहरी प्रशासनमा सेवा लिन जादाँ सहज र सरल रुपमा पाउने वातावरण हुनु प¥र्याे । न्यायिक निकायहरुमा न्याय लिन जादाँ अतिरिक्त पैसा नखुवाई छिटो छरितो सेवा पाउनु प¥र्याे । अति आवश्यक बस्तु तथा सेवाहरु सहज र सरल रुपमा पाए अनि नागरिकहरुले स्वतन्त्रपूर्वक बाँच्न पाउने स्थीति भएमा नागरिकलाई कुन नेता के पदमा जाने भन्नेमा खास मतलब हुदैन् ।

सक्छौं भने बन्द गर ! :

ए बन्द गर्ने हो, तिमीहरुलाई मेरो च्यालेन्ज छ साचै बन्द गर्न सक्छौ भने बन्द गरेर देखाओ । जुन बन्द जनताको पक्षमा होस् । जुन बन्दमा जनताले साथ दिने छन् । बन्दबाट आजित भएका नागरिकहरु कसरी बन्दको समर्थन गर्रालन भन्ने बन्दकर्ताहरुलाई भयो होला । मैले यो लेख मार्फत सबैलाई नेपाल बन्दमा साथ दिन भन्न खोजेको हैन बन्द गर्नेहरुलाई तल उल्लेखित कुराहरु बन्द ग¥यौं भने जनताले साथ दिन्छन भन्ने खोजेको हो । यदी बन्द गर्नेहरुले तलका माग राखि अनिश्चितकालिन बन्द र आन्दोलनको घोषणा गरैं भने पनि जनता चुलोमा भात पकाए, साईकिल मै यात्रा गरेर भए पनि खुशि खुशि तिम्रो आन्दोलनमा साथ दिने छन् ।
लोडसेडिङ गर्न बन्द गर ।
विद्युत चुहावट बन्द गर ।
बढ्दो भ्रष्टचार बन्द गर ।
ढिला सुस्ती, अपारदर्शी काम बन्द गर ।
घुसखोरी कार्य बन्द गर ।
नाताबाद कृपावाद बन्द गर ।
राज्यले दिने सेवा सुबिधामा बाढि चुढी गरीने काम बन्द गर ।
बढ्दो महङ्गी बन्द गर ।
बढ्दो गरिबीको दर बन्द गर ।
विकासमा बढ्दो राजनीति र दादागिरी बन्द गर ।
छुवाछुत, भेदभाव, महिलाहिंसा बन्द गर ।
गैरकानुनी व्यापार बन्द गर ।
लागुऔषध दुरुव्यासन बन्द गर ।
बाल हिंसा, यौन जन्य हिंसा बन्द गर ।
कालो बजारी बन्द गर ।
खाद्य बस्तुमा हुने अखाद्य बस्तुको मिसावट बन्द गर ।
शिक्षामा हुने व्यापारीकरण बन्द गर ।
हत्या, हिंसा, अपराध र मनवअधिकार उल्लंघान बन्द गर ।
बढ्दो बेरोजगारी समस्या समस्या बन्द गर ।
सुकुम्बासी समास्या बन्द गर ।
वन जंगलको तस्करी बन्द गर ।
यी कुरा बन्द गर्न सक्छौ ? तागत छ र सक्छौ भने बन्द गर । गरिबका लागि भन्दै गरेको बन्दले दिन रात काम गरी दुई छाक खानेहरुको मुख बन्द नगर । तिम्रो बन्दले दिनभर रिक्सा चलाउने र बेलुकी साहुलाई भाडा दिएर बाँकी पैसाले छोराछोरीको औषधी लग्नेहरुको अवस्था तिमीहरुलाई थाहा छ ? यदी यो तिमीहरुको माग राज्य सँग हो भने किन गरिखानेहरुलाई सास्ती दिई रहेका छौ ? किन निमुखा जनताहरुलाई सास्ती दिई रहेका छौं ? यादी यो राजनीतिक मुद्दा हो भने किन राजनीतिक वार्तालापबाट समाधान गर्न सक्तैनौं ?

