बिगत केहि वर्ष देखि बिराटनगर सहरमा बिकासको चर्चा र परिचर्चा व्यापक रुपले चलिरहेको अवस्था छ l बिराटनगरको बाटो विस्तारको अभियान सम्पन्न भइसकेको छैन, अहिले सम्पूर्ण बिराटनगर सहरलाइ कलर जोन बनाउने भनि अभियान थाल्ने तयारि भैरहेको छ l अर्थात बिराटनगरमा स्थित ४६ हजार घरहरुलाइ एउटा रंगले रंगाउने l कल्पना गर्नुस त् यदि संसारका सबै मानिसहरुको मुख, आकार, स्वरूप र विचार एउटा किसिमको भएको भए कस्तो देखिने थियो होला ? अवस्यपनि संसार यति आकर्सक अवस्य हुने थिएन l संसार सुन्दर यसकारणले छ किनकि यहाँ बिबिदता छ, प्रकृतिमा एउटा प्रकृतिको दुइटा रुख र ढुंगा भेट्न मुस्किल छ, यदि आवस्यक भएको भए प्रकृतिले त्यसै अनुरुप सिर्जना गर्ने थियो होला l फेरी सबै घरको रंग एउटी किसिमको किन हुनुपर्ने ? यसो हुदा कसको भलो हुनेछ ? अभियानकर्ताहरुको पर्दा पछाडीको मनसाय के हो मैले बुझ्न सकिन तर जब मैले यो योजना बारे सुने, चित्त नबुझेर आफ्ना केहि धारणा राख्ने विचार गरे l
मेरा योजनाकारहरुको कुरा सुन्दा कहिलेकाही युरोप र अमेरिकामा पो छु कि जस्तो लाग्छ, तर जब बाटोमा हिड्छु र खाल्दैखाल्डा देख्छु, नालीमा स्लाप देख्दिन, जता ततै धुलोधुवा र फोहोर देख्छु अनि नेपालमै छु भन्ने कुरामा विश्वास जाग्छ l
विकासको बारेमा सोच राख्नु राम्रो कुरा हो, तर यसको लागि हाम्रो धरातल र यथार्थलाइ भने बिर्सनु हुदैन l विकास नगर्ने भन्ने प्रस्न नै उठ्दैन, हामि निरन्तर रुपले बिकासको दिशा तर्फ अग्रसर हुनु नै पर्दछ, तर यसको अर्थ यो होइन कि गर्नुपर्ने आवस्यक कुराहरु छोडेर अनावस्यक कार्यहरुमा समय र स्रोत-साधन खर्च गर्दै हिडौ l के साची नै बिराटनगर उप-महानगरपालिकाले गर्नुपर्ने बिकासका आधारभूत सम्पूर्ण कार्य सम्पादन गरिसक्यो र यस्तो महत्वकाक्षि योजना अघि सार्दैछ ? हामीले महेन्द्र चोक जस्तो बजारको मुटुको नालिहरुमा स्लाप हाल्न सकेका छैनौ, भत्काएका बाटाहरुको निर्माण गर्न सकेको छैनौ, नागरिकहरुलाई धुलो चटाईरहेको छौ अनि फोहोर सुघ्न बाध्य बनाइरहेका छौ l बर्खायाममा बसपार्कमा धान रोपाई हुन्छ, जोगबनी बस स्ट्यान्डको अवस्था त्यस्तै दयनीय छ l नगरपालिका आफुले सार्वजनिक स्थलमा भएको महेन्द्र चोकको सालिकलाइ रंग रोगन गर्न नसकेर नेपाल बजारले रंग रोगन गरिदिनु परेको कुरा सर्वबिबित नै छ l यस्तो अवस्था हुदा हुदै ४६ हजार घरलाई एउटी रंगले रंगरोगन गर्ने कुरा कतै आधारहीन भएन र हजुर ?
