नागरिकको घरदैलोमा मन्त्री घिमिरे

नागरिकको घरदैलोमा मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका योजना अनुगमन तथा नागरिक घरदैलो गरेका छन् । निर्वाचन क्षेत्रमा भईरहेका विकास निर्माणका कामसँगै सरकारले गरिरहेका कामको विषयमा नागरिकसँग सुझाव लिन मन्त्री घिमिरेले घरदैलो गरेका हुन् ।
मन्त्री घिमिरेले शनिबार निर्माण सम्पन्न भएका र निर्माणाधिन एक दर्जन बढी योजनाहरुको अनुगमन गरेका थिए । मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र मन्त्री घिमिरेमार्फत भौतिक पुर्वाधार मन्त्रालयबाट विनियोजित बजेटबाट निर्माणाधिन र सम्पन्न भएका योजनाको अनुगमन गरिएको थियो ।


क्षेत्र नं. ४ (ख) अन्र्तगत विराटनगरमा ८ का योजनाहरु परेका छन् । जसमध्ये आरके चिल्ड्रेन अूपताल अगाडिको सडकका लागि ५२ लाख, जयनेपाल मार्ग कालिका मार्गका लागि २१ लाख ४० हजार, अशोक चोक खानेपानी आयोजनाका लागि १ करोड, समाता मार्गका लागि २० लाख, निर्मल जल मार्गका लागि १० लाख, छठिमाई मन्दिर विश्वकर्मा चोक बलुबाहीका लागि १० लाख, बलुवाही सामुदायिक भवनका लागि १० लाख, ज्ञानकुन्ज स्कुल बलुवाहीको शौचालय निर्माणका लागि ५ लाख, अमर सेवा समितिको सामुदायिक भवन निर्माणका लागि ४० लाख रुपिँया बजेट निकासा भएको छ ।


यसैगरी महेन्द्र माविको खानेपानी निर्माणका लागि ५ लाख, बद्रीनारायण मार्ग ज्ञानबहादुर कार्कीको घर जाने सडकका लागि १० लाख, बालगोपाल टोल मिलन मार्गका लागि १० लाख र विराटेश्वर बृद्धाश्रमका लागि ४ लाख रुपैयाँ निकासा भएको छ ।
मन्त्री घिमिरेले विराटनगर ८ का योजनका साथै स्थानीय बासीन्दाहरुसँग पनि योजनका बारेमा छलफल गरेका थिए । योजनाहरु निर्माण र त्यसका लागि बजेट व्यवस्थापनको काम भएपछि विराटनगर ८ का स्थानीयवासीहरु खुशी छन् ।


उनीहरुले मन्त्री घिमिरेलाई विराटनगर ८ का समस्याहरु बारेपनि जानकारी गराएका थिए । मन्त्री घिमिरेले विराटनगर ८ मा जनता आवास कार्यक्रम अन्र्तगत निर्माण भईरहेको सुशील सहनीको घरको पनि अनुगमन गरेका थिए । विकास निर्माणका कामका विषयमा थप छलफल र बजेट व्यवस्थापन गर्ने मन्त्री घिमिरेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्