रोटरी फ्यूजनको पदास्थापन, ह्याप्पी स्कुल अभियान चलाउने अध्यक्ष काबराको प्रतिवद्धता

रोटरी फ्यूजनको पदास्थापन, ह्याप्पी स्कुल अभियान चलाउने अध्यक्ष काबराको प्रतिवद्धता

विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्यूजनको पदास्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । क्लवको वर्ष २०२०÷२०२१ को नयाँ कार्य समितिको पदस्थापन कार्यक्रम भएको हो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष युनेशराज श्रेष्ठले नवनिर्वाचित अध्यक्ष श्रीजा काबरालाई पद हस्तान्तरण गरेका हुन् । श्रेष्ठले नयाँ अध्यक्षलाई पदभार गराउँदै आगामी वर्षका लागि सफलताको शुभकामना दिए ।
नवनिर्वाचित अध्यक्ष कावराले क्लवको उद्देश्यलाई पूर्णता दिने प्रतिवद्धता व्यक्त गर्दै आफ्ना वार्षिक कार्यक्रमको घोषणा गरेकी छिन् । ह्याप्पी स्कुल बनाउने, विपन्न वर्गका मानिसलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने र क्लवले गर्दै आएको साइक्लोथोन इभेन्ट आयोजना गर्ने तथा सामाजिक कार्यलाई सक्रिय रहने अध्यक्ष कावराका प्रतिवद्धता छन् ।

रोटरी क्लब इन्टरनेसनल ३२९२ को स्लोगन रोटरी ओपन्स द डोर तय गरिएको छ । यसैबीच क्लवको आगामी वर्षको अध्यक्षमा जयश्री जाजू, उपाध्यक्षमा रोहित अग्रवाल, सचिवमा स्वेता तोदि र कोषाध्यक्षमा बिबेक अग्रवाललाई चयन गरिएको पब्लिक रिलेसन चेयरपर्सन रक्तिम जोशीले जानकारी दिईन् ।
कार्यक्रममा रोटरी डिष्ट्रिकका रिजन एरिया गभर्नर मधु कावरा, क्लवकी मेनटर अपर्णा तापडिया लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्