विराटनगरका युवा पर्यटन व्यावसायी भट्टराईको योजना एयरपोटलाइन २४ सै घण्टा उज्यालो बनाउने

विराटनगरका युवा पर्यटन व्यावसायी भट्टराईको योजना एयरपोटलाइन २४ सै घण्टा उज्यालो बनाउने

विराटनगर । विराटनगरका युवा उद्योगी तथा पर्यटन ब्यवसायी पुन्य भट्टराईले रोटरी क्लब विराटनगर मिटडाउनको अध्यक्ष पदको पदभार ग्रहण गरे । भट्टराईले रोटरी क्लब विराटनगर मिडटाउनको १९ औं पदस्थापन गर्नासाथ विराटनगरका लागी नयाँ योजना तयार गरेका छन् । भट्टराई सन् २०२०÷२०२१ को लागि रोटरी क्लब विराटनगर मिडटाउनको अध्यक्षमा शनिबार पदभार ग्रहण गरेका थिए ।


युवा उद्योगी र विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत आवद्ध रहेका भट्टराईले आफ्नो कार्यकालमा विभिन्न सामाजिक कार्यक्रम गरि रोटरी क्बललाई समाजमा स्थापित गराउने उद्घोष गरेका छन् ।
एक वर्षको कार्यकालमा विराटनगर महानगरपालिकासँग सहकार्य गरि सामाजिक कार्यक्रम गर्ने उनले प्रतिबद्धता जनाएका छन् । विराटनगर–४ एयरपोर्ट मोडदेखि एयरपोर्टसम्म करिब ५ सय मिटर २४ घण्टै उज्यालो शहर बनाउने योजना अगाडी बढेको भट्टराईले बताए ।
‘उज्यालो सहर बनाउने प्रस्ताब महानगरपालिकामा लागेको थिएँ । त्यो स्वीकार भइ काम अगाडी बढेको छ,’ पदस्थापन कार्यक्रममा भट्टराईले भने, ‘विराटनगर महानगरपालिकासँगको समन्वयमा रोटरी क्बल विराटनगर मिडटाउनले अन्य थुप्रै कार्यक्रमहरू गर्नेछ ।’


क्बलमा ५२ सदस्य रहेका छन् । क्लबको भावी अध्यक्षमा जय कमल अग्रवाल रहेका छन् । यस्तै क्लबको उपाध्यक्ष रामकुमार श्रेष्ठ, सचिब नबिन भट्टराई, कोषाध्यक्षमा गिरीराज बस्नेत र क्लब निर्देशकमा श्रवण कुमार माझी, कुमार खतिवडा, सुजन थापा, घनश्याम काब्रा , केशरीचन्द बोथरा, नरेस बंशल छन् । यस्तै नयाँसदस्यहरूमा अश्विनी बंशल, निस्चल अधिकारी, बाबुराम नेउपाने, सुरज श्रेष्ठ, किरण ढुङ्गेल, सुजन सिक्देल रहेका छन् । क्लबका पदाधिकारीहरूलाई रोटरी एजी मधु काब्राले सपथ ग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्