१३४ पुग्यो संक्रमित संख्या , आजै २४ संक्रमित थपिए

१३४ पुग्यो संक्रमित संख्या , आजै २४ संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज सोमबार साँझ थप १३ जनामा संक्रमण देखिएको छ । यस अघि आजै कपिलवस्तुमा दश जनासप्तरीमा एक जनामा नयाँ शंक्रमण देखिएको थियो । साँझ थपिएको १३ जना सहित आज २४ जनामा नयाँ संक्रमण देखिएको हो ।

साँझ देखिएको नयाँ संक्रमितहरु कपिलवस्तु यशाेधरा गाउँपालीका र बुद्धभुमी नगरपालिकाका ६ जना पुरुषहरु, रुपन्देही समरीमाई गाउँपालिका र लुम्बिनि संस्कृतिक गाउँपालिकाका ६ र बर्दिया राजापुरको ११ वर्षिय बालिका रहेका छन् । हालसम्म नेपालमा १३४ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये ३३ जना निको भई तीन जना पुन: संक्रमित भएका थिए । नेपालमा १७ हजार ८ सय २१ जनामा पिसिआर प्रविधिबाट कोरोना परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्