“प्रदेश नं. १ मा प्रविधिको चेतनास्तर उकास्ने क्यान इन्फोटेकको मुख्य उदेश्य” -बलराम भण्डारी

“प्रदेश नं. १ मा प्रविधिको चेतनास्तर उकास्ने क्यान इन्फोटेकको मुख्य उदेश्य” -बलराम भण्डारी

ईटहरी/ बढदो सूचना प्रविधि सम्बन्धी बिभिन्न बिषयहरू सम्बन्धी कुराहरूको जानकारी दिने उद्धेश्यले कम्प्यूटर एशोसिशएशन अफ नेपाल (क्यान) सुनसरीले यहि फागुन २३ गते देखि सुनसरीको इटहरीमा प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलाको आयोजना गर्दैछ । इन्फोटेक र नेपालको समग्र प्रबिधि क्षेत्रका बारेमा कम्प्यूटर एशोसिशएशन अफ नेपाल(क्यान)सुनसरीका अध्यक्ष बलराम भण्डारीसंग गरिएको कुराकानीका सम्पादित अंशहरुः

इन्फोटेक आयोजना गर्नुको मुख्य उद्देश्य ?

प्रदेश नं. १ मा प्रविधिको चेतनास्तर उकास्ने र नयाँ प्रबिधि भित्रयाउने नै क्यान इन्फोटेकको मुख्य उदेश्य हो । हामिले निरन्तर प्रविधिको चेतनास्तर उकास्ने तथा नयाँ प्रबिधि भित्रयाउने लक्ष्यका साथ नै इन्फोटेक आयोजना गर्दै आएका छौ ।

इन्फोटेकका मुख्य आर्कषणहरु के के हुन ?

यो इन्फोेटेकमा धेरै नयाँ तथा पुराना प्रविधीहरू नै मुख्य आकर्षण रहनेछन् । इन्फोेटेकमा सिसिटिभी, मोवाइल, ल्यापटप, टेलिस्कोप, एप्स, इलेक्ट्रोनिक उपकरण, क्यू आर कोडबाट ढोका खोल्न सकिने प्रविधि, स्कूल तथा बलेजका विद्यार्थीको लागि आवश्यक उपकरण लगायत थुप्रै अनौठा र नयाँ सामानहरु रहनेछन् । साथै हार्डवेयर, सफ्टवेयर, सेक्युरिटी तथा टेलीकम्यूनिकेशन लगायत बिभिन्न नयाँ प्रबिधिहरु रहनेछन् । हामी स्मार्ट टेक्नोलोजिलाई प्राथमिकतामा राखेर यससँग सम्बन्धित सामानहरु राखेका छौ ।

इन्फोटेकमा कति अवलोकनकर्ता आउने लक्ष्य छ ?

हामिले बिशेष गरी आम उपभोक्ता तथा बिद्यार्थीबर्गहरूलाई लक्षित गरेर मेलाको आयोजना गरेका हौँ । संख्या तोकेर भन्न सक्ने अवस्था त छैन तर हाम्रो लक्ष्य भनेको २ लाख देखि ३ लाख सम्म अवलोकनकर्ताहरू भित्रयाउने अनुमान चै लगाइएको छ ।

इन्फोटेकमा अवलोकनकर्ताहरु किन आउनुपर्ने ?

हामीले सकभर राम्रो ब्यबस्थापन गर्ने कोसिस गरिरहेका छौ । इन्फोटेक अवधिभर सुरक्षा र सेवालाई चुुस्त बनाएका छौ । त्यसको लागि नेपाल प्रहरी र क्यानका स्वयम् सेवकहरु खटिने छन् । सहज आवागमनको व्यवस्था मिलाएका छौ । हामीले सरकारी बिद्यार्थीलाई अग्रिम जानकारी दिएको खण्डमा निशुल्क प्रवेशको ब्यबस्था मिलाएका छौ । अनलाइन टिकटमा छुट दिएका छौ । यी बिबिध कारण अबलोकनकर्ताहरु आउनुपर्छ ।

यस अघि धरानमा २ पटक सम्म लगाइएको इन्फोटेक निरन्तर रूपमा आयोजना गरिएन नी ?

बिविध कारणहरूले गर्दा हामिले इन्फोटेकलाइ निरन्तरता दिन नसकेका हौ । अव हामी निरन्तररूपमा इन्फोटेक आयोजना गर्ने योजना बनाइएका छौ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

इटहरीमा आयोजना हुने हिक भिजन क्यान इन्फोेटेकमा सिसिटिभी, मोवाइल, ल्यापटप, टेलिस्कोप, एप्स, इलेक्ट्रोनिक उपकरण, क्यू आर कोडबाट ढोका खोल्न सकिने प्रविधि, स्कूल तथा बलेजका विद्यार्थीको लागि आवश्यक उपकरण लगायत थुप्रै अनौठा र नयाँ सामानहरु प्रर्दशनीमा मा रहनेछन् । यो मेला मनोरञ्जनात्मक भन्दा प्रविधियुक्त हुने भएकोले सबै महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्