विराटनगरमा स्तम्भमा ठोकियोे स्कार्पियो, नेपाली झण्डामा क्षति (फोेटो फिचर )

विराटनगरमा स्तम्भमा ठोकियोे स्कार्पियो, नेपाली झण्डामा क्षति (फोेटो फिचर )

विराटनगर । विराटनगर महानगरपालिका–१० त्रिभुवन पथमा सडकको बीच भागमा बनाइएको स्तम्भमा स्कार्पियो ठोकिएको छ । मोवाईलमा कुरा गर्दै तिव्र गतिमा गाडी चलाईरहेका चालकले एक्कासी स्तम्भमा ठक्कर दिएका हुन् ।


सडकको केन्द्र भागमा पारेर विराटनगर महानगरका विभिन्न चौकको पहिचान झल्काउन स्तम्भ निर्माण गरिएका छन् । त्यसरी निर्माण गरिने स्तम्भमा नेपाली झण्डा गाडिने गरिएको छ । शनिबार को २ च ३३८७ नम्बरको स्कार्पियो विराटनगरमा त्यहि स्तम्भमा ठोकिएको थियो । गाडीले स्तम्भ भत्काउनुका साथै त्यहाँ राखिएको नेपाली झण्डालाई समेत ढालेको प्रहरीले जनाएको छ ।

सुनसरी धरान घर भएका प्रशान्त अग्रवाल आफैं चालक रहेको गाडी घुमाउँरो सडकमा ५० भन्दा बढीको गतिमा रहेका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेशकुमार पोद्दारले जानकारी दिएका छन् । चालक अग्रवालको ध्यान गाडी चलाउन नभई मोवायलमा कुरा गर्ने भएकोले दुर्घटना भएको प्रहरीले ठहर गरेको छ ।


स्तम्भलाई ठक्कर दिएको गाडी हाल प्रहरीको नियन्त्रणमा रहेको छ । सडक दुर्घटना न्यूनिकरण गर्नको लागि स्थानीयवासि र वडा कार्यालयलेको सहयोगमा नेपाली झण्डा सहितको त्रिभुवन चौक नामाकरण गरि तीन महिना अगाडी मात्रै झण्डा समेत राखिएको थियो । ठक्कर दिएको गाडीका चालक अग्रवालले स्तम्भ पुनः निर्माण गरिदिने आश्वासन दिएको स्थानीयवासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्