वैदेशिक रोजगारमा दुवई हिँडेका दुई चेली विराटनगर आईपुगे, संलग्न एकजना पक्राउ

<span class='c1'>वैदेशिक रोजगारमा दुवई हिँडेका दुई चेली</span> <span class='c2'>विराटनगर आईपुगे, संलग्न एकजना पक्राउ</span>

विराटनगर । मंगलवार सिन्धुपाल्चोकको मेलम्चीबाट दुई युवती बैदेशिक रोजगारीको सिलसिलामा लागे । उनीहरुले गाउँका साथिसँगीले बाहिर बसेर राम्रै कमाई गरेको देखेका थिए । घरको आर्थिक अबस्था एकदमै कमजोर भएको कारण पनि घर परिवार चलाउँ अनी भोलीका दिनमा अरुको जस्तै थोरै भएपनि पैसा कमाउँ भन्ने लाग्यो ।
उनीहरुले काठमाडौँमा बस्ने गाउँकै धेरैलाई विदेश जाने भनेर सुनाएका थिए । त्यही मध्येका एकजना थिए, सिन्धुपाल्चोक दुवाचौरका लाक्पा मामा । लामा थर भएका उनलाई सबै गाउँकाले लाक्पा मामा भनेर सम्बोधन गर्थे । यी दुबैजनाले त्यही लाक्पा मामासँग भेटेर आफुहरुलाई विदेश पठाईदिन आग्रह गरे । लाक्पाले काठमाडौँको केही म्यानपावरहरुमा कुरा पनि गरिदिए । लाक्पाले यस अघि दुवाचौरका धेरै महिला तथा युवालाई बैदेशिक रोजगारीको सिलसिलामा विदेश पठाउने गरेका थिए ।
लाक्पाको भदौमा मृत्यु भएपछि यी युवतीहरु अब कसरी विदेश जानेहोला भन्नेमा पुगे । लाक्पाले नै चिनाएका एक ब्यक्ति थिए अर्जुन तामाङ । अर्जुन तामाङसँग उनीहरुको चिनजान भयो । बेलाबेला काठमाडौबाट बोलाउने, फोन गर्ने अनी दुवई पठाई दिने भन्दै उनै एजेन्ट अर्जुनले पासपोर्ट बनाईदिने काममा सहयोग गरे ।
ती दुबै युवतीले त्यो अर्जुन तामाङ भन्नेलाई विस्वास गर्दै गए । उनीहरुले अर्जुन नाम गरेको ब्यक्तिलाई त्यही काठमाडौँमा पासपोर्ट बनाउन आउँदा मात्र चिनेका थिए । पासपोर्ट बनाउनेसम्मको पैसा उसैले हालेर बनाई दिएको ती युवतीहरु सुनाउँछन् । एउटीको उमेर २० अर्कीको उमेर २२ बर्षका यी दुबैलाई जसरी हुन्छ बिदेश पुग्नु थियो । अनी पैसा कमाएर गाउँमा देखाउनु पर्ने थियो । विदेश जाने मध्येकी २२ बर्षिय बिवाहिता महिला हुन् । उनका अढाई बर्षको छोरा छन् । उनले सानो नाबालक छोरालाई घरमा छाडेर श्रीमान र सासु ससुराको भरमा वैदेशिक रोजगारीको लागि दुबई जाने निधो गरिन् ।
यी दुबैजनाले बेला–बेला आफुहरु गाउँमा हुँदा पनि अर्जुनलाई फोन गरिरहन्थे । अझ उनीहरुको विदेश जाने मोह देखेर अर्जुनले विदेश जाँदा हुने फाईदाको बारेमा सुनाई रहन्थे ।
पासपोर्ट बनाउनदेखि सिन्धुपाल्चोकबाट काठमाडौँ आउजाउ गर्नेसम्मको सबै खचै अर्जुन कै हुन्थ्यो । पैसादिने बेलामा अर्जुनले कहिले जोरपाटी कहिले गौशला बोलाउँथे । धेरै महिलालाई घरको काममा जाने भनेपछि मात्र पासपोर्ट बनाईदिन्थे । कम्पनीको काममा जाने भन्दा उनले पासपोर्ट नबनाउने गरेको ती युवतीहरु बताउँछन् । घरको काममा जाँदा सबै खर्च एजेन्टले गराउँथ्यो । १० हजार तिरेर एकै दिनमा पासपोर्ट बनाएका यी युवतीले घर परिवारमा पनि निक्कै छलफल गरे ।