यहाहरुलाई लाग्न सक्छ म यो सहरको विकास बिरोधि भइरहेको छु, हैन, म पनि तपाइँ जतिकै यो सहरको बिकास चाहने मानिस हु, नत्र कहिले विदेश पलायन भइसकेको हुन्थे होला l आफ्नो ठाउको मायाले गर्दा नै जहाँ गएपनि वापस आफ्नै ठाउमा फर्केर आउने गर्दछु l म हरेक त्यो नीति र योजनाको समर्थन गर्दछु जसले साचो अर्थमा नागरिकहरुको जिबनस्तरमा परिवर्तन ल्याउन सहयोग पुर्याउदछ l म सस्तो लोकप्रियताको लागि गरिएको र नागरिकहरुलाई अनावस्यक आर्थिक भार पार्ने कुनै पनि किसिमको योजनाहरुको समर्थन गर्न सक्दिन l म कुनैपनि विकासको योजनालाई केलाएर हेर्ने गर्दछु, त्यसका राम्रा पक्ष र त्यसले पार्ने असरको बारेमा विचार गर्छु l त्यसले दुइ चार जना व्यक्तिको स्वार्थलाइ मात्र भरण-पोसण गर्दछ कि आम-जनमानसहरुलाइ लाभान्वित गर्छ भन्ने कुरा तर्फ मेरो ध्यान केन्द्रित हुन्छ l योजना आयो भन्दै नबुझी हावाको तालमा खुसि हुदै तालि पिट्न वा अधिकांस नागरिकहरु जस्तै सरोकार नराखी पनि बस्न सक्दिन l
कुनैपनि नीति र योजना बनाउने व्यक्ति निस्वार्थ हुन्छन् भनेर सोच्नु गलत हुनेछ, उनीहरु पनि हामि जस्तै मानिस हुन्, कुनै भगवानका दुत होइनन, उनीहरुलाइ पनि उनीहरुको व्यक्तिगत स्वार्थ र आवस्यकताले नै गर्दा कुनैपनि काम गर्न प्रेरित गर्छ l जब उनीहरुले कुनै योजना मार्फत आफ्नो इच्छा, आकन्क्षा वा स्वार्थ पूर्ति हुने देक्छन्, तब उनीहरु परिचालित हुन्छन् l नत्र हाम्रा रास्ट्रसेवकहरु नागरिकहरुको चाहिदो कामको लागि समेत कलम सार्न कति गाह्रो मान्छन् भन्ने कुरा हामी बाट लुकेको छैन l
मिल्टन फ्रिडम्यानको भनाइ अनुसार चार तरिकाले पैसा खर्च गर्न सकिन्छ l पहिलो, आफ्नो पैसा आफ्नो लागि खर्च गर्ने l दोस्रो, आफ्नो पैसा अरुमाथि खर्च गर्ने l तेस्रो, अरुको पैसा आफूमाथि खर्च गर्ने, र चौथो अरुको पैसा अरुमाथि खर्च गर्ने l जब हामी आफ्नो पैसा आफु माथि खर्च गर्छौ, तब हामी कमै मात्र गल्ति गर्छौ , त्यसबेला हामि हाम्रो पैसाको पूर्ण सदुपयोग होस् भन्ने चाहन्छौ l जब हामी आफ्नो पैसा अरुको लागि केहि किन्नको लागि खर्च गर्छौ, तब हामीमा हाम्रो पैसाको सहि मूल्य पाउने प्रेरणा त हुन्छ नै , साथै हामी अरुले चाहेको जस्तै वा उसलाई आवस्यक परेको चीज किन्छौ नै भन्ने छैन l जब हामी अरु कसैको पैसा आफ्नो लागि खर्च गर्छौ , तब हामी राम्रो बस्तु चाहन्छौ चाहे अरुको जतिसुकै खर्च होस् त्यो संग हामीलाई सरोकार हुदैन l अन्त्यमा जब हामी अरु कसैको पैसा अरु कसैमाथि खर्च गर्दछौ, उक्त अवस्थामा कमाउने, खर्च गर्ने र लाभ पाउने व्यक्ति बीच कुनै सम्बन्ध हुदैन, जसकारण फजुल खर्च हुने र श्रोतको सबैभन्दा धेरै हिनामिना हुने सम्भावना हुन्छ l l सरकारले जे पनि गर्छ अरु संग लिएर मात्र खर्च गर्नसक्छ l कुनै पनि योजना संचालन गर्न, योजना बनाउने मानिसले आफ्नो गोजीबाट रकम खर्चदैनन् l उनिहरुसंग जनताबाट लिएर अरु माथि खर्च गर्ने बाहेक अन्य कुनै उपाय हुदैन, सरकारले खर्च गर्ने एउटा यहि मात्र उपाय हो l त्यसकारण हामि कुनै नया योजना आयो भनेर धेरै रमाउनु पर्ने आवस्यकता छैन l
