विराटनगरमा “पिक एण्ड ड्रप” सुविधा सहितको ब्रिसकी सुरु हुदै 

विराटनगरमा “पिक एण्ड ड्रप” सुविधा सहितको ब्रिसकी सुरु हुदै 

विराटनगर असार २१ ,

हामीलाई कुनैपनि सामान एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउनको लागि पिक एण्ड ड्रपको सुबिधा सहित "ब्रिसकी" संचालनमा आउने भएको छ । विराटनगर वरीपरीका स्थानीयलाई लक्षित गरेर बिभिन्न किसिमका समान एक ठाउँबाट अर्को ठाउसम्म पुर्याउन उक्त सेवा संचालन गर्न लागिएको हो । विराटनगरमा पहिलो पटक उक्त सुबिधा सहित सेवा संचालन हुन लागेको संचालक पुजा कोठारीले बताइन ।

ब्रिसकीले अनलाइनको माध्यमबाट दुधजन्य सामान , घरमा खाना पकाउने ग्याँस,विभिन्न कायालयका डकुमेन्ट,केक, खानेकुरा,ड्रिंक्स लगायतका सामान इच्छाएको ठाउँ सम्म सुरक्षितरूपमा पुर्याउन यस स्टार्टअपले भूमिका खेल्ने सस्थापक हितेष धाडेवा बताए ।

ब्रिसकीले २४ घण्टाको सेवा ,एक घण्टा भित्रमा डिलेभरी, सेवाका लागि न्यूनतम अर्डरको मापदण्ड नभएको लगायतको सेवा दिने धाडेवाले बताए । उक्त सेवा श्रावनको पहिलो हप्ताबाट सुरु हुने उनिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्