श्रम निकाल्ने बेलामा श्रम निकालीदिने ब्यक्ति फरार भएको भनेर ति युवतीलाई अर्जुनले सुनाए । त्यो ब्यक्ति भागेपछि उनीहरु बिमानस्थलबाट जान नसक्ने भन्ने कुरा उनीहरुलाई भनियो त्यही बेला कसैले दिल्लीबाट पठाउन सकिन्छ भनेर जवाफ दियो । ति युवतीहरुले दिल्लीबाटै भएपनि पठाउन भने । अर्जुनले काम गर्न जाने ठाउँका साहु–साहुुनीले फोन गरेको गरेकै छ, तिमिहरु चाँडै जानु पर्छ भनेर उनीहरुलाई बिर्तामोड हुँदै दिल्ली पठाउने तयारी गरे ।
बस चढेर दुबईको यात्रा
पासपोर्ट बनाएर त्यही अर्जुन भन्नेले नै राखेको थिए । सिन्धुपाल्चोकबाट हिँडेका दुई युवतीको पुग्नु पर्ने दुरी भनेका दुबई हो । गाउँका धेरै युवा युवतीहरु बिदेश गएको उनीहरुलाई थाहा थियो । बिदेशमा जाँदा धेरै पैसा कमाईन्छ अनी घर परिवार पनि खुसी हुने लागेपछि उनीहरु काँकडभिट्टा नाका हुँदै दिल्लीको बाटोबाट दुबइ जान तयार भए ।
गत मंगलवार सिन्धुपोल्चोकबाट गाडि चढेका उनीहरु गौैशलामा आएर अर्जुन तामाङ भन्ने ब्यक्तिलाई भेटेर पासपोर्ट बोकेर काँकडभिट्टा जाने रात्री बसमा चढे । उनीहरुलाई गाडीमा चढ्ने बेलामा कसैलाई पनि पासपोर्ट नदेखाउन अर्जुनले सुझाएका थिए । पाएको पासपोर्ट उनीहरुले ब्यागको तलको भागमा हाले अनी मनभरी डरै डर बोकेर कहिलै नगएको ठाउँ तर्फको बसमा चढे । बुधवार बिहान करिब ४ बजेतिर उनीहरुलाई काँकडभिट्ट भन्दै चढाएको बसले ईटहरीमा झारिदियो । उनीहरु अलमलमा परे । राती त्यो पनि नचिनेको नयाँ ठाउँमा बसले ओरालेपछि उनीहरुले त्यहीँबाट अर्जुन भन्ने एजेन्टलाई फेरी फोन गरे । बसका सहचालकले समेत बिराटनगर तर्फ जान लागेको गाडीमा उनीहरुलाई चढाएका थिए । ती अर्जुनले बसका सहचालकले भनेको जस्तै गर्न फोनबाटै उनीहरुलाई सम्झाए ।
उनीहरु मन गहु्रगो बनाउँदै बिराटनगर तर्फ लागे। त्यहाँबाट बिराटनगर पुगेपछि समेत कहाँ झर्ने कसलाई भेट्ने भन्ने बारेमा केही भनिएको थिएन । १ घण्टा पछि बसले बिराटनगर बपपार्क पुर्यो , बिराटनगर झर्ने सबै झर्नुहोला भनेपछि अब झर्ने ठाउँ कहाँ हो भन्नेसम्म पनि थाहा नभएको उनीहरुले सुनाए ।
बसपार्कमा झरेपछि को लिन आउँछ, कहाँ जाने कसरलाई भेट्ने भनेर पटक पटक अर्जुनलाई फोन गरेको भएपनि उसले साथि मात्र आउँदैछ भनेको तर नाम भने नभनेपछि उनीहरुले त्यो आउने मान्छेको नम्बर मगाए ।
त्यो नम्बरमा फोन गरेपछि त्यो ब्यक्तिले फोन उठाएन पछि मात्र फोन उठाएर ६ बजे पछि मात्र लिन आउँछु भनेको उनीहरुको भनाई छ । विराटनगर बसपार्कमा आईपुग्दा बिहानको ४ बजेको थियो भने त्यो ब्यक्ति उनीहरुलाई बसपार्कमा लिन आउँदा ६ बजेको थियो ।
