झापामा फस्टाउँदै मेवा खेती : रोजगारीका लागि विदेशिने युवालाई बन्न सक्छ प्रेरणा

झापामा फस्टाउँदै मेवा खेती : रोजगारीका लागि विदेशिने युवालाई बन्न सक्छ प्रेरणा

झापा, फागुन १६ । नेपालमा खपत हुने ९० प्रतिशत भन्दा बढी मेवा भारतबाट आयात भईरहेको बेला झापामा पहिलो पटक व्यवसायीक रुपमा मेवाको खेती शुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाका– १० का ९ जना कृषकले हातेमालो कृषि सहकारी फर्म दर्ता गरेर व्यावसायिक मेवा खेती सुरु गरेका हुन् । वार्षिक १ लाख रुपैयाँमा जमिन भाडामा साढे तीन बिगाह जमिन भाडामा लिएर उन्नत जातको मेवा खेती सुरु गरिएको हो ।

२०७४ साल फागुनबाट योजना बनाएर यो सालको असार १५ गते मेवाको बिउ रोपेका हुन् । उनिहरुले रेडलेडी र भिएना गरी २ जातका मेवाको ब्यबसायिक खेती गरेका हुन् । रोपेको लगभग १ वर्षमा उत्पादन गरी बिक्री गर्न मिल्ने मेवाबाट यो बर्षको उत्पादनले नै लगानी धान्ने हातेमालो कृषी सहकारी फर्मका सदस्य टंक पराजुलीले बताउनुभयो ।

रेडलेडी डल्लो र भिएना लाम्चो आकारको हुने यी मेवाले कृषकले लगाएको ३ बर्षसम्म उत्पादन दिन्छ । तिन बिगाहा जमीनको मेवा खेतकिो हेरचाह गर्न दैनिक २ जना बाहिरका कर्मचारी र आवश्यकताअनुसार अन्यलाई हाँजिरामा लगाउने गरिएको छ । यो खेतीका लागि अहिले सम्म कृषकको १५ लाख रुपैयाँ लगानी भई सकेको छ ।

मेवा खेती सुरु गरे पनि झापामा नै मेवा खेती सम्बन्धि प्राविधिक नहँदा समस्या भएको उहाँहरुको भनाई छ । प्राविधिक नभएकाले लागानी बढी भएको उहाँले बताउनुभयो । केहि जानकारहरुसँग बुझ्दा जापानमा ‘हाइब्रिड’ मेवाको बीउ उपयुक्त हुने पत्ता लाग्यो र त्यही बिरुवा रोप्ने निधो गरियो । जापानबाट बीउ ल्याउँदा प्रतिकेजीे १२ लाख रूपैयाँ लाग्ने थाहा पाएपछि उक्त बीउ सस्तोमा कहाँ पाइन्छ भन्ने खोजी गरियो । सोही बीउ भारतको सिलिगुडीमा प्रतिकेजी ४ लाख रूपैयाँ पाइने थाहा पाउनुभयो ।

बिउ खरिद गर्न समूहका सदस्य सहमत भएसँगै मेवा खेती गर्ने योजना सफल भयो । २ केजी बिउ ल्याएर रोपेको अर्का सदस्य बुद्धिराम भट्टराईले बताउनु भयो । त्यही मध्येको १५ हजार वटा बिरुवा अर्जुनधारा नगरपालिकालाई ४५ रुपैयाँ गोटाले बिक्री गरिएको भट्टराईले बताउनुभयो । आगामी बर्ष कनकाई, अर्जुनधारा, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकालाई पनि बिरुवा उत्पादन गरेर बेच्ने सहमती भएको उहाँले भन्नुभयो ।

अर्जुनधारा नगरपालिकाको कृषि सेवा केन्द्रले १५ हजार रुपैयाँ सहयोग गरे बाहेक अन्य कुनै सरकारी सहयोग फर्मले पाएको छैन । झापाको बजारमा खुद्रा प्रति किलो ८० रुपैयाँसम्ममा बिक्ने मेवा बोटबाटै ५० रुपैयाँले दिने भट्टराईले बताउनुभयो ।

झापाको माटो मेवा खेतीका लागि उर्वर रहेको लगानीकर्ता बताउनुहुन्छ । दोमट र चिम्ट्याइलो कालोमाटोमा मेवा फस्टाउने भएकाले झापाको अधिकांश ठाउँ मेवाखेतीका लागि उपयुक्त रहेको उहाँहरुको भनाई रहेको छ । उहाँहरूको मेवा खेती हेर्न दैनिक धेरै मानिस आउने गरेका छन् । कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा मेवाको व्यावसायिक खेती सुरु गरेको लगानीकर्ताको भनाईरहेको छ ।

दैनिक रोजगारीका लागी बिदेशिने युवाहले पनि हाम्रो देखेर केहि सिकुन र सरकारको स्वरोजगार कार्यक्रम सफलहोस् भनेर पनि कृषिमा लगानी गरेको लगानीकर्ताको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्