यदि नगरपालिकाले नागरिकहरुको घर रंगाउने योजना ल्याउछ भने, या त नागरिकहरुले आफैले रंग लागाउनु पर्ने हुन्छ, जुन उनीहरुलाई थप आर्थिक भार पर्नेकुरा निश्चित छ l दोस्रो उपाय भनेको सबै नागरिकहरुको घर नगरपालिकाले रंगाई देला l त्यो अवस्थामा पनि नागरिकहरुले आफ्नो गोजी वा पर्स दह्रो समाएर राख्न तयार हुनु पर्छ किनकि अन्तत त्यो पैसा पनि तपाइँ हामिले नै करको रुपमा तिर्नु पर्ने हुन्छ l तेस्रो भनेको नगरपालिकाले नागरिकहरुलाई केहि प्रतिसत तिराउने र केहि प्रतिसत आफुले लगानी गरिदिने भनेर आहवान गर्नसक्छ l त्यो अवस्थामा पनि नागरिकहरुलाई नै आर्थिक भार पर्ने कुरामा दुइमत छैन l सित्तैमा यहाँ केहि पनि पाइदैन भन्ने कुरा बुझ्नु पर्ने हुन्छ l ज्यादा से ज्यादा नगरपालिकाले कर छुट गरिदिन्छु भनेर नागरिकहरुलाई बाटो बिस्तार गर्दा कर छुटको ललिपप खुवाए जस्तै नया ललिपप खुवाउन सक्छ l
म ब्याक्तिगत स्वतन्त्रतामा विश्वास गर्दछु र आफ्नो भलो वा कुभलो बारे सोच्न मानिसहरु सक्षम छन् भन्ने कुरामा विश्वास गर्छु l ब्याक्तिले त्यति बेलासम्म आफ्नो अधिकार स्वेइछा र निर्बाध रुपले प्रयोग गर्न पाउनु पर्छ, जबसम्म उसले अरुको अधिकारमाथि आक्रमण गर्दैन l यो रंग-रोगन अभियान स्वेच्छिक हो वा होइन भन्ने प्रस्न आउछ, यदि स्वेच्छिक होइन भने यो अभियानले नैतिक आधार नै गुमाउदछ l मेरो घरमा कुन रंगलगाउने वा नलगाउने भन्ने कुरा मेरो रोजाईको बिषय हो, कसैले यस बिसयमा टाउको दुखाइरहन आवस्यक देख्दिन l जसले आज मेरो घरमा यो वा त्यो रङ लगा भनेर भन्छ, उसले भोलि यो रंगको अन्डरबियर लगा भन्ने अधिकार नराख्ला भन्न सकिन्न l राज्यलाई नागरिकहरुको जिबनको हरेक पक्षमा हस्तक्षेप् गर्ने छुट हुदैन, सबैको अधिकारको दायरा हुन्छ जसभित्र रही उसले आफ्नो क्रियाकलाप संचालन गर्नु पर्दछ l यदि यो अभियान स्वेच्छिक हो भने पनि असहमति जनाउने थुप्रै ठाउ छन्, किनकि यस अभियानमा मेरो पनि कर तिरेको पैसा खर्च भैरहेको छ जुन अभियान म त्यति तर्क संगत देख्दिन l अधिकारको सिमा तोकिनु पर्छ, चाहे त्यो व्यक्तिको होस् वा राज्यको l कसैको सनक, स्वार्थ र अहंकारको पृष्टपोसण गर्नको निम्ति नागरिक सरोकारका योजनाहरु कार्वान्वयन गरिनु हुन्न, योजनाहरु नागरिकहरुको आवस्यकताको बिसय हुन् भने मात्र कार्वान्वयन गरिनुपर्छ l
सबै नर्कका बाटाहरु राम्रो उदेस्यले सजिसजाउ गरिएका हुन्छन् l जनबादी मुद्दाहरु कर्णप्रिय हुन्छन, त्यसैले हामि मद्धे धेरै यसको परिणाम बारे नसोची यसलाई सहज रुपले स्वीकार गर्दछौ l तर त्यसको किमत र परिणामहरु पनि हामी नागरिकहरुले व्यहोर्नु पर्ने हुन्छ भन्ने कुरालाई बिर्स्सनु हुदैन l फरक सोच राख्ने मानिसहरुलाई बिरोधि र आलोचकको बिल्ला भिराउन सजिलो हुन्छ यो कुरा ममा पनि यहाँ लागु होला, तर भिड सधै ठिक हुन्छ भन्ने कुरा पनि सहि होइन l नगरपालिकाले नगर र नागरिकहरुको हितको लागि काम नै गर्ने हो भने धेरै कामहरु बाकि छन्, शान्ति सुरक्षाको स्थिति दह्रो बनाओस्, ताकी कसैले कसैको जिउ-धन माथि आक्रमण गर्न नसकोस् l लागनिको बाताबरण बनाइदियोस् ताकी मानिसहरुले आफ्नो पेसा व्यवसाय सहज रुपले गरि खान पाउन l भत्किएका, कच्ची बाटो र नालाको मर्मत गरिदियोस् ताकी नागरिकहरुले धुलो-धुवा खाएर फोहोर सुघ्दै हिड्नु नपरोस् l मजदुरी गरेर खाने सिटि रिक्सावालाहरुलाई दर्ता खुल्ला गरिदियोस् ताकी उनीहरु आफ्नै ठाउमा मजदुरी गरेर खान सकुन l यस्ता गर्नुपर्ने आवस्यक थुप्रै कामहरु छन् जसको लागि नगरपालिकाले नागरिकहरुसंग कर उठाईरहेको छ l अहिले आवस्यक नभएको कलर जोन अभियानलाइ संचलान गरेर नागरिकहरुलाई थप आर्थिक भार दिएर उनीहरुको व्यक्तिगत स्वतन्त्रता खोस्ने तर्फभन्दा, ति काम गर्न तर्फ ध्यान दियोस्, जुन साचै नै जनहितका सरोकारका बिसय हुन् l म चाहन्छु मैले तिरेको करको रकम सहि काममा सदुपयोग होस् र त्यसप्रति मेरा राज्यसेवकहरु पूर्ण रुपले जवाफदेही बनुन् l