प्रदेश १ बाट २१ जना डिस्चार्ज

प्रदेश १ बाट २१ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ बाट शुक्रबार २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा १३ महिला र ८ पुरुष रहेका छन् । मोरङका १२, सुनसरीका ५ र उदयपुरका ४ जना डिस्चार्ज भएका हुन् ।


विराटनगरबाट डिस्चार्ज हुनेमा ३ वर्षका बालकदेखि ४८ वर्ष सम्मका रहेको कोभिड १९ उपचार केन्द्र विराटनगर अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिएका छन् । उनका अनुसार उनीहरु जेठ २७ देखि असार १२ गते सम्म भर्ना भएकाहरु हुन ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय २१ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ६ सय ५३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्