करिब चार महिना पहिले मधेश आन्दोलन र भारतको अघोसित नाकाबन्दिको कारण देश प्राय ठप्प प्राय थियो l त्यसबेला जरुरि कारणले म काठमाडौँ जानु पर्ने भयो धेरै नेपाली नागरिक सरह मेरो पनि सधै जहाज चड्ने आर्थिक हैसियत नभएको कारण बसमा सवारी गर्नु पर्ने स्थिति थियो l गाडी लाइनका केहि व्यक्तिहरुसंग चिनजान भएको कारण फोनबाट नै टिकेट बुकिंग गराए l गाडीले बेलुकी ४ : ३० भित्र बसपार्क आइपुग्नु भनेर जानकारी दियो र उनीहरुले भनेको समयमा म गाडी चड्न बसपार्क पुगे l बसपार्कमा देखे कि प्राय सबै रात्री गुड्ने गाडीहरुको अगाडी, पछाडी, दाया, बाया सबैतिरका अधिकांस सिसाहरु फुटेका थिए l केहि गाडीले बचाउकोलागि प्लाईवुड र तारको जाली प्रयोग गरेको देखे भने धेरैले कुट र कार्टुन टेपले फुटेका सिसाको ठाउमा हावा नछिरोस भनेर प्रयोग गरेका रहेछन् l जुन दृश्य देख्दा मनमनै यो देशका नेता र आन्दोलनकारीहरुलाई भएभरको सरापे, अनि यस्तो बिसम परिस्थितिमा पनि जोखिम मोलेर नागरिकहरुलाई सेवा दिएकोमा बसको सेवा संचालन गर्नेहरु प्रति मन-मनै कृतज्ञता प्रकट गरे l साथैभएको जनधनको क्षति र ति व्यक्तिहरुको पनि मनोदसा बुज्ने प्रयत्न गरे जो यस्तो परिस्थितिमा पनि सवारी गरिरहेका थिए l
स्कटिंगमा जानु पर्ने भएकोले सबै बस बसपार्कबाट ५ बजेतिर छुट्यो l केहिबेरमै बरगाछी देखि अलि अगाडी पुगेपछि सबै गाडी तेल हाल्नको निम्ति ए. बि पेट्रोलियम अगाडी लाइनमा लागे l तेल हाल्ने गाडीको लाइन धेरै लामो भएकोले तेल हाल्न निकै समय लाग्यो l मनमनै रिसपनि उठ्यो, एउटा मात्र पेट्रोल पम्पबाट तेल दिनुको साटो अरु केहि पम्पबाट तेल दिने बाताबरण स्थानीय प्रसासनले मिलाई दिएको भए यतिका धेरै नागरिकहरुले सास्थी त पाउनु पर्ने थिएन, सरकारी मानिसहरुसंग कस्तो यतिपनी बुद्धि नभएको जस्तो लाग्यो l लगभग एक डेढ घण्टाको पर्खाइपछि तेल पाइयो र गाडी अगाडी बढ्यो l मात्र केहि अघि गएर फेरी गाधि रोक्यो, धेरै बेर भएपछि किन गाडी रोकेको भनेर गाडी चालकलाइ सोधे l “हामि के गर्नु, अगाडी स्कटिंग छ, उनीहरु हिडेपछि न हामि हिड्ने हो, उनीहरुभन्दा अगाडी जान मिलेन, फेरी इटहरीमा पनि गएर आखिर बस्नु नै पर्ने हो, चाडै गएर के गर्नु, राति १०:३०/११ बजे मात्र गाडी हिडाउछ” भनेर चालकले जबाब दिएl झन्डै आधा घण्टा जति रोकेपछि गाडीले आफ्नो रफ्तार समात्यो l गाडीमा बस्दा आखा चिम्लेर बस्ने बानि भएकोले गर्दा आखा चिम्लेर बसेको थिए l दुहबी बजार पुगेपछि एक्कासि सिसा फुटेको ठुलो आवाज आयो , नराम्रो संग झस्के र आखा खुल्योl सबैजना कराए, थाहा भयो कि म बसेको पल्लो पट्टी दुइ सिट पछाडीको सिसा बाहिरबाट कसैले ढुंगा हानेर फुटाइ दिएछ l छेउमा बसेको भाइलाई सिसाको टुक्राले हाथमा चोट लागेको थियो l गाडी नरोकी झन् स्पिडमा कुद्न थाल्यो l कन्डक्टरले खलासीलाई बोलाएर भने, “लु यो सिसाको टुक्राहरु सफा गरेर झयालमा कुट लगाई दे”l उनले थपे “अस्ति पछाडिको सिसा फुटाइ दिए आज साइडको, के गर्नु कमाएर, सिसा लगाउदै ठिक हुन्छ ?” उनको सहज भावको भनाइले यो कुरा दर्शाईरहेको थियो कि यसकिसिमका घटनाहरु कति सामान्य भइसके, यस्तो लाग्दथ्यो कि यस किसिमका घटनालाई स्वीकार गर्ने बानि उनीहरुमा परिसकेको छ l
