मोटर साइकल ! यो नामसंग परिचित नभएको व्यक्ति सायदै आज कोहि होला । मात्र २ अढाई दसक अघि नेपाली समाजमा यसलाईबिलासिताको बिसय मानिन्थ्यो । उसबेला जो व्यक्तिसंग मोटरसाइकल हुन्थ्यो, उसको आर्थिक हैसियत समाजका अन्य व्यक्तिको तुलनामा उच्च मानिन्थ्यो, किनभने त्यसबेला मोटरसाइकल थोरै व्यक्तिहरुको पाहुचमा मात्र सिमित थियो ।तर हाल आएर व्यक्तिहरुकोबढ्दो आयस्तर, बृहत उत्पादन, बिस्वब्यापिकरण र दैनिक आवस्यकताको कारणले गर्दा मोटरसाइकल पहिलाको तुलनामा धेरै मानिसहरुको हातमा पुग्न सफल भएको छ ।आज यो साधन अधिकांस मानिसहरुको लागि दैनिक आवस्यक साधन बनेको छ ।दैनिक काममा जान, किनमेल गर्न, घुमफिर गर्न, भेटघाट गर्न, बच्चालाइ स्कुल लैजान, सामान किनबेच आदि कार्य गर्न निम्ति मोटर(साइकलले मानिसहरुको जीवनलाइ निकै सहज तुल्याईदिएको छ ।साथै यसले मानिसहरुको समय र पैसा बचत गर्न सहयोग पुर्याउने हुनाले पनि यसको प्रयोग दिनानुदिन बढ्दो छ ।तर अझै यसको आवस्यकता भएका धेरै नेपालीहरुको पहुचमा भने मोटरसाइकल अहिले पनि पुगिसकेको अवस्था भने छैन ।
किन अधिकांस नेपालीहरुको पहुचमा यो साधन पुग्न सकेको छैन भनेर हामीमा जिज्ञासा उठ्न सक्छ ।के मानिस किन्न चाहदैनन् वा नेपाली जनता सो साधन खरिद गर्ने हैसियत राख्दैनन् ।जहासम्म चाहना राख्ने कुरा छ, हामि मद्धे अधिकांस आफ्नो दैनिक आवस्यकता पुरा गर्नको निम्ति घरमा एउटा नया वा पुरानो जस्तो सुकै भएपनि एउटा मोटर(साइकल होस् भन्ने इच्छा राख्छौ । तर इच्छा हुदाहुदैपनि खरिद गर्न सक्दैनौ भने हामि मद्धे अधिकांस मानिसहरुको आर्थिक हैसियत कमजोर छ भन्ने कुरा दर्साउदछ । अधिकांस नेपाली नागरिकहरुलाई एउटा मोटरसाइकल किन्नु परेमा निकै लामो योजना बनाउन र धेरै रकमको जोहो गर्न आवस्यक पर्छ । भारतमा ५१२५० (८२०००) भारुमा पाइने १२५ सिसिको सुपर स्प्लैंडर मोटरसाइकल नेपालमा १६९,५०० पर्छ । भारतमा ७३३८२ भारु (११७,४११) मा पाइने बजाज १५० सिसिको पल्सर मोटरसाइकल नेपालमा किन्दा २,२६,९०० नेपाली रुपैया पर्दछ ।जबकीबिस्व बैंकको तथ्यांक अनुसार भारतीयहरुको प्रतिव्यक्ति आय १५८१ अमेरिकन डलर छ भने नेपालीहरुको प्रति व्यक्ति आय ७०१ अमेरिकी डलर मात्र छ ।तुलानात्मक रुपले हेर्ने हो भने भारतीयहरुको क्रय शक्ति नेपालीहरुको भन्दा दोब्बर बढी छ, तर दैनिक आवस्यकताको लागि एउटा मोटरसाइकल किन्नु परेमा हरेक नेपालीले भारतीय नागरिकहरुको तुलनामा दोब्बर बढी रकमतिर्नु पर्ने बाध्यता छ ।
भारतको अधिकांस राज्यहरूमा मोटरसाइकल खरिद गर्दा,मात्र एकपटकको लागि न्युनतम नबिकरण कर बुझाए पुग्छ ।त्यहाँ नेपालमा जस्तो हरेक बर्ष नबिकरण कर बुझाई रहनु पर्ने बाध्यता छैन िजबकी नेपालमा १५० सिसिको मोटर(साइकल नबिकरण गर्नुपर्दा हेरेक वर्ष ४०४० रुपैया सरकारलाई कर बुझाउन बाध्य छौ सिोच्नुस् त, यदि हामि १५० सिसिको मोटरसाइकल १५ बर्ष चलाउदछौ भने, बार्षिक ४०४० को दरले १५ वर्षसम्म कर तिर्दा ६०,६०० रुपैया नबिकरण कर मात्रै बुझाउछौ िजबकी भारतमा त्यति रकममा अरु केहि रकम थप्ने हो भने एउटा नया मोटरसाइकल नै खरिद गर्न सकिन्छ ।आखिर किन हामि यतिका धेरै महँगो रकम तिर्न बाध्य छौ त ?जबाब स्पस्ट छ, किनकि मोटर साइकललाई नेपाल सरकारले बिलासिताको साधनको रुपमा बर्गिकरण गरिराखेको छ, जसकारण उसले नागरिकहरुसंग ठुलो मात्रामा करको रकम असुल गर्दछ ।तर आज मोटरसाइकल हाम्रो लागि विलासिताको बिसय हो वा हाम्रो आवस्यकताको बिसय हो यो कुरा हामि सबैलाइ बुज्न त्यति गाह्रो नपर्ला ?