यसरी लिन आउने ब्यक्ति विराटनगरकै राजु रिजाल भन्ने ब्यक्ति भएको उनीहरु सुनाउँछन् । भेट्न आएका राजु रिजाल भन्ने ब्यक्तिलाई उनीहरुले यस अघि नाम सुनेका पनि थिएनन् । ति राजु भन्ने ब्यक्तिले उनीहरुलाई बसपार्कबाट भित्रको कुनै लजमा लगेर राख्यो । रातभरी बस चढेर आएका उनीहरुलाई राजुले आफ्नै घरमा लगेर राख्लान भन्ने लागेको थियो तर त्यस्तो भएन । गेष्ट हाउसको नाम थाहा नपाएका उनीहरुलाई रुम नम्बर भने थाहा थियो ६ नम्बरको हो । होटलको कोठामा पुग्न नपाउँदै राजु आफु बेडमा सुते अनी उनीहरुलाई टेबुल र कुर्सीमै बस्न भने । त्यो बेला निक्कै रिस उठेको उनीहरुले सुनाए । उनीहरुलाई केही पैसा लिएर आएको होला किनेर खान भनेर राजु त्यहाँबाट निस्किए । १० बजे लिन आउने र तयारी भएर बस्न राजुले भनेका थिए ।
आफैले खान र कोठाभाडा तिर्नको लागि उनीहरुसँग पैसा थिए । विवाहित महिलाले श्रीमानले गाडीभाडा भनेर दिएको एक हजार पनि घरमा खर्च चाहिन्छ भनेर पाँच सय फिर्ता गरेर पाँच सय मात्र लिएर हिँडेकी थिईन् । त्यो ५ सय पनि काठमाडौँ पुग्दासम्म २५० रुपैयाँ सकिएको थियो । बाँकी पैसा बाटोमा खाजा खाँदा नै सकिएको उनले सुनाईन् । अर्की उनको साथिले भने १५ सय बोकेकोले त्यहीबाट खाजा खाने पैसा तिरेको सुनाईन् ।
बिहानको साँढे १० बजेतिर त्यहाँ राजु आईपुगे र उनीहरुलाई तयार रहन भनेर र केही समय फेरी हराएको ति युवतीहरुले बताए । उनीहरु पाईन्टमा सजिएर बसेका थिए । तर राजु रिजाल भन्ने ब्यक्तिले पाईन्ँट नलगाई सामान्य घरमा बस्दा लगाउने जस्तो कपडा लगाउन भनेपछि उनीहरुले लगाएको कपडा फुकालेर अर्को कपडा लगाएर जोगवनी तर्फ लागे । उनीहरुको सामान भएको ब्याग र अन्य सामान राजु भन्ने ब्यक्तिले बोके ।
जोगवनी जाने क्रममा राजुले उनीहरुलाई अर्को ब्यक्ति दिपक कुर्मीको साथ लगाएर पठाए । उनी ति युवतीहरुको ब्याग बोकेर अघि लागे ती युवतीहरु त्यही दिपकको साथमा पछि लाग्दै गए । नयाँ ठाउँ भएको कारण उनीहरु अलमलमा थिए । अघि पछि गर्दै हिँडेका उनीहरुलाई सिमा नाका जोगवनी कटाउनै लाग्दा आफन्त नेपालका कर्मचारीले सोधीखोजी गर्न थाले । अघि अघि लागेका दिपक कुर्मी अघि कटिसकेका थिए । उनीहरु दुबैजनालाई छुट्टाछुट्टै राखेर सोधीखोजी गर्नथाल्दा बैदेशिक रोजगारीको नाममा दिल्लीमा फस्ने अबस्थामा पुगेको पाईएको आफन्त नेपालाका कर्मचारी बताउँछन् ।
रानी नाकामा यसरी फँसे