यो ठिक भएन, मनमा एक किसिमको बिद्रोह उठ्यो १ यो त अति नै भयो, बाटोमा नागरिकहरु चडेको गाडी गुड्न नपाउने? अधिकार प्राप्तिको नाममा जे पनि गर्न मिल्ने ? के अरुको अधिकार चै अधिकार नै होइन ?अरुको जिउ र धनको कुनै मोल छैन ? आफ्नै देशमा आफ्नै मानिसहरुसंग यसरि डराएर हिड्नु पर्ने ? हो चित्त नबुझेको कुरा प्रति असहमति जनाउनु र बिरोध गर्नु जायज हो, तर यसरी अरुको अधिकार र जीउधनमाथि जथाभाबी आक्रमण गर्नु कहासम्म जायज छ ? सोचे यसरि अरुको जिउ(धनमाथि आक्रमण गर्ने अपराधीहरुलाइ राज्यले जसरि भएपनि कारवाहीको दायरामा ल्याउनु पर्दछ l रिसलाई थाम्न सकिन,फेरीपनि नेता, सरकार र आन्दोलनकारीहरुको नाममा मुखबाट दुइ-चारवटा गालिहरु निस्किहाल्यो l
लगभग ८:३० मा गाडी इटहरी बसपार्क पुग्यो, सबै ठाउका गाडी जम्मा भएपछि मात्र स्कटिंग गराएर गाडी हिड्ने भएको हुदा त्यहाँ निकै बेर कुर्नु पर्यो मिलाइ थाहा छैन राज्यका संयन्त्रले किन यति रातिसम्म गाडीलाई पर्खाएर राखेको, यसमा उनीहरुको आफ्नै तर्क र कारण होला, तर मलाइ लाग्यो, यदि सबै गाडीलाई अलि अगाडी नै इटहरी आइपुग्न लगाएर सुरक्षाकर्मीहरुले अलि चाडो गाडी स्कटिंग गरिदिएको भए नागरिकहरुले अनायासमा यसरी रात-बिरात दुक्ख त पाउनु पर्ने थिएन l साथै उनीहरु अलि चाडो आफ्नो गन्तव्यमा पुग्न पाउने थिए मिनमा बिचार आयो, कहिले यो देशको सरकार र तिनका निकायहरु नागरिकहरु प्रति जबाबदेहि होलान् र उनीहरुको हितलाइ पहिलो प्राथमिकतामा राख्लान् सुरक्षाको कारण बाटामा खाना खान नरोक्ने भएकोले इटहरीमै केहि कुरा खानु पर्ने भयो l त्यहि नै केहि खानेकुरा किनेर खाए l बाटोको खाना खाने स्टाफ लाइन होटलहरु ग्राहकहरुलाई सेवा दिनेभन्दा ठग्ने ध्ययले ब्यापार गर्ने भएकोले ति होटलमा खाना खानु नपरेको ठिकै भए जस्तो लाग्यो l पर्खनु पर्ने जस्तो दिक्कलाग्दो कुरा केहि हुदैन, धेरै लामो समय इटहरीमा गाडी रोकिएपछि अन्ततः १०:३० तिर गाडी हिड्यो l आफुसंग भएको किताब निकालेर हेर्ने जमर्को गरे तर पढ्न सकिन, किताब थन्काएर आखा चिम्लेर केहिबेर बर्तमान राजनीतिक स्थिति प्रति मनमनै चिन्तन गरिरहे l कतिखेर आखा झकाएछ थाहा भएन l झकाएको केहि क्षणपछि “द्वांग” गरेको आवाजले मेरो आखा खुल्यो l कसैले बाहिरबाट तोडले ढुंगा हानेको आवाज हुनुपर्छ ढुंगा सिसामा नलागेर गाडीको बडीमा लागेको थियो l जहासम्म मलाइ लाग्यो तो ढुंगा म बसेको झ्यालको छेउछाउ नै कतै लाग्यो होला l गाडी झनै तेजले हुइकिन थाल्यो l “के भयो?” “लौ है फेरी हान्यो” “अपराधिहरु” जस्ता प्रतिक्रिया सुनियो l म लगायत सबै यात्रुहरु त्रसित थिए l म झ्यालको छेउमा बसेको थिए,मैले हतार(हतार झ्यालको दुइवटा पर्दाको पल्लालाइ दह्रोसंग बाधे, ताकी त्यसले मेरो अलिकति भएपनि सुरक्षा गरोस् यिसको साथै मैले मेरोटाउको जोगाउन कम्प्युटरको ब्याग आफ्नो काधमा राखे ताकी बाहिरबाट आउने ढुंगाबाट बच्न सकियोस् l फेरी अरु कतैबाट आक्रमण होला कि भन्ने त्रास थियो l झ्यालको पर्दाको चेपबाट अलिकति चियाएर हेरे, बाहिर उज्यालो