आन्दोलन कस्तो हुर्ने :
कतिपय अवस्थामा मानिसहरुको चाहाना आन्दोलन कस्तो हुने, भन्दा पनि आन्दोलन नहोस् भन्नेहरुको जमात बढि होला । तर म आन्दोन हुनु पर्छ अनि मात्र परिवर्तन आउछ भन्नेमा विश्वास गर्ने मान्छेहरुको जमातमा पर्दछु । तर आन्दोलन केका लागि वा कस्तो मुद्दामा र आन्दोलन कसरी गर्ने भन्नेमा चै आन्दोलन गर्ने हरु बढो सचेत हुन जरुरी छ । जाती, धर्म र अस्तीत्वको आन्दोलन भई रहेको हाम्रो समाजमा अब आवश्यकताको आन्दोलन गर्न जरुरी छ । जो कोहीले गरेको आन्दोलनले सबैलाई सकारात्मक प्रभाव पार्नु प¥र्याे अनि मात्र त्यसमा सबैको समर्थन रहन्छ । जस्तो कि आन्दोदन अहिंन्सात्मक हुनु प¥र्यो । किनकी आहिंसामत्क आन्दोनले मात्र समाजमा दिर्धकालिन विकास हुन सक्छ । अहिंसात्मक आन्दोलनका प्रणेता तथा सफल प्रयोगकर्ताको रुपमा माहत्मा गान्धीलाई विश्वभरि चिनिन्छ । अरुलाई पीडा नपु¥याउनु, बरु आफै पीडा सहन तयार हुनु भन्ने भान्यतामा अडिग गान्धीले अहिंसालाई सत्यमा पुग्ने माध्यम भनेर व्याख्या गरेका छन् । दमन, शोषण, अत्याचार विरुद्ध लड्ने सशक्त हतियार नै अहिंसात्क आन्दोलन हो । हाम्रा देशका आन्दोलनको बागडोर समातिरहेका नेताहरुले किन यस्ता कुराहरुको अनुसरण गर्न नसकेका होलान् ।
केहि अहिंसात्मक अन्दोलनहरु :
१. महात्मा गान्धीले भारतमा तत्कालीन अंग्रेज शासनका विरुद्ध गरेको आन्दोलन (नुन सत्याग्रह, चर्खा अन्दोलन
आदी)
२. मार्टि लुथर किङ् (जुनियर) ले अमेरिकामा संचालन गरेको जातीय विभेद तथा रङ्गभेद विरुद्धको अभियान (बस
बहिस्कार आन्दोलन)
३. फिलिपिन्समा सानमिगेल बियरले फिलिपिनी नागरिकहरुलाई पारेको असर विरुद्ध भएको अहिंसात्म आन्दोलन
४. नेपालमा चमार समुदायले गरेको सिनो बहिस्कार आन्दोलन
५. नेपालका चिया मजुरहरुले बाटोमा चिया फालेर गरेको अहिंसात्मक आन्दोलन
६. नेपालमा दुःध उत्पादक किसानहरुले बाटोमा दुःध पोखाएर गरेको आन्दोलन
लगायतको धेरै आन्दोलनहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ ।
एउटा जुत्ता कारखानामा जुत्ता उत्पादन गर्ने मजदुरहरुले आफ्नो पारिश्रमिक वृद्धिको विषयमा आन्दोलन गरे जुन आन्दोलन अहिंसात्मक थियो । उनीहरुले आफ्नो काम गरि रहे तर माग पुरा नहुनु जेल सम्म उनीहरुले दाँया खुट्टाको जुत्ता मात्र उत्पादन गरेर आन्दोलन गरेका थिए । जस्ले गर्दा उनीहरुको काम पनि रोकिएन बजारमा माल पनि गएन । त्यसरी पनि आन्दोलान गर्न सकिन्छ । समुदायका आवश्यताका मुद्दाहरुमा आन्दोलन गरी सार्वजनिक यातायतलाई बन्द गर्ने होइन बसमा कोही पनि नागरिक नचडी, घर भित्रै बसेर, बैकमा भएको पैसा सबै झिकिदिएर, बजारका सामानहरु कसैले पनि खरिद नगरेर अहिंसात्मक आन्दोलन गर्न सकिन्छ तर आन्दोलन सबैले मान्ने मुद्दामा हुनु प¥र्यो ।
अन्त्यमा जनतालाई विकास, उन्नती र सहजता चाहिएको छ, राजनीतिक स्वार्थका कारण जनतालाई गरि खान नदिने आन्दोलन र बन्द होईन । त्यसैले सक्छौ भने आवश्यताको मुद्दाहरुको माग राखि आन्दोलन गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्