“लास्ट थर्स्डे”

“लास्ट थर्स्डे”

 

[caption id="attachment_9212" align="alignleft" width="155"]लेखक: बसन्त अधिकारी लेखक: बसन्त अधिकारी[/caption]

“उधमी बन्न चाहने वा उधमसिलता सम्बन्धि ज्ञान लिन चाहने कुनैपनि युवाले “लास्ट थर्स्डे” (Last Thursday’s) कार्यक्रममा भाग लिन जरुरि छ । पहिला म यो बिषयसंग त्यति सरोकार राख्दिन थिए, तर जबदेखि मैले यस कार्यक्रममा सहभागिता जनाउन थाले मैले सफल उधमीहरुबाट धेरै सिक्ने मौका पाए । आज यसको प्रेरणाको कारण म उधमी बन्न प्रेरित भएको छु” भनेर भन्छन् जेटवेयर साेलुसन्सका संस्थापक श्री सन्दिप भगत भन्दछन् । त्यसैगरी “जीवनमा केहि गर्न सक्नुपर्छ र भाबिस्यमा अध्ययन सकीसकेपछि आफ्नो लागि रोजगारीको अवसर आफै तयार गर्ने उत्प्रेरणा लास्ट थर्स्डे कार्यक्रमले आफुलाई दिएको भनि कार्यक्रमका अर्का सहभागी सरोज पौडेल बताऊछन् ।

“लास्ट थर्स्डे” कार्यक्रम अंग्रेजी क्यालेन्डरको हरेक महिनाको अन्तिम बिहिबार होटल नमस्कारको प्रागणमा संचालन गरिने एउटा उधम्सिलाता विकाससंग सम्बन्धित कार्यक्रम हो । विकल्प एन अल्टरनेटिभ, होटेल नमस्कार, मकालु टेलिभिजन र मेरिल्याण्ड कलेज बिबिए बिराटनगरद्वारा संयुक्त रुपमा आयोजित यस कार्यक्रमले सफल उधमिहरुको कथा माध्यम मेहेनत गरेर यहि देशमा गरि खान सकिन्छ भन्ने संदेश प्रवाह गर्ने उदेस्य राख्दछ । हालसम्म ३६ वटा सृंखला संचालन गरिएको यस कार्यक्रममा पुर्वान्चल लगायत देशका अन्य बिभिन्न भागबाट सफल उधमिहरुलाइ बक्ताको रुपमा आफ्नो क्षेत्रगत अनुभब बाड्नको निम्ति निम्तो गरिन्छ । जसमा बिराटनगरका बिभिन्न कलेज तथा संघसंस्थाहरुबाट युवा बिद्यार्थीहरु सहभागीको रुपमा उपस्थिति जनाउने गर्दछन् । ३ः३० मा रजिस्ट्रेसन गरे पश्च्यात अथिति बक्ता र सहभागीहरुलाइ स्वागत गर्दै ४ः०० बजेबाट औपचारिक सुरु गरिने यस कार्यक्रममा आमन्त्रित बक्तालाइ २५ मिनेटको समय उनको जिबनको संघर्षको कथा सहभागीहरु माझ प्रस्तुत गर्न समय दिइन्छ । जसमा बक्ताले आफ्नो बाल्यकाल, पारिवारिक पृष्ठभुमि, अध्ययन लगायत आफ्नो जीवनमा भोगेका उतारचाडब, संघर्ष, आफु उधमसिलतामा क्षेत्रमा नै लाग्नु पछाडिको कारण, हाल आफ्नो पेसा, व्यावसायमा भोग्दै आएका समस्या र चुनौतीहरु, तथा किन जागिरे चिन्तन त्यागेर युवाहरुले उधमि सोच अगाल्नु पर्छ भन्ने जस्ता बिषय समेटेर प्रस्तुति गरिसकेपछि छलफलको निम्ति फ्लोरलाइ प्रस्न उत्तरको निम्ति खुल्ला गरिन्छ । बिषयमा आधारित रही सहभागीहरुले अथिति बक्तालाइ आफ्नो जिज्ञासा वा प्रस्न पालीपालो राख्ने मौका पाउदछन् । ४५ मिनेट सहभागीहरुको जिज्ञासाको उत्तर दिए पश्च्यात कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरि कार्यक्रमको समापन गरिन्छ । कार्यक्रमको अन्तपछि सबैजना चियापान र अनौपचारिक भेटघाट गरि ५ः३० मा छुट्टिने गर्दछन् ।

 