थियो, घरहरु स्पस्ट देखिन्थे, दुइजना बन्धुकधारी प्रहरीलाइ पनि उभिरहेको देखे l केहि सय मिटरको अन्तरालमा अरु थप प्रहरीहरु देखे l प्रहरी छेउछाउमा हुदाहुदै कसरि यत्रो आट गरेका होलान् भन्ने भन्ने विचार आयो l देशमा दण्डहिनताको पराकाष्ठा देखेर अचम्म लाग्यो l हुनत राति लुकेर आक्रमण गर्नेहरुलाई समाएर कारवाही गर्न त गाह्रो नै हुन्छ, तर पनि सुरक्षाकर्मीहरुलाई हेपेको देख्दा छक्कै परे l कन्डक्टरलाइ कुन ठाउ हो भनेर सोधे, “बर्बजिया हो” भनेर उनले उत्तर दिए आिफ्नो सुरक्षाको निम्ति झन्डै एक डेढ घण्टा जति कम्प्युटर ब्यागलाई काधमा राखिरहे l एक जना यात्रुले उत्साहित र अचम्म मान्दै भने “आमै हाम्रो गुरुजीले त हेल्मेट पो लगाएर गाडी चलाउदै हुनुहुन्छ” l मैले पनि सिटबाट उठेर हेर्नको लागि टाउको लम्काए, साचै नै हो रहेछ l बिचरा, अगाडिको सिसा छैन, जाडोबाट पनि बच्नु पर्ने, अनि आन्दोलनकारीहरुको ढुंगाबाट पनि, अनि के गरुन त ? अरु उपाय केहि छैन, कमाएर खानै पर्यो, बालबच्चा पाल्नै पर्यो, पेटले नेपाल बन्द, समानताको लडाई, क्रान्ति जस्ता कुराहरु बुझ्दैन l
निकै बेर सम्म यात्रुहरु सुत्न सकेका थिएनन् l जब लामो समयसम्म थप अरु त्यस्तो केहि घटना नभएपछि मानिसहरु शान्त भए, सायद निदाए होलान l गाडीले बिहान गुरुजी चेन्ज गर्न हेटौडाको चिया पसलमा गाडी रोक्यो l अरुबेला १२/१ बजे हेटौडा पूग्ने, आज बिहानको लगभग ६ बजेको थियो l चिया खानेबेलामा आफु बसे नजिक लागेको ढुंगाको दागमा आखा पुग्यो, गाडी राम्रैसंग कुच्चिएको रहेछ l ढुंगा म बसेको झ्यालको सिसाको १ फिट जति तल लागेको थियो, सोचे यदि त्यो ढुंगाले मलाइ लागेको भए के हुन्थियो होला ? जस्तोसुकै पनि दुर्घटना घट्न सक्ने सम्भावना देखे l कल्पना गरे, यदि मलाइ केहि भईहालेको भए को जिम्मेवार हुन्त्यो होला, राज्य कि आन्दोलनरत पार्टीरु के त्यो ढुंगा हान्ने व्यक्तिलाई कारवाही हुन्त्यो त रु वा त्यसरीनै नेता र पार्टीहरुको सम्रक्षणमा उसले अरुको जिउ(धनमाथि आक्रमण गर्ने प्रोत्साहन पाई नै रहन्थ्यो स्थििति सम्झदा डर लागेर आयो, साधारण नागरिक अरारण यसकिसिमको दुर्घटनामा पर्यो भने कोहीपनि जबाबदेहि नहुदो रहेछ भन्ने भान भयो l
दिउसोको पौने दुइ बजे गाडी बालकुमारी ९ कोटेस्वर आइपुग्यो जहाँ म उत्रनु पर्ने थियो l इन्धन अभावको कारणले गर्दा काठमाण्डौमा छिटपुट मात्र गाडी गुडेका थिए, नत्र दिउसोको जाममा परेर अझै ढिलो हुने थियो होला l सधै ६/७ बजे काठमाण्डौ झर्ने गरेको आज २ बजे तिर झर्दा कस्तो-कस्तो लाग्यो l इन्धन अभावको समस्याले गर्दा ट्याक्सी चडी सक्नु थिएन, त्यसैले हातमा झोला लिएर मनमा विचार खेलाउदै हिड्दै आफ्नो गन्तब्य तर्फ लागे l कहिले सम्म होला यसरि सर्वसाधारणहरुले दुक्ख पाउनु पर्ने ? कहिले अन्त होला नागरिकहरुको यावत समस्याहरुरु कहिले नागरिकहरु प्रति जवाबदेहि होलान हाम्रो देशको सरकार, राजनीतिक पार्टी, नेता तथा तिनका कार्यकर्ताहरु ? अनि कहिले स्थापित होला राजनीतिक स्थाइत्व, कानुनि सासन, जनताका अधिकार र समृधिको आधार ? यी कुराहरु मनमा खेलाउदा-खेलाउदै आफ्नो गन्तव्य पो आइपुगेछ...