एक डाक्टर र एक नर्सबाट सुरु भएर यसरी बन्यो बाह्रसय शै्या, एकसय डाक्टर उत्पादन गर्ने विराट मेडिकल

<span class='c1'>एक डाक्टर र एक नर्सबाट सुरु भएर यसरी बन्यो</span> <span class='c2'>बाह्रसय शै्या, एकसय डाक्टर उत्पादन गर्ने विराट मेडिकल</span>

विराटनगर । दार्जिलिङमा बीएससी अध्ययनपछि रुसमा एमबीबीएस गर्ने अवसर पाएका विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्की एमडी गरेर नेपाल फर्किए । दुईवर्ष नेपालमा पेसामा संलग्न भएपछि पुनः एमएस गर्न रुसनै फर्किए । अध्ययन सकाए पुनः काठमाडौंको प्रसुती अस्पतालमा पेशामा आवद्ध भए ।

विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका अध्यक्ष कार्कीको अहिलेको सफलताको पृष्ठभूमि केलाउँदा गज्जबको छ । झापा दमकमा जन्मिएका उनले विराटनगरको राधाकृष्ण माविबाट माध्यमिक शिक्षा हाँसिल गरेका थिए ।

एमडी/एमएस गरेका उनी काठमाडौंबाट विराटनगर फर्किए । दुई छोरा र श्रीमती लिएर फर्किएका उनले कोशी अस्पतालमा काम गरे । रुसमा पढेका उनलाई कोशीको अपरेशन थिएटरको सुविधा हेरेपछि दिक्क लाग्यो । वर्षमा १०–१२ वटा शल्याक्रिया हुन्थे, उनको स्मरण अनुसार ३–४ वर्षमा मात्रै बिरामीको शल्याक्रिया गर्ने पालो आउँथ्यो । उनलाई स्वास्थ्य सेवामा देखिएको स्थितिलाई बदल्ने सोच आयो । हप्तामा चार दिन शल्याक्रिया गर्ने पालो तोके । रुसमा अध्ययन गरेका उनी अनुभवले निखारिएका थिए, दैनिक ७–८ वटासम्म शल्याक्रिया हुनथाल्यो । तर, पनि सरकारी अस्पतालको सेवा चित्त बुझ्दो थिएन । बिरामी भट्याक्क–भट्याक्ट गरिरहेको छ, अप्रेशनको सेड्युल हुन्नथ्यो ।

यो २०५०–२०५१ को अवधी थियो । उनलाई एक्कासी निजी अस्पताल सञ्चालन गर्ने सोच आईरहेको थियो । २०५१ सालमा एउटा घर भाडामा लिए । एक नर्स र एक डाक्टरलाई सहयोगीको रुपमा लिएर उनले अस्पताल सुरु गरेको सुनाए । ‘अस्पतालमा एक डाक्टर !’ अतार्किक र टिक्क नसक्ने उनलाई लाग्यो । सुझाव दिनेहरुले पनि जिस्काउने शैलीमा भनिरहेका थिए । तर, डाक्टर कार्की रुसमा पढेर आएका थिए, उनीसँग हिम्मत गतिलो थियो, आँट र साहसले भरिएको उर्जावान थिए । तीनवर्षमा उनले २५ शै्यामा अस्पताललाई विस्तार गरे । त्यसलाई विस्तारै दुई तले भवनमा विकास गरे । जसको नाम राखे विराट नर्सिङ्ग होम ।

विराटनगरमा विराट नर्सिङ्ग होमको सेवा कहलाउँदै गयो । २५ वर्षसम्मको लगातार मेहनतले एक डाक्टर र एक नर्सको अस्पताल अहिले १२०० शै्यामा विस्तार भएर विराट मेडिकल एण्ड टिचिङ्ग अस्पतालमा विकास भएको छ । जसले वर्षेनी एकसय डाक्टरलाई स्नातकसम्मको अध्ययन गराउने क्षमता राख्दै आएको छ ।

नाफासँगै सेवा
नेपालमा चिकित्सा शास्त्र र पेशाको परिभाषामा अन्यौल रहेको डाक्टर कार्कीको बुझाई छ । उनी चिकित्सा क्षेत्र नाफामुखी हुनुपर्ने तर सेवामा अलिकति पनि कमि हुन दिननहुने बताउँछन् । नाफा बिनाको संस्था टिक्क नसक्ने उनको बुझाई छ । तर, चिकित्सा शिक्षालाई सरकारले नेपालीका लागि बोझिलो आर्थिक भारबाट मुक्त गरेर सेवा पनि क्रमशः निःशुल्क उल्मुख हुनेमा उनको धारणा छ । उनले भने कि त सरकारले जिम्मेवारी लिनसक्नुपर्छ, हैन भने नाफाका लागि लगानी गरिएको संस्था उद्यमको रुपमा काम गर्ने गर्दछ ।

आसा लाग्दो भयो विराटनगर
निजी लगानी सुरु भएपछि नेपालको चिकित्सा क्षेत्रमा उल्लेखनिय प्रगति भएको उनको बुझाई छ । उनले विश्वका विकासोन्मुख राष्ट्रमा नेपालले चिकित्सा क्षेत्रमा चमत्कारिक फड्को मारिसकेको दाबी गरे । विराटनगरमा मात्रै अहिले १४ वटा सिटी स्क्यान, पाँच एमआरआई, ३ वटा मुटु परिक्षण गर्ने क्याथलाव रहेको उनले जानकारी दिए । सरकारले ३० वर्षमा उत्पादन चिकित्सको संख्या बराबर निजी क्षेत्रले एकै वर्षमा उत्पादन गर्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्