हालसम्म १८६२ जना युवाहरुले भाग लिइसकेको यस कार्यक्रमलाई मकालु टेलिभिजन मार्फत रेकर्डेड प्रसारण गरि धेरैभन्दा धेरै मानिसहरु माझ पुर्याउने जमर्को गरिनुका साथै स्थानीय स्रोत र साधनहरुको उपयोग गरि थोरै खर्चमा प्रभावकारी कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न लास्ट थर्स्डे कार्यक्रम सफल भएकोछ । यस अतिरिक्त, सन्दिप र सरोज जस्ता धेरै युवाहरुलाई उधमसिलता तर्फ अग्रसर हुनुपर्दछ भन्ने संदेश र चेतना प्रवाह गर्नपनि यो कार्यक्रम सफल भएको छ ।
उधमसिलता कुनैपनि देशको आर्थिक बिकासको मुख्य आधार हो भन्ने कुरालाई आजको दिनमा नकार्न सकिदैन । तर नेपालको परिपेक्षमा यसलाई साधारणतय ब्यापार, व्यावसाय गर्ने भनेर बुझ्ने गरिएको छ । साचो अर्थमा भन्ने हो भने उधमसिलता सब्दले ब्यापार, व्यावसायको परिधिसम्म मात्र सिमित नरही अझ ब्यापक अर्थ राख्दछ । आजको बिस्व बजार ति उधमिहरुको अनुसन्धान, आविस्कारमा, उत्पादन र सेवामा निर्भर छ जसले बजारमा निरन्तर नया बस्तु तथा सेवाहरुको सिर्जना गरि धेरैभन्दा धेरै ग्राहकहरुलाई आफु तर्फ आकर्सित गर्न सफल भएका छन् । उनीहरुले बजारमा रहेको कमि कमजोरी र आवस्यकताको विश्लेषण गरि समाजमा आवस्यक बस्तु तथा सेवाहरुको प्रभावकारी ढंगले आपूर्ति गराई समाजलाई अगाडी बढाउन निम्ति सहयोग गर्दछन् ।
यति हुदाहुदै पनि उधमिह्हरुलाई नेपालमा हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन, उनीहरुलाई सर्वसाधारण देखि नीतिगत तहसम्मका अधिकांस मानिशहरुले गरिबमारा, बेइमान र फटाहाको रूपमा चित्रण गर्ने गरेको पाइन्छ । आज संसारमा जतिपनि बिकसित देशहरु छन्, तिनीहरुपनि कुनैबेला हाम्रैजस्तो अवस्थाबाट गुज्रिएका थिए । तर उनीहरुले उधमिहरुको लागि उधम गर्ने उचित नीति, नियम र बाताबरण तयार गर्नसकेको कारण नै यो अवस्थामा आइपुगेका हुन् । जबसम्म हामि नेपालिहरु उधम र उधमिहरु प्रति सकारत्मक हुदैनौ र राज्यले व्यापार व्यावसाय गर्नको निम्ति उचित बाताबरण तयार गर्नको निम्ति पहल गर्न सक्दैन, हाम्रा समस्याहरु ज्युका त्यु नै रहीरहने छन् ।
हामीले धेरै राजनीतिक र सामाजिक मुद्धाहरु उठान गरि त्यसको समाधानको निम्ति पहल गरेपनि आम नागरिकहरुको जिबनमा अझैपनि खासै परिबर्तनको आभास पाइएको अवस्था भने छैन । आज हाम्रो मुलुक बिस्वको सबैभन्दा गरिब मुलुकहरु मद्धे एकको रुपमा परिचित हुनपुगेको छ जुनकुरा जुनकुरा यसको प्रतक्ष प्रमाण हो । उधमीहरुले हाल नेपालमा बन्द, हड्ताल, तोडफोड चन्दा आतंक, हत्या, हिम्सा, लोडसेडिंग र अस्थिर राजनीतिकको बिसम परिस्थिति बाबजुद पनि व्यापार व्यवसाय गरि देशको अर्थतन्त्र धान्नको निम्ति केहि हदसम्म सहायोग पुर्याइरहेको छन् भनेर भन्दा फरक नपर्ला ।

दुखको कुरा, नेपाल जस्तो देशमा उधमी भइ उधम संचालन गर्न त्यति सरल छैन, किनकि हामीकहा सुशासन, भौतिक पूर्वाधार, ब्यापार व्यावसायलाइ प्रोत्साहन गर्ने किसिमको आर्थिक नीति र राजनीतिक स्थिरता छैन, जुनकुरा उधामसिलता विकासको निम्ति अत्यन्तै आवस्यक कुरा हो । यसै कूरालाइ मध्यनजर गरि उधमसिलता बिकासको निम्ति विकल्प एन अल्टरनेटिभले बिगत ३ बर्ष देखि लास्ट थर्स्डे कार्यक्रम संचालन गर्दै आएको छ जसको मूल उदेस्य पुर्वान्चलमा रहेका सफल उधमीहरुसंग नागरिकहरुको प्रतक्ष्य छलफल तथा अंतरकृया गराउनु रहेको छ । सफल उद्यमीहरुको संघर्ष र सफलताको कथालाइ उजागर गरि आम नेपाली जनताहरुमा मेहेनत गरि यही देशमा गरि खान सकिन्छ भन्ने संदेश प्रवाह गर्नुका साथै युवाहरुलाइ जागिरे चिन्तनबाट माथि उठी उधमी बन्नको निम्ति उत्प्रेरणा जगाउने ध्यय यस कार्यक्रमको रहेको छ । साथै कार्यक्रमले युवाहरुको मस्तिस्कमा उधमसिलता बिकास सम्बन्धि चेतना प्रवाह गरेर उधमसिलता बिकासको निम्ति इट्टा थप्ने कार्य गरिरहेको छ ।

लेखक बिकल्प: एन अल्टरनेटिभका संस्थापक हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्