मोरङको जहदामा सामाजिक काममा सक्रिय लक्ष्मिनिया युवा क्लबले मनायो दोश्रो वार्षिकोत्सव

मोरङको जहदामा सामाजिक काममा सक्रिय लक्ष्मिनिया युवा क्लबले मनायो दोश्रो वार्षिकोत्सव

लक्ष्मिनिया युवा क्लबले दोश्रो वार्षिकोत्सवको अवसरमा कार्यालय उद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य जयराम यादवले कार्यालयको उद्घाटन गरेका हुन् ।

मोरङस्थित जहदा–५ मा लक्ष्मिनिया युवा क्लब स्थापना भएको २ वर्ष पुगेको अवसरमा शनिवार क्लबको कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य जयराम यादवले जब सम्म समाजको गतिविधि सुदृढ हुँदैन तबसम्म राजनीतिक, सामाजिक क्षेत्रमा सफलता नहुने बताए ।

गाउँ, समाज र देशको मेरुदण्डको रूपमा रहेको युवा शक्तिलाई सरकारी, व्यक्तिगत जुनसुकै स्तरबाट साथ दिने प्रतिबद्धता यादवले जनाएका छन् । त्यस्तै, कार्यक्रममा बोल्दै जहदा गाउँपालिका ४ का वडाध्यक्ष जयनरथ गिरीले युवाहरूको कामप्रतिको लगाव, ईमान्दारितालाई मध्यनजर गरेर आफ्नो पाउने सेवा सुविधाबाट मासिक ५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै सोही कार्यक्रममा जीवन विकास लघुवित्त संस्था लिमिटेडले उक्त संस्थामा आबद्ध सदस्यका छोरा र छोरीलाई एसइईमा उत्कृष्ट अङ्क ल्याएवातको दुई जनालाई छात्रवृत्ति वितरण गरेको छ । कार्यक्रमको अवसरमा उक्त क्लबका सदस्यले वर्षभरि उत्कृष्ट काम गरेको भन्दै ३ जना सदस्यलाई सम्मानित गरेको थियो । उक्त कार्यक्रममा जहदा– ३ का वडाध्यक्ष अनिल कुमार ठाकुर, समाजसेवी सलिम अन्सारी लगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्