लागुऔषध कारोबारी दुई युवतीसहित पाँच पक्राउ

<span class='c1'>लागुऔषध कारोबारी दुई</span> <span class='c2'>युवतीसहित पाँच पक्राउ</span>

विराटनगर । झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ परेका छन् ।
सुनसरीको देवानगंज ३ पाचौं सिमर स्थितबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा देवानगंज–३ का ४३ बर्षीय चुनिलाल सरदार रहेका छन् ।
उनलाई शुक्रबार को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा आटोमा लुकाई छिपाई राखीएको १८ केजी गाँजा बरामद गरी चालक सरदार समेतलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


यसै गरी झापाको दमक–५ स्थितमा डेरा गरी बस्दै आएका ३ जना लागुऔषध खैरोहिराईन (बाउनसुगर) सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा दमक–९ का ३२ बर्षीय रबिन कुवर, ईलाम घई भई दमक–५ मा बस्ने १९ बर्षीया मनिसा राई र ताप्लेजुङ घर भई दमक–८ बस्ने २२ बर्षीया सम्झना राई श्रेष्ठ रहेका छन् । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो राती १० बजे उनिहरुलाई कोठाबाट १७ ग्राम बाउनसुगर सहित पक्राउ गरेको हो ।

यस्तै सुनसरीको धरान–७ स्थितमा डेरा गरी बस्दै आएका ४४ बर्षीय किसन श्रेष्ठ लागुऔषध सहित पक्राउ परेका छन । उनलाइ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शुक्रबार राती सवा ८ बजे पक्राउ गरेको हो । विशेष सुराकका आधारमा श्रेष्ठको कोठामा खानतलासी गर्ने क्रममा ६ बोतल डाईलेक्स जि.सि., ५५२ क्याप्सुल स्पास्मो प्रोक्सिभन, २६० ट्याब्लेट नाईट्राजेपान, १ थान हतियार र नगद १ लाख ९२ हजार रुपैया समेत फेला पारी बरामद गरिएको हो ।
पक्राउ परेका पाचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्