विराटनगरका ५ सहित १२ जना संक्रमित थपिए, ३६ जना फर्किए

विराटनगरका ५ सहित १२ जना संक्रमित थपिए, ३६ जना फर्किए

विराटनगर । प्रदेश १ मा १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला, २ पुरुष, सुन्दरहरैचामा १ पुरुष, झापाको कचनकवलमा ४ पुरुष , कनकाईमा १ पुरुष र इलामको देउमाईमा १ पुरुषमा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६५ पुगेको छ ।

प्रदेश १ बाट शनिबार ३६ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेन अस्पताल गोठगाउँमा उपचारतः संक्रमित डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरङका २४, झापाका ११ र सुनसरीका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबार डिस्चार्ज हुने १३ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका छन् ।
गोठगाउँबाट हाल सम्म १ सय ४६ जना डिस्चार्ज भएको आईसोलेसन अस्पतालका सम्र्पक अधिकृत धरणी निरौलाले जानकारी दिनुभयो । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्