आफन्त नेपालकी परामर्शकर्ता ज्योती राईका अनुसार, रानीको २ नम्बर ढाटमा बैनीहरु जाँदै गरेका थिए । जाँदै गर्दा अलमलिएको देखेपछि हामीले उनीहरुलाई बोलाएर सोधिखोजी गरेका थियौँ । उनीहरुभन्दा अगाडि एकजना ब्यक्ति देख्ने बितिकैै उनीहरुको बारेमा शंका लागिसकेको थियो । उनीहरुलाई रोक्ने काम भयो र रोध्न थालियो । शुरुमा त दुबै युवतीले निक्कै झुट बोलेको राईले बताउनुभयो । सिन्धुपाल्चोकबाट आएको उनीहरुको जवाफ थियो । भाउजु बिरामी भएको कारण चिनी लिनको लागि आएको उनीहरुले शूरुमा जवाफ दिएको परामर्शकर्ता राईले सुनाउनुभयो ।
‘लग्ने मान्छेको नाम पनि भनेनन् । म भाईलाई भेट्न जान लागेको भने, राईले भन्नुभयो, पछि मात्र बैदेशिक रोजगारीको लागि भारत हुँदै जाने हो भने ।’ उनीहरुले काँकडभिट्टाबाट जान भनेर हिँडेको रहेछ विराटनगरको जोगवनी नाकामा आईपुगेको समेत थाहा नपाएको सोधीखोजीको क्रममा उनीहरुले बताएको राईले जानकारी दिनुभयो ।
यसरी सीमा पार हुँदैगर्दा सिमा निगरानीको क्रममा कसैले सपिङ गर्न, कसैले श्रीमती बनाएर, कतिपयले प्रेम बिवाह गरेर, अनी कतिपयले बैदेशिक रोजगारीको नाममा महिला र बालबालिका बेच्नको लागि लग्ने गरेको राईको अनुभव छ ।
ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाले रानी नाका भएर जान लागेका उनीहरुलाई कसैले झुक्याएर लग्न खोजेको देखिएको बताउनुभयो । उद्दार भएर फर्काईएका दुई युवतीलाई भारत तर्फ लैजाँदै गरेको अबस्थामा फेला परेका दिपक कुर्मीलाई पक्राउ गरेर मानव ओसारपसार तथा बेचबिखन सम्बन्धि मुद्दा चलाईने बताउनु भयो । पक्राउ परेका कुर्मीलाई अनुसन्धानमा राखिएकोले अन्य ब्यक्तिको समेत खोजी भईरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
मध्यरातमा ईमोमा फोन
उनीहरुलाई घरबाट हिड्न भन्दा पहिलादेखि नै ईमोबाट एकजना ब्यक्तिले लगातार सम्पर्क गर्ने गरेको समेत बताएका छन् । कहिले आउने भनेर पटक पटक फोन गर्ने गरेका थिए । यी युवतीले भिसा पठाउनु म आउछु भन्ने गरेका थिए । तलव कति दिने भनेर यी युवतीहरुले सोध्दा खाना पकाउने, बच्चा हेर्ने, घर सफा गर्ने र बच्चालाई बिद्यालय पुर्याउने काम गर्नु पर्ने र एक हजार दिने भनेर हिन्दीमा कुरा गर्ने गरेको उनीहरुले सुनाए । ‘उसले पहिला हिन्दीमा कुरा गर्ने की नेपालीमा भनेर सोध्यो, एक युवतीले भनिन्, मैले जे मा कुरा गर्दापनि हुन्छ भनेँ, त्यसपछि उसले लगातार हिन्दीमा कुरा गर्न थाल्यो ।’
शुरुमा फोनबाट मात्रै कुरा गर्ने त्यो ब्यक्तिले पछि ईमोबाट कल गरेर बोलेको बेलेकै गर्न थालेपछि मैले फोन पनि उठाउन छाडेको थिए, उनले भनिन् । पैसा नभए उसले १५ हजार घरमा पठाउने र त्यही पैसाबाट आउन भनेको समेत उनले सुनाईन् । ति युवतीले भनिन्, ‘फोन गरेर कहिले आउने मात्र भन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्