अब त म मजाले जान्ने भइकसकेकाे छु। हि वाेइन्ट अाउट हैन हि गाे अलरेडि भन्दा बुझ्छाै भनेर । म अब यहाँकाे बाेलिचालीमा राम्ररी भिजिसकेकाे छु । हुन त मलाइ अब टुटे फुटेकाे अरबी पनि नअाउने कहाँ हाे र?
जीवन साेचेजस्ताे कहाँ हुन्छ र । बाँच्नका लागी कैलेकाँही नसाेचेकाे कदम चाल्नु पर्दाे रहेछ। एकातिर घरकाे अार्थिक अवस्था अर्काे तिर भाेलीकाे अन्याेल भविश्यकाे बाध्यता म जस्ता धेरै नेपालीकाे साझा समस्या नै हाे। छदाँ छदैकाे पढाइ पनि स्वास्थ्य समस्याले बिचैमा राेकिएपछि अर्काे समस्या अाइलाग्याे । धेरैलाइ २०७२ काे भुइचालाेले हल्लायाे तर मलाइ २०७० मै हल्लायाे र नराम्ररी बिचलित बनायाे ।
हुन त म ८/९ हजारकाे जागिर गर्थेँ । बाबा अर्काकाे अाल्मुनिया पसलमा काम गर्नु हुन्थ्याे । ५ /६ हजार बाबाकाे अाउँथ्याे । घर खर्च लगभग पुगेकाे पनि थियाे । तर बढ्दाे उमेर, ४ जना दाजुभाइ अनि सम्पतिकाे नाउँमा बाबाकाे अंशकाे १५ धुर माटाे । दाइकाे बिहे भएर अलग्गै बस्न थालेपछि घरप्रति थपिएकाे जिम्मेवारी पनि अाफ्नै थियाे । बाबा अामाकाे स्वास्थ्यमा अाइरहने समस्या र भाइकाे पढाइ खर्च जुटाउन पनि थियाे । मनमा कुनै उत्साह थिएन न काेही रहर नै थिए तर कतार कर्मथलाे हुन पुग्याे नचाहँदै ।
काठमाण्डाैबाट प्लेन चढुन्जेल पनि कुनै फिल भएन कि म बिदेशकाे यात्रामा निस्कदैछु । किनकी मैले नेपालका धेरै ठाउँ (काँकडभित्ता, बिराटनगर, नेपालगंञ्ज र भारतकाे अासाम) मा बिताएकाे थिएँ । बिदेश अाएकाे २ दिन सम्म साथी र अंकलकाे डेरा तिरै डेरा जमाइयाे । हुन त म अाएकाे कम्पनिकाे काम गर्ने दाइले नै मलाइ तेता लैजानु भएकाे थियाे । रमाइलाे नै भयाे । घर अामाबाबा सँगैका साथी काेहिकाे नि न्यास्राे लागेन ।
२०५६ साल तिर हुँदाे हाे । फूपूकाे बिहे काठमाण्डाै बाटै गर्ने कुरा भाे । दार्जेलिङ्ग काे केटा काठमाण्डाै मा पढ्दै गर्दा चिनाजानी पछिकाे मागि बिबाह । संखुवाशभा बाट स परिवार जान सम्भव पनि भएन । दुइ काका काठमाण्डाै मा नै बस्ने हुँदा हजुरबा र हजुरअामा पहिलाेपल्ट काटमाण्डाै गएकाे थाेरै याद छ त्याे बेला ।
