स्टुडियो जानु , हट सिटमा बस्नु अनि टेलीप्रोप्टरबाट समाचार पढ्न सजिलो लाग्छ । तर त्यो वास्तवमा अधिक जटिल छ जस्तो लाग्छ मलाइ । अहिलेको समयमा एक दक्ष र प्रोफेसनल एंकर बन्नका लागी सबै भन्दा फरक रुपमा प्रस्तुत हुनु पर्दछ । सर्व प्रथम म के भन्न चाहन्छु , टेलिप्रोम्टरको अगाडि मुर्ति झै बसि पढ्ने दिन गयो । अब पढ्ने शैली नै फरक पार्नुपर्याे । बिल्कुल प्राकृतिक रूपमा पढनु पर्यो । तर विस्तारै पनि होइन् , धेरै ढिलो पनि होइन् । २—४ कुरामा ध्यान दिनु पर्यो त्यो हो , उच्चारण , प्रस्तुती अर्थात शब्दोचारणमा भोइस मोडुलेश्न । यी नै कुरामा ध्यान दिनु पर्यो ।
"पढन त सबैले पढन सक्छ नी । फाइझ डब्लु वन एचको कनसेप्ट नै छैन भने के —को एंकर ?"
—सोनुकुमार दास
जति अभ्यास गर्ने हो त्यती नै निखार ल्याँउछ प्रस्तुतीमा ।
हिजो आज नेपालमा एंकर भनेको समाचार मात्र पढने भन्ने न्यारो कन्सेप्ट नै बनि सकेको छ । पढन त सबैले पढन सक्छ नी । फाइझ डब्लु वन एचको कनसेप्ट नै छैन भने के —को एंकर ? त्यतिमात्र होइन् एक दमै मोडल झै हुनुपर्यो रे । डेस्क इडिटरले केहि समय अगावै समाचार त्यार पारेको हुन्छ । क्मपाइल नभए पनि कमसे कम एंकरले फोल्डर भित्रका समाचारहरु एक वा दुइ चोटि सरर पढ्ने अभ्यास बसाल्नुपर्छ भने अन एयरमा बाचन गरेको न्यूज हप्तामा एक चोटि आफै दर्शक बनेर समेत हेर्नु पर्छ ।
यता , एंकर आफैले बाचन गरेको समाचार दर्शक बनेर आफै हेर्दा पनि रियल डिसिजन लिन गाह्रो हुन्छ । त्यसैले अरूलाई नै ईमानदारी पुर्वक राय सोध्नु पर्ने हुन्छ । के एक एंकरको पढाइको ध्वनि प्राकृतिक छ ? के बाचन गरेको समाचार बुझ्न गाह्रो छ ? के श्रोताहरूले उक्त एंकरलाई सुन्न चाहेका छन् ? यी नै सवालहरुको जवाफ खोज्नु आवश्यक छ ।
एक मिनेटमा कति पढने ?
समाचार पढ्दा गति अर्थात रीडिङ स्पीडएक महत्वपूर्ण तत्व हो । यदि एंकरले धेरै ढिलो पढ्छन् भने, दर्शकहरूलाइ झयाउ लाग्न सक्छ वा सुन्न नै लेथार्जिक हुन्छ र च्यानल परिवर्तन गर्न सक्छन् । यदि एंकरले धेरै छिटो पढ्यो भने, दर्शकलाई समाचार बुझन नै कठिनाइ हुन्छ । सामान्यतया एंकरहरुले समाचार प्रति मिनेट १५० देखि १७० शब्दहरू बीच पढ्न सक्दछन् ।
प्राकृतिक रुपमा र कुराकानी गरे झै पढ्नु पर्छ ।
समाचार वाचन गर्दा अर्को समस्याा के हो भने , हिजो आज समाचार पढदा किताबका पानाहरुबाट हेरे र पढे झै लाग्छ । हामी प्राय ः कुनै किताब पढदा र साथीहरूसँग कुराकानी गर्दा फरक रुपमा प्रस्तुत हुन्छौं । हामीले समाचार पढदा शारीरीक हाउभाउ देखि लिएर प्राकृतिक रुपमा , कसैको पनि नक्कल नगरि मान्सिक रुपमा तन्दुरुसत भइ पढनु पर्छ ।
एंकरहरुले एक समाचार कथा पढेर अभ्यास गर्न सक्छन् र बहस गर्न सक्छन् । तर उक्त बहस सामान्यतया बोल्ने तरिका भन्दा बढी औपचारिक हुन सक्छन् । त्यसै यी कुरामा पनि ध्यान दिनु पर्छ ।
शब्द उच्चारण गर्दा लयाङवेज टोनको समायोजन
सामान्यतया, एंकरले बुलेटिनको सुरुवातमा कुनै बेला तुरुन्तै आवाज उठाउनुपर्दछ , तर अत्यधिक मात्रामा होइन । तथापि, जब एकरले केहि तथ्य समाचार वा गम्भीर बिषय वस्तु समावेश समाचार पढदा टोन समायोजन गर्न आवश्यक पर्दछ । कहिलेकाहीँ बोल्दा बोल्दै आवाजलाई फेड आउट अर्थात जोडले बोल्दा बोल्दै बिस्तारै बोल्नु र गम्भीरतापुर्वक बोल्दा दुःख परिस्थितिको गम्भीरतालाई दर्शक माझ पुर्याउन मद्दत गर्दछ । भने कहिले काँहि फेड इन पनि गर्नुपर्दछ ।
सोनुकुमार दास
समाचार वाचक ,
न्यूज २४ टेलिभिजन
९८६२१६९०९९