६० वर्षे ज्यान बिराटनगरमा मादल बनाउदै , भन्छन्ः बन्दले यो वर्ष व्यापार चौपट

६० वर्षे ज्यान बिराटनगरमा मादल बनाउदै , भन्छन्ः बन्दले यो वर्ष व्यापार चौपट

सरोज कार्की/बिबेक दाहाल
शनि मन्दिर चौक हाइवेको पश्चिम, मस्जिद जाने बाटोको छेउमा एउटा निक्कै पुरानो मादल बनाउने स्थान छ । सपन मादल हार्मोनियम रिपेयरिङ सेन्टर नामको त्यस स्थानमा प्राय एक जना ६० वर्षे वृद्धले मादल, ढोलकहरु बनाइ रहेको देखिन्छन् । उनी हुन मन्टु दास । विगत करिब ४० वर्ष देखि विराटनगरमा मादल, ढोलक र हार्मोनियम बनाउदै आइरहेका उनले यस क्षेत्रमा एउटा इतिहास बोकेका छन् ।
यस पेशामा उनको सुरुवात सम्झदै मन्टु दास सुनाउछन् “१४ वर्षको उमेरमा कलकत्ता गएर यो काम सिक्न थालेको थिए । २—४ वर्ष काम सिके पछि यहि आएर यो काम गर्न थालेको हुँ ।” madal321
बिग्रेको बाद्य सामाग्री बनाएर बज्न योग्य बनाउने पेशामा भए पनि आफुलाइ भने मादल अनि ढोलक बजाउन नआउने उनी बताउछन् । “तर मैले बनाएर मिलाएको मादलको स्वरलाइ कसैले नमिलेको भन्न सक्दैन ।” उनी गर्व साथ थप्छन् “बजाउन नआए पनि बनाउन आउछ ।”
विगत १८ वर्ष देखि उनी शनि मन्दिर अगाडीको पेट्रोल पम्पको छेउमा काठा लिएर यी बाद्य सामाग्री बनाउदै आएका छन् । ३ वर्ष अघि अहिलेको नयाँ स्थानमा उनि सरेका छन् । त्यस अघि यहि स्थानको छेउमा अर्को सटरमा १५ वर्ष बसे । “त्यो भन्दा अघि नजिकैको फुटपाथमा बसेर मादल बनाउथें” आफ्ना पुराना दिन सम्झदै मन्टुले भने ।
उनी मात्र होइन उनको जेठा छोराले पनि बाबुबाट सिक्दै विराटनगरकै मुनाल पथमा यस्तै पसल खोलेका छन् । “मेरो जेठो छोरो र म मात्र हौं विराटनगरमा मादल बनाउने” उनले दाबी गरे “यहि कामबाट आफ्नो विवाहबारी गरि छोरा छोरी हुर्काए । छोरीको बिहे गरें ।”
वर्षको अन्य समय भन्दा तिहारको बेलामा बढि व्यापार हुने उनी बताउछन् । तर यो वर्ष भने लामो समय देखिको बन्दिले व्यापार चौपट पारेको उनी सुनाउछन् । गत वर्षको भन्दा यो वर्ष निक्कै कम मादलहरु बनाउनका लागि आएको उनी बताउछन् । “पहिले विराटनगरबाट मात्र नभइ सलकपुर, बेलबारी , सप्तरीसम्मबाट मादल बनाउन आउने गर्थे ।” उनको गुनासो छ “ग्राहक पोहोर जस्तै आउने सोचर छाला र अन्य सामान अलि बढि किनेको थिए । गाडि नचलेर मानिस बनाउन आउन नपाउने भएछन् । अब सबै सामानमा लागेको पैसा खेर जाने भो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्