विराटनगरको ज्यानमारा कल्भर्ट जसले २४ बर्षीय प्रशान्तको ज्यान लियो (भिडियो सहित)

विराटनगरको ज्यानमारा कल्भर्ट जसले २४ बर्षीय प्रशान्तको ज्यान लियो (भिडियो सहित)

विराटनगर । विगत १ महिनादेखि अधुरो छोडिएको कल्भटको निमार्ण कार्य अझै पुरा नहुँदा बिहिवार राती ११ बजे स्कुटर दुर्घटना परि विराटनगर–१६ रानीका २४ बर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको छ ।


दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर अनियन्त्रित भई कल्भटमा पर्दा गम्भीर घाईते भएका बस्नेतको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
आफ्नो छोरोले अकाल मै ज्यान गुमाउनुको कारण निर्माण गरिएको कमजोरी भएको मृतकका बुबा प्रलाहद बस्नेतको गुनासो छ । आज मेरो छोरोले यसरी ज्यान गुमाउन पुग्यो भोली अरुको छोराले यस्तो भोग्न नपरोस बस्नेतले भने ।
सघन शहरी विकास परियोजना अन्तर्गत विराटनगरको रोडशेष चौकदेखि–रानीसम्मको करिब ५ किलोमिटर सडक निर्माणको ठेक्का भुमि कन्स्ट्रक्सनले पाएको छ । सो सडकको निर्माणको सम्झौता २०७४ जेठ २८ गते १७ करोड ९३ लाखमा भएको हो । सम्झौता भएको म्याद गत जेठ २२ गते नै सकिँदा पनि हालसम्म रोडशेष–रानी सडकखण्ड साढे ३ किलोमिटर मात्र पिच भएको छ ।


विराटनगर १५ र १६ को सिमाना रहेको कल्भट निमार्णको कार्य स्थानीयको अवरोधको कारण रोकिएको भुमि कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर प्रमोद शाहले बताउनुभयो । स्थानीयले सडकमुनि बिच्छयाईएको खानेपानीको पाइप र फाईबर केवल झिक्न निर्माण कम्पनीलाई दबाव दिँदा निमार्ण कार्यमा अवरोध पुगेको उहाँको भनाई छ । अपुरो कल्भर्टमा परी यस अघि पनि धेरै व्यक्ति घाईतेको भएको स्थानियको भनाई छ । निमार्ण कम्पनीले सडक र कल्भट निर्माणमा सावधानी नपनाई चरम लापरबाही गरेको भन्दै स्थानीयले कम्पनीमाथि कडा कारवाहीको माग गरेका छन ।

 

हेर्नुहोस् भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्