विराटनगरमा कोभिड-१९ परीक्षणको लागि १ सय २६ जनाको स्वाब संकलन

विराटनगरमा कोभिड-१९ परीक्षणको लागि १ सय २६ जनाको स्वाब संकलन

विराटनगर महानगरपालीकामा कोरोना संक्रमितको आशंका गरिएका व्यक्तिहरुको नमुना संकलनले लागी तिव्रता पाएको छ । विराटनगर महानगरपालीका भित्र कोभिड १९ का शंकास्पद र बाहिरबाट आएका व्यक्तिहरुको कोरोना परीक्षणको लागी थ्रोट स्वाब संकलन कार्य भइरहेको छ । विराटनगर ९ स्थित जैन भवनमा दैनिक २ दर्जन भन्दा बढी व्याक्तिको स्वाब संकलन गर्ने कार्य भइरहेको विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले आवर विराटनगरलाई जानकारी गराए ।
सुरुवातका दिन देखि हालसम्म आरडिटी जाँचका लागि तीन सय ९८ र पिसिआर जाँचका लागि एक सय २६ जनाको स्वाब संकलन गरिएको महानगर जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।
कार्कीको अनुसार सुरुवाती दिनहरुमा पिसिआर नआइपुगेको र कम भएकाले एक सय जनाको आरडिटी र ३० जनाको पिसिआर जाँच गराएको भए पनि पछिल्लो समय पिसिआर परिक्षणलाई तिव्रता दिन थालिएको छ । विहिबार मात्रै ४३ जनाको नमुना संकलन गरिएको कार्कीले बताए।
यसै गरी भोली शुक्रबार विराटनगरमा पत्रकारहरुको पनी थ्रोट स्वाब संकलन गरी परीक्षण गरीने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्