राज्यले नागरिकहरुबाट राजस्व उठाउनु कुनै नौलो कुरा होइन, राज्य संचालनको मुख्य आयस्रोतको माध्यम नै यहि भएकोले सबै राज्यले आफ्ना नागरिकहरुलाई कर तिर्न बाध्य बनाउछन् ।राज्यले कर उठाउन आवस्यक भएपनि कति मात्रामा कर उठाउने भन्ने प्रस्न महत्वपूर्ण हुन जान्छ ?आफ्नै नागरिकको घाटी निमोठेर राज्यको ढीकुटी भर्नु कतिको उचित हो ?नागरिकहरुलाइ गरिब बनाएर कुनैपनि रास्ट्र राज्य समृद् हुन सक्दैन किस्टम ड्युटी, स्थानीय कर, भ्याट, सडक दस्तुर, दर्ता, सवारी कर, आदि सबैगरि हाल नेपाल सरकारले मोटरसाइकलमा लगभग १२७५ कर वसुल गरिरहेको छ ।जसकारण मोटरसाइकल नेपाली नागरिकहरुको लागि धेरै महँगो पर्न गएको अवस्था हो, जुनकुरा उचित छ वा छैन भनेर हामि सबै नागरिहरुले मनन गर्न जरुरि छ ।
उधाहरणको लागि एउटा दुध बेच्ने मानिसलाइ लिएर हेरौ ।एउटा दुध बेच्ने मानिसमोटरसाइकल खरिद गर्न नसकेको कारण जिन्दगि भरि साइकलमा नै दुध बेच्न बाध्य हुन्छ ।यदि उसले साइकलको साटो मोटर(साइकलमा दुध बेच्न पाउने हो भने उसलाई धेरै तरिकाबाट फाइदा हुने कुरा निश्चित छ ।उसले कम मेहेनत र थोरै समयमा पहिलाकोभन्दा धेरै दुध बेच्न रआय आर्जन गर्न सफल हुनेछ । बचेको समय उसले आफ्नो गोठ, परिवार, साथीभाई, छर(छिमेक, मनोरंजन वा अन्य आय आर्जनको कार्यमा लगानी गर्न सक्नेछ उिसको आर्थिक अवस्था राम्रो हुनु भनेको उसंग छनौटको अवसर हुनु हो ।उसले आफ्नो छोराछोरिलाइ राम्रो सिक्षादिक्षा दिन सक्ने हैसियत हुनु हो, जुन केटाकेटीहरु भबिस्यमा दुध नै बेचेर हिड्न बाध्य हुने छैनन् ।यसका साथै उ लगायत उसको परिवारको लवाईखवाइ, रहनसहन र सामाजिक मानमर्यादा आदिको स्तरपनि माथि उठ्ने छ ।ज्यादा परिश्रम गर्नु नपर्दा उसको स्वस्थ स्थितिपनि बिग्रनेछैन, जसकारण उ लामो समयसम्म काम गर्न योग्य हुनेछ ।यस्ता प्रतक्ष वा अप्रतक्ष फाइदाहरु अन्य धेरै हुन सक्छन् ।नेपाली नागरिकहरुले एउटा नया मोटर साइकल ८२ हजारमा खरिद गर्न सक्नु भनेको हरेक नागरिकहरुको झन्डै ९०००० हजार रुपया बचत हुनु हो ।जुन बचत कुनै सानो(तिनो उधम तथा व्यापारमा लगानी गरि त्यसबाट आय आर्जनको बाटो पहल्याउन सकिन्छ, वा आफ्नो अन्य कुनै प्रायोजनको लागि खर्च गरि त्यसबाट लाभ लिन सकिन्छ ।
यसरि विचार गर्दा हाम्रो इच्छा, आकांक्षा र प्रगतिमा के कुरा बाधाक पुर्याइरहेको छ भन्ने कुरा स्पस्ट छ िराज्य संचालन र जनहितका कार्य गर्न कर उठाउन आवस्यक छ, तर राज्यले जनताको स्रोत साधनलाई नै दोहन गरेर विकास गर्ने मान्यता राख्नु तर्कसंगत देखिदैन ।लगानीको उचित बाताबरण, उत्पादनमा जोड, विधिको सासन, सहि आर्थिक नीति र त्यसको कर्वानायनको पक्षलाइ प्राथमिकताका साथ लागु गर्ने हो भने विकासको प्रक्रियालाई अवस्य द्रूतरुप दिन सकिन्छ ।यो कुरा ३०-३५बर्ष अघिसम्म आर्थिक गरिबीको दलदलमा फसेका हाम्रा दुइ ठुला छिमेकि राष्ट्र चिन र भारतले प्रमाणित गरिसकेका छन् ।उनीहरुले गर्न सक्छन् भने हामीले गर्न नसक्ने कुनै कुरै छैन ।हामि चाहन्छौ, राज्यद्वारा विलासिताको बिषय भनेर तोकेको मोटरसाइकललाइ आवस्यकताको बिसय भनेर बर्गिकरण गरियोस्,साथै करको दरलाई न्युनतम गरि नागरिकहरुले सहज, सुलभ अनि सस्तोमा आफ्नो आवस्यकताको साधन किन्न सक्ने बाताबरण तयार गरियोस् ।