ह्वाट इज याेेर ने ? करेसाबारी बाट अाएकाे अावाजले झस्किएँ । स्कुलबाट झाेला बाेकेर अाकाे म हजुरअामा देखेपछि दाैडिदै गएँ । प्यारले हजुअामाले राखिदिनु भएकाे सबु मेराे नाम अझै प्रिय नै छ । बारीमा नै कुद्दै अाएकाे नाती देखेर हाेला कुटाे छाड्दै उठ्नु भएकी हजुरअामाले नजिकै पुगेपछि अार यु अाेके भनेसी मन खङ्ग्रङ्ग भयाे । ४ कक्षामा पुगेर देखेकाे अंग्रेजी बुक त, था थियाे तर गाताकाे कक्षागल गित र ग्रेड फाेर भन्न त बल्ल सिकेकाे मैले के बुझ्नु । अामैले त २४ दिनमै पाे अंग्रेजी सिकेर थर्काइन बाइ । मुखमा ट्वाँ परेर हेरेकाेले हाेला सायद म प्रति दया उर्लेर अायाे क्यारे ! सँधै बजारबाट अाँउदा त मेराे लागि चबलेट नलि नअाउने हजुरअामाले हाँस्दै अाैरेजी बुझिनस् ? भनेसी बल्ल बुइमा लिनुभयाे । गलेर अाइसहाेला, भाेकाइस हाेला भन्दै काम छाडेर मिठाइ दिन हिन्नुभाे ।
हबिबी इँन्ती मालुम अरबी । नेपाली दाइले मलाइ एक अरबीकाे जिम्मा लगाएपछि कारकाे पछाडिकाे सिटमा बसेँ । के के गनगन गरिरह्याे मैले बुझ्ने याैटा शब्द नि याद छैन । जता हेरे नी उस्तै बिना छतका घर, फराकिला बाटा त थिए तर म यस्ताे लाटिएकाे थिएँ त्याे मान्छेकाे कार मा एेले सम्झदा नी हाँसाे लाग्छ । कारबाट निस्किएर जा भनेर याैटा गेट अघि छाडेर गयाे । बिराटनगरमा त बसेकाे तर यति साेझाे र गाँउले ब्यवहार गरेकाे थिएँ सम्झना मात्र बाँकी छ । बल्ल तल्ल ढाेका त खाेलियाे सबै नेपाली नै हुँदा नी कसेले केही साेधेनन । हुन त नेपाली नै रैछनन तर एसीकाे हावा र मंगाेलियन फेसले हाेला अगाडि बस्ने दाइ पनि काेरियन जस्तै लाग्याे । सबै अा-अाफ्ना काममा व्यस्त भएर बाेल्ने मान्छे नी काेही भएनन । अगाडि वेटिङ्गमा लगभग 2-3 घण्टाकाे बसाइले र भाेकले पुरै अाेठ सुकिसकेकाे थियाे । भाेलीपल्ट बाट काम गर्नु अाज बाट कम्मनी जाेइन गरेकाे पेपर बनेकाे छ भनेपछि केही उर्जा थपियाे । खाजा खान जाने भनेर सब अा अाफ्नाे काम छाडेर उठेछि एक अान्नद महसुस भयाे ।
दाेस्राे बर्ष बित्न लाग्याे । अफिसका कुर्सी फेरीए । धेरै स्टाफ अाए गए । तर मलाइ सुरूमा ल्याउने र सुरूमा अफिसमा काम गर्दा भेटेका ति इजिप्सियन मुदिर (मालिक) हरू अाज सम्म (लगभग 10/12 बर्ष काम गरेर बसेका इजिप्टका मानिस) पनि ति नै छन तर बाेलीमा (नाम )….. राे (हि अाेइन्ट अाउट ?) नभनी …. (नाम) गाे नै भनेर भन्छन ।
(याे केवल मेराे कम्पनीमा भेटेकाे कुरा लेखेकाे हुँ । सबै त्यस्तै नहुन नी सक्छन । तर धेरै सप्लायर्स र अन्य कम्पनी मा सम्पर्क कायम राख्न राखिएका मानिस पनि यस्तै भेटेसी २४ दिनमा मेराे हजुरअामा ले सिके जति नी नजान्दा लेख्न मन लागेकाे कुरालाइ उतार्न खाेजेकाे मात्र हुँ ।)