लायन्स–लियो विराटनगर युनिकद्वारा कपडा वितरण

<span class='c1'>लायन्स–लियो विराटनगर युनिकद्वारा</span> <span class='c2'>कपडा वितरण</span>

विराटनगर । लायन्स, लियो क्लब अफ विराटनगर युनिकद्वारा वृद्धाश्रममा कपडा वितरण गरिएको छ ।
लायन्स क्लब अफ विराटनगर युनिकका अध्यक्ष प्रवीण अग्रवालको अध्यक्षतामा विराटनगर– ८ अशोक चोकमा रहेको विराटेस्वर वृद्धाश्रममा कपडा वितरण गरिएको हो ।


कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले नेपाल प्रहरीको पेसा जनताका लागि सेवा दिने भएकाले जनताको जीवन रक्षाका लागि २४ सै घण्टा खट्नु पर्दा त्यसैमा खुसी मिल्ने गरेको बताए ।

उनले भने, ‘मानव सेवा गर्नु भनेको त्याग हो, आफ्नो व्यक्तिगत जीवन नै भुलेर कसैको सेवा भावमा जीवन समर्पित गर्नु भनेको ठुलो त्याग हो ।’
वृद्धाश्रम आफैमा एक विशुद्ध सामाजिक संस्था रहेकाले अप्ठ्यारो अवस्थामा रहेका वृद्ध, वृद्धाहरुलाई निस्वार्थ भावले सेवा दिँदै आएकाले लायन्स क्लबबाट केही सहयोग गर्दा राहत मिल्छ भन्ने उद्देश्यसहित सहयोगी हात बढाएको अध्यक्ष प्रवीण अग्रवालले बताए ।
अग्रवालका अनुसार १५ थान बेड कभर, हेन्ड वासलगायतका सामान वृद्धाश्रमलाई उपलब्ध गरार्ईएको हो ।

त्यस्तै शनिवार नै लियो क्लब अफ विराटनगर युनिकले मास्क, हेण्ड वास लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
कपडा वितरण कार्यक्रममा वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक विकास राई, सामाजिक अभियन्ता पेरिस सुवेदीलगायत लायन्स क्लब अफ विराटनगर युनिक र लियो क्लब अफ युनिकका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्