खुल्ला सीमाको प्रभाव : प्रहरीलाई काम गर्नपनि असहज – भूमिका पाख्रिन

खुल्ला सीमाको प्रभाव : प्रहरीलाई काम गर्नपनि असहज – भूमिका पाख्रिन

नेपाल र भारतलाई छुट्याउनका निमित्त कुनै पर्खाल छैनन् अथवा भनौ नेपाल भारतमा खुल्ला सीमानाका कारण यसले अनेकौ समस्या निम्त्याएको कुरा सबैमा सर्वविदितै छ । खुल्ला सीमाका कारण अपराधका घटना बढ्ने तथा अपराधीले हात हतियार समेत भारतबाट ल्याउने गरेको घटना नौलो हैन । निश्चय नै नेपालमा भन्दा भारतीय सामाग्रीहरुको मुल्य सस्तो पर्ने भएकालेपनि नेपालीहरु किनमेलका निमित्त भारतीय बजारलाई रोज्ने गर्दछन् । जसले गर्दा नेपालमा उत्पादित साम्रागीको बजारपनि खस्कदो अवस्थामा छ । उसो त भारतीयहरु स्वयम् नेपालमा विभिन्न पेशा व्यवसाय गर्न नेपाल भित्रिने र नेपालीहरुको तुलनामा अत्यन्तै न्युन पारीश्रमिकमा ज्यालादारी गर्ने भएकाले नेपालीहरुलाई रोजगारीका समस्यासमेत आइपर्ने गरेको छ । नेपालमा विभिन्न घटनामा संलग्न हुने र प्रहरीबाट बच्नका निम्ती भारत लुकेर बस्ने गरेका समाचार सुन्नमा नआएका हैनन् । खुल्ला सीमा नाकाका कारण विभिन्न समस्याले नेपालीलाई ग्रसित बनाएको छ । सीमा नाकालाई संवेदनशील क्षेत्रका रुपमा हेरिएतापनि कतिपयले यसलाई गरिखाने भाडोका निम्ती प्रयोग गरेको तथ्यपनि बेला बखत सार्वजनिक नभएका हौइनन् । यद्धपी सबैजनालाई एउटै विधामा राख्न भने सान्दर्भिक नहुन सक्छ । पूर्व क्षेत्रमा हेर्ने हो भने विराटनगरस्थीत रानी नाका पछिको ठूलो एरीयामा फैलिएको नाका मोरङको पूर्वी दक्षिणी रंगेली एरीयाको नाका हो । भारतसँगको करिब २५ किलोमिटर खुल्ला सीमा रहेको यस नाकाबाट भन्सार छली लगायत अवैध रुपमा चोरी पैठारीलाई रोक्न चेकजाचलाई कडाइ गरेसँगै दैनिक जसो विभिन्न खाद्य सामाग्री लगायत लत्ता कपडा, घरायसी सामान पक्राउ गरेतापनि यसकार्यलाई निमिट्यान्न पार्न भने अत्यन्तै कठिन रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्जीव बाबु खड्का बताउछन् । खुल्ला सीमा बाहेक कार्य क्षेत्र वृहत हुनु, कार्य विविधता हुनु, जनशक्ति अभाव हुनु, अन्य सरोकारवाला निकायलेपनि समन्वयात्मक भूमिका निर्वाह नगर्नाले पनि यस्ता चोरी पैठारीलाई निर्मुल पार्न गाह्रो रहेको प्रहरी निरीक्षक खड्का स्वीकार्छन् । यद्धपी यस्ता कार्यलाई रोक्नका निम्ति आफूहरु सदैव क्रियाशील रहेको उनले जिकिर गरे । यता रंगेली आसपासका स्थानीय वासिन्दाहरु नेपालमा भन्दा भारतमा सस्तो मुल्यमा दैनिक उपभोग्य सामानहरु पाइने भएकाले र सीमा नाका नजिकै घर समेत भएकालेपनि सामान ल्याउन छुट पाउनु पर्ने तर्क गर्छन् ।

कतिपय अवस्थामा प्रहरीको संलग्नता रहेका कुराहरु वाहिर आएपनि पुरै संगठनलाई त्यस्ता आरोप लाउन नमिल्ने प्रहरीहरुको भनाइ छ । त्यसो त भन्सार छली गरी भित्राइएका सामानहरु पक्राउ गर्न दशगजा क्षेत्रमा मात्रै सकिने कानुनी प्रावधान रहेकालेपनि प्रहरीहरुलाई काम गर्न असहज रहेको अनुमान लाउन सकिन्छ । सीमा नाका कै दशगजा क्षेत्रमापनि अवैध वस्ती वसाल्ने त कतै भन्सार कार्यालय नै बनाउन लागि पर्ने, दशगजा क्षेत्रका पिल्लरहरु नै पनि भत्किएको त कतै पिल्लर नै हराएका घटना पुराना हैनन् । यस्ता घटनाले के दर्शाउछ भने भारतले नेपाली भूमिमाथी हस्तक्षेप गरिहरेको त छैन ? जुन सोचनीय विषय रहेको छ । भन्सार छली अथवा चोरी पैठारीका घटनाले समुदायको सामाजिक अवस्थामा पनि असर पारिरहेको हुन्छ । तसर्थ नेपालले मात्र हैन भारतीय पक्षबाट पनि यस्ता कार्यहरु रोक्न चासो दिने हो भने सामाजिक सद्भाव मात्रै हैन, अपराध नियन्त्रणमापनि सघाउ पुग्ने थियो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्