विराटनगरको दुई स्थानबाट नक्कली रक्सी बनाउने गिरोह पक्राउ [अपडेट]

विराटनगरको दुई स्थानबाट नक्कली रक्सी बनाउने गिरोह पक्राउ [अपडेट]

यस समाचारको अपडेट यहाँ क्लिक गरेर पढ्नुहोस्
नक्कली रक्सी बनाउने गिरोहलाई मोरङ प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ ।

विराटनगर ६ र विराटनगर बसपार्क गरि दुई स्थानबाट नक्कली रक्सी बनाउनेलाई प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर ६ स्थित एक घरमा गुणस्तरहिन नक्कली रक्सी बनाउने व्यक्तिलाई प्रहरीले छापा मारेर पक्राउ गरेको हो ।
विराटनगर वडा नम्बर ६ शान्तिचौकबाट पक्राउ पर्नेमा २४ वर्षिय श्रवण मुखिया रहेका छन ।
एक घरको सटर दोकान भित्र विभिन्न ब्रान्डको नक्कली लेभल लगाएको खाली रक्सीको बोतलहरु, नक्कली रक्सीमा मिसाउन तयार राखेको रङ्ग तथा विर्को जस्ता विभिन्न सामाग्री बरामद गरेको छ ।

पक्राउ परेका श्रवण मुखियाले ऋणको बोझले गर्दा एक वर्ष देखी यस्तो कार्य गरेको बताए । उनले भने 'अरु कसैले यस्तो बदमासी गरिरहनु भएको छ भने तत्काल बन्द गर्नुहोस् । र मलाई कानुन अनुसार कारवाही होस् ।

यसै गरी बसपार्कमा अवस्थित मुखियाले नै संचालन गरिरहेको डिएल ट्रेडर्सको नाममा सटर भाडामा लिएर नक्कली रक्सी बनाउने गरेको स्थानलाई ठुलो मात्राका नक्कली रक्सी सहित सिल गरेको छ ।

यस समाचारको अपडेट यहाँ क्लिक गरेर पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्