दुई टुक्रा भएको हात झापामा जोडियो

<span class='c1'>दुई टुक्रा भएको</span> <span class='c2'>हात झापामा जोडियो</span>

झापा पुस ३०

गत सोमबार विहान १० बजे बुधबारे–१, झापाका हर्कबहादुर सुब्बा (५०) काठ मिलमा काम गर्दै थिए । सोही क्रममा आराले उनको हात काट्यो । देब्रे हातको कुहिनो मुनीबाट आराले उनको हात छिनेको थियो ।

काठ मिलमा काम गर्दै गर्दा हात दुई टुक्रा भएपछि उनी आफ्नो एउटा हात सधाको लागि गुमाउनु पर्नेमा चिन्तित थिए । घट्ना लगत्तै उनलाई ११ बजे विर्तामोडस्थित वि एण्ड सी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा पुर्याइयो ।
वि एण्ड सीमा अर्थोपेडिक सर्जन डाक्टर निराजन पराजुलीको टोली उनको उपचारमा खट्यो । टोलीमा अर्थोपेडिक सर्जन ओमप्रकाश चौधरी, आशिष शाह लगायत पनि थिए । उक्त टोलीको ६ घण्टा लामोे शल्यक्रिया पछि सुब्बा अहिले ढुक्क छन् । उनीले आफ्नो हात पुनः पूर्ववत रुपमा पाउने भएका छन् ।
‘घट््ना घटेको धेरै समय वित्न नपाउँदै विरामीलार्ई वि एण्ड सीमा उपचार गर्न शुरु गरिएको थियो ।’, बुधबार हस्पिटल परिषरमा आयोजित पत्रकार सम्मेलनमा डा. पराजुलीले भने, ‘यहाँ भएको अत्याधुनिक उपकरणको कारण उपचार सम्भव भएको हो ।’

बुधबारेको सन्तोष फर्निचरमा मजदुरी गर्दै आएका सुब्बाको हात जोडिएपछि आश्चर्य हुँदै उनले आफ्नो पत्नी लीलादेवीसँग भने, ‘मेरो हात जोडियो भन्दा अझै पत्याउनै गाह्रो भएको छ । मैले त एउटा हात गुमाउनु पर्छ भन्ने सोचेको थिएँ ।’

‘नेपालमा भएका माइक्रोस्कप मध्येका सबै भन्दा अत्याधुनिक मोडलको माइक्रोस्कपको सहायताले उपचार गरिएको हो ।’ उपचारमा संलग्न डा. पराजुलीले सुनाए, ‘वि एण्ड सीले यसलाई केही समय अघि ४ लाख बढि मूल्यमा खरिद गरेर ल्याएको थियो । यस प्रकृतिको उपकरणको यो मोडल अहिले नेपालमै वि एण्ड सीमा मात्र छ ।’

उनले थपे, ‘सुब्बाले पहिलेको जस्तै पूर्ण रुपमा त आफ्नो हात पाउँदैनन् । तर, उनको हात जोडिएको छ । पुनः गाँसिएको अङ्गले ६० प्रतिशतसम्म काम गर्छ ।’

उनले हात, खुट्टा छिनेको १२ घण्टा भित्रमा अङ्ग ‘प्रिजर्भ’ गरी ल्याउन सके जोड्न सकिने जानकारी दिए । जोडिएको हातमा पूर्ण रुपमा रगत सञ्चार भइरहेकाले शल्यक्रिया सफल भएको उनको दावी रहेको छ । ‘यस अघि हात दुई टुक्रा भएको अवस्थामा राजधानी वा नेपाल बाहिर उपचारका लागि लगिन्थ्यो ।’, वि एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, ‘तर, अब यसको उपचार विर्तामोडमै सम्भव हुने भएको छ ।’ यता, हस्पिटलका सञ्चार प्रवक्ता प्रमिश गिरी पनि अब यस्तो किसिमको उपचारका लागि विरामीलाई टाढासम्म उपचारको लागि लगिराख्नु पर्ने बाध्यता टरेको बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्